चार दिदीबहिनी सेना–प्रहरीमा
बैतडीमा एकै परिवारका चार दिदीबहिनी सुरक्षा निकायमा सेवारत छन्। आठ दिदी बहिनीमध्ये तीन बहिनी नेपाली सेना र एक बहिनी नेपाल प्रहरीमा कार्यरत छन्। दुई बहिनीमध्ये एकले नेपाल प्रहरी र अर्कीले नेपाली सेनाको लिखित परीक्षा उत्तीर्ण गरी अन्तर्वार्ताको तयारीमा रहेका छन्। बाँकी दुई जना शिक्षण पेसामा छन्।बैतडीको मेलौली नगरपालिका–७, गाउँकोटका आठ दिदीबहिनीले प्रमाणपत्र तहदेखि स्नातकोत्तरसम्मको पढाइसमेत पूरा गरेका छन्। भारतीय सेना गोरखा रेजिमेन्टमा कार्यरत करवीर चन्दले छोराको आसैआसमा आठ छोरीको मुहार देखेका थिए। नेपाल प्रहरीमा कार्यरत सरिता चन्दले भन्नुभयो, “लाहुरेको घरमा छोरा जन्मेन भनेर गाउँ समाजले कुरा काट्थे रे। छोराको आसमा प्रत्येक दुई वर्षको अन्तरालमा हामी जन्मिएछौँ।”
लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर
१. पूर्वको कञ्चनजङ्घादेखि पश्चिम धौलागिरि हिमालसम्मको दृश्यावलोकन गर्न सकिने पिके डाँडा (लुकेको हीरा भनेर पनि चिनिने) कुन जिल्लामा रहेको छ ? सोलुखुम्बु २. नेपाल राष्ट्रसङ्घीय मानव अधिकार परिषद्मा पुनः निर्वाचित कहिले भएको हो ? सन् २०२० अक्टोबर १३ – नेपाल सन् २०२१–२०२३ सम्म सो पदमा रही कार्य गर्ने। – नेपाल यसअघि सन् २०१८– २०२० सम्मको कार्यकालका लागि पनि निर्वाचित भई भूमिका निर्वाह गरिसकेको। – प्रधान कार्यालय स्विट्जरल्यान्डको जेनेभामा रहेको यस संस्थाको स्थापना सन् २००६ मार्च १५ मा भएको। – यस परिषद्मा निम्नानुसार ४७ सदस्य रहने :
लोकसेवा सम्बन्धी आजको ताजा विषयगत प्रश्नोत्तर
अनुगमन प्रणाली फितलो १. फोहोरमैला व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय तहको भूमिका उल्लेख गर्दै नागरिकको दायित्व अभिवृद्धि गर्ने उपायहरू उल्लेख गर्नुहोस्। फोहोरमैलाको न्यून उत्पादन, पुनः प्रयोग, पुनः चक्रण एवं उचित विसर्जनको माध्यमबाट ठोस फोहोरमैलालाई व्यवस्थित गर्दै वातावरण र मानव स्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण गर्ने कार्यको समष्टिलाई फोहोरमैला व्यवस्थापन भनिन्छ। सरकार, निजी क्षेत्र, गैरसरकारी क्षेत्र, आम नागरिक सबैको सहकार्य र समन्वयबाट फोहोरमैला व्यवस्थित गर्न सकिन्छ। फोहोरमैला व्यवस्थापनको विषयमा नेपालको सङ्घीय संरचनामा सङ्घ, प्रदेश र स्थानीय तहको भूमिका देहायअनुसार रहन्छ :
लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर
