कानुन निर्माण यसै वर्ष : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताउनुभएको छ । शुक्रबार गोरखापत्र संस्थानको निरीक्षणका क्रममा मन्त्री गुरुङले संविधान संशोधन कसैको रहरले मात्र नहुने स्पष्ट पार्नुभयो । प्रतिपक्षलाई समेत विश्वासमा लिएर संशोधन प्रक्रियामा जानुपर्ने बताउनुहुँदै मन्त्री गुरुङले भन्नुभयो, “संविधान संशोधन गर्दा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) को मात्र चाहना अनुसार नभई प्रतिपक्षी दलहरूको भावनालाई पनि समेटेर सबैले अपनत्व महसुस हुने गरी संशोधन गरिनुपर्छ ।”
उडान सुरक्षामा कडाइ गर्न सुझाव
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको चर्चा सेलाइसकेको छैन । यसैबेला डेढ वर्षअघि पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनासँग सम्बन्धित चालक र सहचालकबिचको संवाद सार्वजनिक हुँदा थप प्रश्न सिर्जना गरेको छ ।
डेंगु नियन्त्रण गर्न दुई रणनीति सार्वजनिक
नेपालमा डेंगु सङ्क्रमणका बिरामीहरू थपिँदै गइरहेका छन् । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार मुस्ताङ, डोल्पा, हुम्ला र जुम्ला गरी चार जिल्ला बाहिर ७३ जिल्लाबाट दुई हजार ६० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
महिलाको शव फेला
सुनसरीको इनरुवा नगरपालिका-३ राधाकृष्ण मन्दिर नजिकै एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शुक्रबार बिहान अन्दाजी ३५ वर्षीया एक महिलाको शव फेला परेको हो ।
लिम्बू सभ्यतामा चोलुङ पार्क
प्रकृति पूजकका रूपमा चिनिएका लिम्बू समुदायको ढुङ्गासँग छुट्टै सम्बन्ध छ । यो जातिमा जन्मदेखि मृत्यु पर्यन्त ढुङ्गाको विशेषता र प्रयोग हुन्छ । जन्म, विवाह र मृत्यु जस्ता सामाजिक कार्यमा ढुङ्गाको प्रयोग अनिवार्य छ ।
पोखरा महानगरले तोक्यो मलको मूल्य
पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि रासायनिक मलको मूल्य तथा बिक्री परिमाणको कोटा निर्धारण गरेको छ ।
जनताको स्वास्थ्यमाथि खेलबाड नगर्न मातहतका निकायलाई कृषिमन्त्रीको निर्देशन
कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले जनताको स्वास्थ्यमाथि खेलबाड नगर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
‘मिडियामा कमजोर दलित प्रतिनिधित्व र विषयवस्तु’
आमसञ्चार माध्यममा दलित समुदायको प्रतिनिधित्व र विषयवस्तु कमजोर देखिएको छ ।
कक्षा १२ मा एक लाख ८७ हजार २१ विद्यार्थी अनुत्तीर्ण
कक्षा १२ को नजितामा एक लाख ८७ हजार २१ जना विद्यार्थी ननग्रेडिङ (एनजी) आएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बिहान सार्वजनिक गरेको कक्षा १२ को नतिजामा तीन लाख ९० हजार ८६८ परीक्षार्थी सहभागी रहेकोमा दुई लाख तीन हजार ८४७ विद्यार्थी उत्तीर्ण भएका हुन् ।
सःमिलका सञ्चालकविरुद्ध मुद्दा
डिभिजन वन कार्यालय धनुषाले अवैधरुपमा वन पैदावर गरेको अभियोगमा सःमिलका सञ्चालकविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।
असारमा एघार अर्ब सैँतिस करोड रकमान्तर
बजेट वक्तव्यमा असारमा रकमान्तर नगरिने उल्लेख गरे पनि सरकारले असारमा मात्रै ११ अर्ब ३७ करोड रुपियाँ रकमान्तर गरेको छ । अर्थ मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्षको अन्तिम महिनामा पुँजीगततर्फ एक करोडभन्दा बढीको एक बजेटबाट शीर्षकबाट अर्को बजेट शीर्षकमा सो बराबरको रकमान्तर भएको हो । मन्त्रालयले असारमा मात्रै १५६ वटा उपशीर्षकबाट अर्को बजेट शीर्षकमा रकमान्तर भएको जनाएको छ ।
अपहेलना मुद्दामा भदौ ६ गते फैसला
सर्वोच्च अदालतले सिधाकुरा डटकमविरुद्धको अपहेलना मुद्दामा भदौ ६ गते फैसला सुनाउने भएको छ । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको नौ सदस्यीय बृहत् पूर्ण इजलासले बहस नोट पेस गर्ने समय दिएर निर्णय सुनाउने मिति तोकेको हो । अदालतले १५ दिनभित्र बहस नोट पेस गर्ने समय दिएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
टिआरसी विधेयकमा ‘ब्रेक थ्रु’
विस्तृत शान्ति सम्झौता भएको झन्डै १८ वर्ष भइसक्दा पनि सङ्क्रमणकालीन न्यायको विषय निष्कर्षमा पुग्न नसकिरहेका बेला कार्यदलस्तरमा भएको समझदारीलाई शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनका लागि ‘ब्रेक थ्रु’ का रूपमा हेरिएको छ । सङ्क्रमणकालीन न्याय टुङ्गोमा पु¥याउन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (टिआरसी), २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा कार्यदलका सदस्यहरूबिच बिहीबार सहमति भएको छ ।
नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनैपर्ने
नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्न लागिएको छ । चिकित्सा शिक्षा आयोगले यस विषयमा अध्ययन गरिरहेको छ । एउटा कार्यदलले दिएको प्रतिवेदन पारित गरेर आयोगले नर्सिङ शिक्षा अध्ययन अध्यापनसम्बन्धी मापदण्ड निर्माणलाई अन्तिम चरणमा पु¥याएको छ । आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीका अनुसार मापदण्डलाई अन्तिम निष्कर्षमा पु¥याउन यससँग सम्बन्धित विभिन्न निकायसँग छलफल भइरहेको छ ।
धानमा फेद कुहिने रोग
बागलुङको धानमा फेद कुहिने रोग देखिएको छ । सो रोगले धानको बोट मर्न थालेपछि किसान निराश बनेका छन् ।
सडक बत्तीको लाइन काट्नसक्ने प्रमुख महर्जनको आशङ्का
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नेपाल विद्युत प्राधिकरणले काठमाडौँ उपत्यकाका मूल सडकमा जडान गरिएको सडक बत्तीको लाइन काट्नसक्ने आशङ्का व्यक्त गर्नुभएको छ ।
कृषि मन्त्रालयका कर्मचारी पुनः धर्नामा
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कर्मचारीहरुले पुनः धर्ना सुरु गरेका छन् । विगत एक महिना यता प्राविधिक समूहतर्फका कर्मचारीहरुले धर्ना गरिरहेका हुन् ।
नहरमा डुबेर एकको मृत्यु
बुधवार भएको वर्षाका कारण कोहलपुर –१५ स्थित बेलनपुर नहरमा डुबेर बाँके बैजनाथ गाउँपालिका –७ का एक जनाको मृत्यु भएको छ ।
एमसिसीका तीन वटै सबस्टेसनको निर्माण सम्झौता
एमसिसी परियोजना अन्तर्गतका सबै विद्युत् सबस्टेसनको निर्माण सम्झौता सम्पन्न भएको छ । परियोजना कार्यान्वयन कार्यालय एमसिए–नेपालले तनहुँ जिल्लाको दमौलीमा बन्ने चार सय केभी क्षमताको नयाँ दमौली सबस्टेसन निर्माणको बुधबार ठेक्का सम्झौता गरेको छ । सो सबस्टेसन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ लिमिटेडसँग ३.८८ करोड अमेरिकी डलरको ठेक्का सम्झौता सम्पन्न भएको एमसिए नेपालले जनाएको छ । सम्झौतासँगसँगै एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण गर्न लागिएका तीन वटै चार सय केभी सबस्टेसन निर्माणसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
बाढीले राजधानीकै बस्ती डुबानमा
काठमाडौँ, ललितपुर र भक्तपुरका अधिकांश नदी र खोला किनार अतिक्रमण हुँदा बाढी र डुबान भएको छ । मङ्गलबार मध्यरातदेखि परेको पानीको सहज निकास नहुँदा तिनै जिल्लाका नदी र खोला किनारका बस्तीमा डुबान भएको हो । विशेष गरी बागमती, रुद्रमती (धोबीखोला), मनोहरा, हनुमन्ते, महादेव खोला, गोदावरी खोलासहित सबै नदी खोलामा बहाव बढ्दा सयौँ घर र बस्ती डुबानमा परेका हुन् । बाढीमा परेर काठमाडौँमै एक व्यक्तिको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जलस्रोतविद् दीपक ज्ञवालीले काठमाडौँ उपत्यकामा बागमती नदीसहित सबै खोलामाथि बस्ती विस्तार गर्दाको परिणामस्वरूप बहाव क्षेत्र साँघुरिएर डुबान भएको बताउनुभयो ।
उच्च जोखिममा विमानस्थल र बस्ती
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपोका कारण विमानस्थल र राजधानी क्षेत्र नै उच्च जोखिममा रहेको छ । त्रिभुवन विमानस्थलबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान गर्ने विमानमा सिनामङ्गलतर्फ रहेको यही डिपोबाट इन्धन भरिँदै आएकाले सुरक्षाको दृष्टिकोणले अत्यन्त जोखिममा रहेको हो । विमानस्थलको धावनमार्ग (रनवे) बाट ८० देखि एक सय मिटर दुरीमा रहेको यो डिपोमा विमान वा अन्य दुर्घटना भए त्यसले राजधानीकै लागि उच्च जोखिम निम्त्याउँछ ।
नेपालको इतिहासमा अमरसिंहको बेग्लै पहिचान छ : मन्त्री राई
रक्षामन्त्री मानवीर राईले राष्ट्रिय विभूति अमरसिंह थापाको नेपालको इतिहासमा बेग्लै पहिचान रहेको बताउनुभएको छ ।
नेपालमा वैदेशिक लगानी बढाएर सहयोग गर्न स्विस राजदूतलाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर सहयोग गर्न स्वीट्जरल्याण्ड सरकारलाई आग्रह गर्नुभएको छ।
अँध्यारोमै उज्यालो खोज्नुभएका सुरेशचन्द्र
दृष्टिविहीन व्यक्तिले परिवारको साथ र अवसर पाए अरू नागरिकसरह आत्मसम्मानपूर्वक जीवन बाँच्न सक्षम हुन्छन् भन्ने एक उदाहरणीय व्यक्तित्व हुनुहुन्छ सुरेशचन्द्र न्यौपाने ।