• १२ असोज २०८१, शनिबार

नहरमा डुबेर एकको मृत्यु

blog

सिराज खान 

नेपालगन्ज, साउन १७ गते । बुधवार भएको वर्षाका कारण कोहलपुर –१५ स्थित बेलनपुर नहरमा डुबेर बाँके बैजनाथ गाउँपालिका –७ का एक जनाको मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले कोहलपुर १५ बेलनपुरस्थित बेलनपुर नहरको बिचमा मृत अवस्थामा मानिस रहेको भन्ने खबर आउनासाथ प्रहरीले नहरमा छिरेर शवलाई बाहिर झिकेको र शवको पहिचान बैजनाथ –७ पेडारीका वीरबहादुर थारुको भएको बताउनुभयो । 

उहाँले नहरबाट शव निकाल्न आफ्नो कमाण्डमा ६ जना गोताखोरसहितको टोली खटिएको जनाउँदै कोहलपुर मदन चोक प्रहरी बिटबाट प्रहरी नायब निरीक्षक कमल केसीको कमाण्डमा २ जनाको टोली पनि खटिएको बताउनुभयो । 

वर्षाका कारण नहरमा आएको बाढीले थारुलाई बगाएर ल्याएपछि उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । थारुको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।