१. प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन (२०७९)का लागि तोकिएको मिति कुन हो ? वि.सं. २०७९ मङ्सिर ४– मन्त्रिपरिषद्को २०७९ साउन १९ को बैठकले दुवै तहको विधायिकी निर्वाचन सो मितिमा गर्ने निर्णय गरेको। – आमनिर्वाचनबाट २७५ प्रतिनिधि सभा (१६५ प्रत्यक्ष र ११० समानुपातिक) सदस्य निर्वाचित हुनेछन्। त्यसैगरी प्रदेश सभातर्फ सातवटा प्रदेशमा प्रत्यक्ष र समानुपातिक गरी ५३० सदस्य निर्वाचित हुनेछन् ।– निर्वाचनको मिति घोषणासँगै आयोगले साउन १९ गतेसम्म नामावली सूचीकृत गराएका नागरिकलाई मात्रै मतदाता नामावलीमा सूचीकृत गर्नेछ। निर्वाचन मिति घोषणापश्चात् साउन २० देखि नामावली सङ्कलन स्थगित भएको छ ।– निर्वाचन आयोगले काठमाडौँ उपत्यकाका अतिरिक्त पाँच जिल्लामा अनलाइन नामावली दर्ता पहिलो पटक सुरु गरेको।२. गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरूबीच आ.व. २०७८÷७९ का लागि भएको कार्यसम्पादन सम्झौताको मूल्याङ्कन प्रतिवेदनअनुसार कुन जिल्ला प्रशासन कार्यालय सर्वोत्कृष्ट बनेको छ ? गुल्मी – गुल्मी जिल्ला प्रशासन कार्यालय ९७.७५ प्रतिशत अङ्कका साथ पहिलो स्थान हासिल गर्न सफल भएको।– कार्यासम्पादन सम्झौताका छवटा विषयगत क्षेत्र शान्तिसुरक्षा र अपराध मूल्याङ्कन, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास निर्माणमा समन्वय र आर्थिक प्रशासन रहेका ।– कार्यसम्पादन मूल्याङ्कनमा प्रथम पाँच स्थानमा रहन सफल जिल्ला। गुल्मी – ९७.७५ प्रतिशत अर्घाखाँची – ९७ प्रतिशत नवलपरासी पूर्व – ९६.७५ प्रतिशत रुकुम पश्चिम – ९६ प्रतिशत डडेलधुरा र हुम्ला – ९५ प्रतिशत३. उदयपुर, सप्तरीलगायत जिल्लाका एक हजारभन्दा बढी घर डुबानमा पर्ने गरी कोसी नदीमा बाढी कहिले आएको हो ? वि.सं. २०७९ साउन (झन्डै साढे तीन दशकपश्चात् बाढीका कारण कोसी नदीले धार परिवर्तन गरिबहँदा थुप्रै बस्ती डुबानमा परेका।)४. सरकारले ४० माइक्रोभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगलाई कहिलेदेखि देशभरि नै कडाइका साथ लागू गर्ने निर्णय गरेको हो ? वि.सं. २०७९ भदौ ७ (यससम्बन्धमा यसअघि पनि विभिन्न प्रयास हुँदै आएका।)५. सन् २०२२ जुलाई ८–३१ सम्म सञ्चालित कोपा अमेरिका फेमेनिना च्याम्पियनको उपाधि जित्न सफल राष्ट्र कुन हो ? ब्राजिल– सन् २०२२ जुलाई ३१ मा भएको फाइनल खेलमा घरेलु टोली कोलम्बियालाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिलको महिला फुटबल टिम आठौँ पटक कोपा अमेरिका फेमेनिना च्याम्पियन बनेको । योसमेत ब्राजिलले लगातार चौथो पटक कोपा अमेरिका फेमेनिनाको उपाधि उचालेको ।– प्रतियोगितामा १० राष्ट्रको सहभागिता रहेको।६. होलसेल बैङ्किङ अवार्ड तथा नेपाल डोमेस्टिक इनिसिएटिभ अफ द इयर अवार्डबाट सम्मानित हुने बैङ्क कुन हो ? एसबीआई बैङ्क– सिङ्गापुरको एसियन बैङ्किङ एन्ड फाइनान्सले होलसेल बैङ्किङ अवार्डअन्तर्गत सो अवार्ड प्रदान गरेको।– एबीएफ होलसेल बैङ्किङ अवार्ड उत्कृष्ट एवं भरपर्दो बैङ्किङ सेवा तथा सुविधा प्रदान गर्ने बैङ्कलाई प्रदान गरिने सो संस्थाले जनाएको।७. हालै खोटाङको मात्तिमविर्ता केन्द्रबिन्दु भएर छ रेक्टर स्केलको भूकम्प कहिले गयो ? वि.सं. २०७९ साउन १५– खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प जाँदा केही घरमा क्षति पुगेको।– खोटाङसँगै आसपासका जिल्ला भोजपुर, उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गालगायत काडमाडौँ उपत्यकासम्म भूकम्पको धक्का महसुस भएको थियो।– भूकम्पका कारण कुनै मानवीय क्षति एवं पशु चौपायाको क्षति नभएको।८. वि.सं. २०७९ मा महानगर प्रमुखहरूको सम्मेलन कहाँ सम्पन्न भयो ? पोखरा– सम्मेलन वि.सं. २०७९ साउन १४–१५ सम्म सञ्चालन भई सम्पन्न भएको।– सम्मेलनले सात बुँदे ‘पोखरा घोषणापत्र’ जारी गरेको। – २०८० सालको सम्मेलन भरतपुर महानगरपालिकाले आयोजना गर्ने सहमति भएको।– सम्मेलनले महानगरहरूबीच पारस्परिक सम्पर्क–सञ्जाल प्रवद्र्धन गरी आपसी सहयोग र सहकार्यका लागि ‘महानगर मञ्च नेपाल’ गठन गरेको । – मञ्चद्वारा प्रत्येक वर्ष पालैपालो महानगर सम्मेलन आयोजनासँगै यसका प्रतिबद्धता कार्यान्वयनमा सहजीकरण गर्न आयोजक महानगरपालिकाले सम्मेलनको अध्यक्षता ग्रहण गरी सचिवालयसमेतको आवश्यक प्रबन्ध गर्ने सहमति भएको ।९. सरकारले २०७९ साउनमा प्रकाशित तथ्याङ्कअनुसार आ.व. २०७८÷७९ मा नेपालको आर्थिक वृद्धिदर कति कायम भएको जनाएको छ ? ४.१ प्रतिशत– आर्थिक वृद्धिको अघिल्लो लक्ष्यमा संशोधन गर्दै अर्थ मन्त्रालयले वृद्धिदर ४.१ प्रतिशतमा मात्र भएको जनाइएको।– यसअघि वैशाखमा केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वृद्धिदर ५.८४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको थियो।– सरकारले पछिल्लो पटक गरेको संशोधन नेपालका दातृ निकायले गरेको प्रक्षेपणकै बराबर रहेको छ।१०. नेपाली स्याटेलाइट नेपाली स्याट–१ अन्तरिक्षमा कति दिन रहेर खस्यो ? ८४१ दिन११. सन् २०२६ को विश्वकप फुटबल प्रतियोगितामा फिफाले एसियाबाट कति टोलीको कोटा निर्धारण गरेको छ ? आठ१२. अनौपचारिक सेवा केन्द्रद्वारा २८औँ प्रकाश मानव अधिकार पुरस्कार (२०७९ साउनमा) कसलाई प्रदान गरियो ? दलिया मुक्ति अभियन्ता राजुराम भुल (पुरस्कार राशि ः रु. ५० हजार)– राजुराम भुल वि.सं. २०६४ मा सम्पन्न हलियाको प्रथम सम्मेलनबाट गठित राष्ट्रिय हलिया मुक्त महासङ्घ नेपालको केन्द्रीय अध्यक्ष हुनुहुन्थ्यो ।– उहाँको अगुवाइमा देशव्यापी रूपमा सञ्चालन गरिएको आन्दोलनको प्रभावस्वरूप २०६५ भदौ २१ गते सरकारले हलियाका माग सम्बोधन गर्दै हलिया प्रथा अन्त्यको घोषणा गरेको थियो ।१३. यूएनओले अन्तर्राष्ट्रिय पोषण दशकका रूपमा घोषणा गरेको अवधि कुन हो ? सन् २०१६–२०२५ १४. भैरहवामा निर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कुन हुने भएको छ ? हङ्गेरीको ‘विज एयर’ – सन् २०२२ अक्टोबर ३० देखि अवुधावी–भैरहवा (सातामा तीन दिन) उडान गर्न विज एयरले अनुमति मागेको।– युरोपेली देश हङ्गेरीको ‘अल्ट्रा लो कस्ट’ एयरलायन्स विज एयरले मध्यपूर्व एसियाको दुवईलाई हव (आधार) बनाएर उडान गर्दै आएको।– २०७९ जेठ २ देखि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरवेजले दैनिक तीनवटा उडान गर्दै आइरहेको छ।– यात्रुको चाप राम्रो भएपछि जजिराले सन् २०२२ सेप्टेम्बर १५ देखि दैनिक एक उडान गर्ने भएको।१५. नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले उत्कृष्ट इन्जा खोजी पत्रकारिता पुरस्कार कसलाई प्रदान ग-यो ? पत्रकार गजेन्द्र बुढाथोकी (सन् २०२२ जुलाईमा) – अन्तर्राष्ट्रिय कम्पनी कोकाकोलाले नेपालमा कर छली गरेको विषयलाई पत्रकारिताको माध्यमबाट सूचना सम्प्रेषण गरी राज्यलाई करिब सात अर्ब राजस्व असुल गर्न सहयोगी भूमिका निर्वाह गरेकाले उनलाई सो पुरस्कार प्रदान गरिएको जनाइएको ।– त्यस्तै बौद्धिक पत्रकारिता पुरस्कार नेपाल समाचारपत्रका सम्पादक कपिल काफ्लेलाई प्रदान गरिएको।१६. नेपालसँग दौत्य सम्बन्ध कायम भएको १७७औँ राष्ट्र कुन हो ? ट्रिनिडाड एन्ड टोवागो (सन् २०२२ जुन १६)१७. गण्डकी प्रदेशको संसद्बाट नेपालको चुच्चे नक्सा कहिले पारित गरियो ? वि.सं. २०७९ साउन १४– (प्रदेश सभा नियमवलीको अनुसूची ८ मा रहेको प्रदेश सभाको प्रतीक चिह्न (लोगो)मा समावेश नेपालको परिमार्जित नक्सालाई समावेश गर्ने प्रस्ताव पारित गरिएको ।)१८. युरो महिला फुटबल च्याम्पियनसिपको उपाधि कसले जित्यो ? इङ्ग्ल्यान्ड– इङ्ग्ल्यान्डले सन् २०२२ जुलाई ३१ मा भएको फाइनल खेलमा जर्मनीलाई २–१ ले हराएर सो उपाधि जितेको ।– इङ्ग्ल्यान्डको महिला फुटबल टिमले प्रमुख प्रतियोगिताको उपाधि जितेको यो पहिलो पटक हो ।१९. संयुक्त राष्ट्रसङ्घमा हालसम्म सबैभन्दा बढी भिटो प्रयोग गर्ने राष्ट्र कुन हो ? रुस (१२० पटक, सन् २०२२ फेब्रुअरीसम्म), दोस्रो ः अमेरिका २०. राष्ट्रसङ्घीय महासभाले रुसलाई मानव अधिकार परिषद्बाट कहिले हटाएको हो ? सन् २०२२ अप्रिल ७ २१. हाल नेपाल सरकारबाट वैदेशिक रोजगारीका लागि खुला गरिएका राष्ट्र कति रहेका छन् ? १११– वैदेशिक रोजगारीका लागि खुला गरिएको १११औँ राष्ट्र सर्विया हो। – यससम्बन्धी निर्णय वि.सं. २०७९ वैशाख १२ अर्थात् सन् २०२२ अप्रिल १ मा भएको। – वैदेशिक रोजगारीका लागि खुला गरिएको ११०औँ राष्ट्र उज्वेकिस्तान हो। २२. अन्तरिक्षमा हिँड्ने पहिलो चिनियाँ महिला को हुन् ? वाङ यापिङ२३. मुलुकभर हाल कति कारागार छन् ? ७४ – वि.सं. २०७९ असारसम्मको तथ्याङ्कअनुसार देशभरका ७४ कारागारमा २६ हजार २४० कैदी बन्दी रहेका।– कैदी बन्दीमध्ये सवैभन्दा धेरै (२७ प्रतिशत, ७११८) बलात्कार मुद्दाका रहेका।– त्यस्तै कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दाका ५,४४६, लागूऔषध मुद्दाका ४८४४, चोरी मुद्दाका २५६९, सवारी ज्यान÷अङ्गभङ्ग मुद्दाका ९४५, मानव बेचबिखन मुद्दाका ७३२ एवं अन्य मुद्दाका ४५८६ कैदी बन्दी रहेका । – अपराध न्यूनीकरणका लागि दण्ड दिने सिद्धान्तअनुरूप कारागारको व्यवस्था भएको। यस अवधारणाअनुरूप संसारकै पहिलो कारागार सन् १६२५ मा बेलायतमा बनेको ।– नेपालमा पहिलो पटक वि.सं. १९७१ मा कारागार (हालको केन्द्रीय कारागार) स्थापना गरिएको।– विश्वमै अपराध नियन्त्रणका लागि मूलतः दण्डात्मक र सुधारात्मक दुई दृष्टिकोण कार्यान्वयनमा रहेका। अभियुक्तलाई बन्दी बनाउने, जरिवाना भराउनेदेखि मृत्युदण्ड दिनेसम्मका कार्य अपराध नियन्त्रणको दण्डात्मक विधि हुन् तर यो विधि नै अपराध नियन्त्रणको अन्तिम विकल्प होइन । सुधारात्मक विधि उत्तम भए पनि धेरै मुुलुकमा यो विधि लागू भएको पाइँदैन ।२४. कतार विश्वकप फुटबलको अफिसियल बल कहिले सार्वजनिक गरिएको हो ? सन् २०२२ मार्च ३०– (एडिडास कम्पनीद्वारा निर्माण गरिएको यस बलको नाम अल रिहला रहेको। जसको अर्थ दी जर्नी अर्थात् यात्रा रहेको।)प्रस्तुतकर्ता : टङ्क के.सी.
लोकसेवा सम्बन्धी आजको ताजा विषयगत प्रश्नोत्तर
१. नेपालमा अन्तर्राष्ट्रिय विकास सहायताको आवश्यकता र औचित्यमाथि प्रकाश पार्नुहोस्। विकसित मुलुकले विकासोन्मुख मुलुकको आर्थिक सामाजिक रूपान्तरणका लागि उपलब्ध गराउने वित्तीय, वस्तुगत तथा प्राविधिक सहायतालाई अन्तर्राष्ट्रिय विकास सहायता भनिन्छ । मुलुकको तीव्र विकास गर्न आन्तरिक स्रोतसाधनको न्यूनता पूर्तिका लागि यस्तो सहायता अपरिहार्य हुन्छ। नेपालमा विकास सहायताको आवश्यकता र औचित्यलाई देहायअनुसार स्पष्ट गर्न सकिन्छ ः क) न्यून आयस्तर एवं न्यून बचत : नागरिकको आयस्तर न्यून छ। आयको अ
लोकसेवा सम्बन्धी विषयगत प्रश्नोत्तर
अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ मा योग दिवस मनाउने गरिएको छ। सन् २०२२ को योग दिवसको नारा : मानवताका लागि योग। संयुक्त राष्ट्रसङ्घले सन् २०१४ मा यस दिनलाई योग दिवसका रूपमा मान्यता प्रदान गरेको हो। सन् २०१५ जुन २१ मा भारतमा एकै ठाउँमा ३६ हजार व्यक्तिलाई योग गराएर गिनिज बुकमा रेकर्ड बनाइएको थियो।
लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर
१. सन् २०२२ जुन ८ मा नेपाल संयुक्त राष्ट्रसङ्घको कुन पदमा निर्वाचित भएको हो ? उपाध्यक्ष (एसिया–प्रशान्त क्षेत्रको तर्फबाट नेपाल सो पदमा निर्वाचित भएको ।) – ७७औँ महासभाका लागि उपाध्यक्षमा निर्वाचित अन्य राष्ट्र (१६ राष्ट्र) – एसिया–प्रशान्त क्षेत्रबाट ः नेपाल, मलेसिया, ताजकिस्तान र तुर्कमेनिस्तान
लोकसेवा सम्बन्धी आजको ताजा विषयगत प्रश्नोत्तर
औद्योगिक विकासमा बजेट १. चालू आ.व.को बजेटले मुलुकको औद्योगिक विकास र निजी क्षेत्रको प्रवद्र्धन गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न के कस्तो नीतिगत एवं कार्यक्रमगत व्यवस्था गरेको छ ? उल्लेख गर्नुहोस् । नेपालको संविधानले निजी क्षेत्रको सहभागिता र स्वतन्त्र विकासबाट मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउने नीतिगत सङ्कल्प गरेको छ । सरकारले आफू चालक बनी निजी क्षेत्रलाई आर्थिक वृद्धिको इन्जिनका रूपमा स्थापित गर्ने नीति लिएको छ । यसै सन्दर्भमा चालू आ.व.को बजेटले मुलुकको औद्योगिक विकास र निजी क्षेत्रको प्रवद्र्धन गर्दै आयात व्यवस्थापन एवं निर्यात प्रवद्र्धनका सम्बन्धमा लिएका मूलभूत नीतिगत एवं कार्यक्रमगत पहलकदमी देहायबमोजिम रहेका छन् :
सशस्त्र प्रहरीले माग्यो २२ डाक्टर र ४६ स्टाफ नर्स
सशस्त्र प्रहरीले प्राविधिक समुह (स्वास्थ्य) तर्फ पदपुर्तीका लागि ठुलो संख्यामा डाक्टर र स्टाफ नर्स माग गरेको छ । शुक्रबार सूचना प्रशान गरी २२ डाक्टर र ४६ स्टाफ नर्स माग गरेको हो ।
सिंहदरबारका कर्मचारी नै छड्केमा
राष्ट्रिय सतर्कता केन्द्रले मङ्गलबार आकस्मिकरुपमा विभिन्न निकायमा गरेको अनुगमनमा १६८ जना कर्मचारी छट्केमा परेका छन् ।
लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर
१. डब्लूएचओको विज्ञ समूहमा मनोनीत हुने नेपाली चिकित्सक को हुनुहुन्छ ? डा. राजन पाण्डे – भेरी अञ्चलका वरिष्ठ फिजिसियन डा. पाण्डे विश्व स्वास्थ सङ्गठन (डब्लूएचओ)को क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट प्यानेलमा मनोनीत हुनुभएको। – नेपालमै पहिलो पटक सिकलसेल एनिमिया
लोकसेवा सम्बन्धी आजको ताजा विषयगत प्रश्नोत्तर
४. बेरुजुका प्रकारहरू उल्लेख गर्दै महालेखा परीक्षकको ५९औँ प्रतिवेदनअनुसार नेपालमा बेरुजुको समग्र स्थिति दर्शाउनुहोस्। लेखापरीक्षण गर्दा रुजु हुन नसकेको आर्थिक कारोबार बेरुजु हो। यसलाई रीत नपु-याएको, राख्नुपर्ने लेखा नराखेको, अनियमित वा बेमनासिव कारोबार भनी लेखापरीक्षणका क्रममा औँल्याइने गरिन्छ । बेरुजुलाई देहायबमोजिमका तीन प्रकारमा विभाजन गर्न सकिन्छ : क) असुल गर्नुपर्ने बेरुजु : यसमा हिनामिना, हानि नोक्सानी र अन्य असुल गर्नुपर्ने बेरुजु समावेश गरिन्छ। ख) नियमित गर्नुपर्ने बेरुजु : यसमा अनियमितता भएको, प्रमाण कागजात पेस नभएको, जिम्मेवारी
लोकसेवा सम्बन्धी आजको ताजा विषयगत प्रश्नोत्तर
जलवायु परिवर्तनबाट स्वास्थ्यमा जोखिम १. जलवायु परिवर्तन भन्नाले के बुझिन्छ ? जलवायु परिवर्तनका कारण सिर्जना हुने स्वास्थ्य जोखिम पहिचान गरी न्यूनीकरण गर्ने उपाय उल्लेख गर्नुहोस् । जलवायु परिवर्तनले कुनै स्थानविशेषको तापक्रम, आद्रता, वर्षा, हावाको बहाव आदिको लामो समयको औसत स्थितिमा फेरबदल भएको अवस्थालाई जनाउँछ । विश्वव्यापी रूपमा तापक्रम वृद्धि भइरहेका कारण पृथ्वी अहिले तीव्र जलवायु परिवर्तनको अवस्थामा रहेको छ । यसका कारण मानवजाति र
लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर
१. वि.सं. २०७८ को पुष्पलाल राष्ट्रिय पुरस्कार कस कसलाई प्रदान गरियो ? घनेन्द्र बस्नेत (राजनीतिक÷सैद्धान्तिकतर्फ), डा. ढाकाराम सापकोटा (इतिहास) र जगन्नाथ आचार्य (साहित्य, संस्कृति, विज्ञान) – २०७७ सालको यो पुरस्कार मोहनचन्द्र अधिकारी (राजनीतिक तथा सैद्धान्तिक), प्रा.डा. कृष्णप्रसाद पोखरेल (इतिहास) र पवित्रा घर्ती (साहित्य, संस्कृति तथा विज्ञान)लाई प्रदान गरिएको । – पुरस्कारको राशि नगद रु. एक लाख रहेको ।
लोकसेवा सम्बन्धी आजको ताजा विषयगत प्रश्नोत्तर
अन्तर्वार्ता : विचार एवं दृष्टिकोण परीक्षण १. आयोजनाहरूमा लोकसेवा आयोगको अन्तर्वार्ता के हो र कसरी दिने ? पृष्ठभूमि – वि.सं. २००८
लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर
१. संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए)का अनुसार सन् २०२२ नोभेम्बर १५ मा विश्वको जनसङ्ख्या कति पुग्ने तथ्याङ्क सार्वजनिक गरिएको छ ? आठ अर्ब – विश्व जनसङ्ख्या दिवस जुलाई ११ का दिन यूएनएफपीएले सो घोषणा गरेको ।
लोकसेवा सम्बन्धी आजको ताजा विषयगत प्रश्नोत्तर
विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन १. विपत् व्यवस्थापन चक्रमा के के पर्दछन् ? उल्लेख गर्नुहोस् । साथै नेपालमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न के गर्नुपर्ला ? सुझाव प्रस्तुत गर्नुहोस् । कुनै स्थानमा आपत्कालीन अवस्था सिर्जना भई जनधनको क्षति हुनु, मानव जीवनयापन तथा वातावरणमा प्रतिकूल असर पर्नु विपत् हो । यो प्राकृतिक र गैरप्राकृतिक दुवै हुने गर्दछ । यस्ता विपत्को पहिचान गरी जोखिम न्यूनीकरण गर्ने, विपत्को घटना घट्नासाथ तत्कालै खोजी गर्ने, उद्धार गर्ने, राहत दिने, पुनर्निर्माण एवं पुनस्र्थापनाको कार्य गर्नेलगायतका सबै कार्य विपत् व्यवस्थापन हो । विपत् व्यवस्थापन चक्रमा पनि यिनै विषय पर्दछन्, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः क. विपत् जोखिम न्यूनीकरण
लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर
१. नेपालमा राष्ट्रिय धान दिवस कहिले मनाउने गरिन्छ ? असार १५ धानको बहुआयामिक महìवलाई थप उजागर गरी यसको उत्पादन तथा उत्पादकत्व वृद्धि एवं व्यवसायीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यसाथ आ.व. २०६१÷६२ मा अन्तर्राष्ट्रिय धान वर्ष मनाउने सन्दर्भमा असार १५ गतेलाई राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने घोषणा भई तत्पश्चात् राष्ट्रिय धान दिवस मनाउन थालिएको । – नेपाल सरकारले कृषि जैविक विविधताको संरक्षण, संवद्र्धन र उपयोग
विषयगत–खण्डअन्तर्गत लोकसेवा आयोगबाट सोधिने नमुना प्रश्नको उत्तर
१. सार्वजनिक निकायमा खरिद कार्यको अनुगमनसम्बन्धी भएको व्यवस्थाबारे चर्चा गर्नुहोस् । सार्वजनिक खरिदसम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णयलाई अझ बढी खुला, पारदर्शी, वस्तुनिष्ठ र विश्वसनीय बनाई सुशासनको प्रत्याभूति गर्न तर्जुमा गरिएको सार्वजनिक खरिद ऐन, २०६३ ले सार्वजनिक निकायबाट हुने खरिद कार्यको अनुगमन, नियमन र सार्वजनिक खरिद प्रणालीलाई व्यवस्थित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत नेपाल सरकारको निजामती सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको कर्मचारीको नेतृत्वमा एक सार्वजनिक खरिद अनुगमन कार्यालयको व्यवस्था गरी उक्त कार्यालयको काम, कर्तव्य र अधिकारको व्यवस्था गरेको छ, जसलाई निम्नअनुसार प्रस्तुत गर्न सकिन्छ ः
वस्तुगत–खण्डअन्तर्गत लोकसेवा आयोगबाट सोधिने नमुना प्रश्नको उत्तर
राष्ट्रिय–सन्दर्भ १. गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रूपमा कहिले उद्घाटन गरियो ? वि.सं. २०७९ जेठ २
प्रहरीले माग्यो ४४३ जना असई
नेपाल प्रहरी प्रधान कार्यालयले ४४३ जना प्रहरी सहायक निरीक्षक (असई) माग गरेको छ । आइतबार सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले यस अघि माग गरिएका संख्यामा थप गरी कुल जम्मा ४४३ जना असई र दुई हजार ४७४ जना प्रहरी जवान माग गरेको हो ।
लोकसेवा सम्बन्धी आजको ताजा विषयगत प्रश्नोत्तर
प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षण आयोजनाहरूमा लोकसेवा आयोगले प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षण कसरी गर्दै आएको छ ? लोकसेवा आयोग एक स्वतन्त्र एवं स्वायत्त संवैधानिक निकाय हो । वि.सं. २००८ साल असार १ गते स्थापना भएको लोकसेवा आयोगले योग्यता, स्वच्छता र निष्पक्षताको मूल मन्त्रलाई आत्मसात् गरी जनशक्ति आपूर्तिको व्यवस्था मिलाउँदै आएको छ । यसले निजामती सेवाका लागि आवश्यक पर्ने उपयुक्त कर्मचारी छनोट गर्न रिक्त पदको माग सङ्कलन गर्ने, विज्ञापन गर्ने, दरखास्त सङ्कलन गर्ने, दरखास्त छानबिन गर्ने, परीक्षा लिने, नतिजा प्रकाशन गर्ने, अन्तर्वार्ता लिने, सिफारिस गर्नेजस्ता कार्य गर्दै आएको छ । लोकसेवा आयोगले यी कार्यहरू नेपालको संविधान, लोकसेवा आयोग ऐन २०६६, लोकसेवा आयोग नियमावली २०६७, लोकसेवा आयोग (कार्य सञ्चालन) निर्देशिका २०६७, लोकसेवा आयोगका प
लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर
१. एसिया डेभलपमेन्ट लिडरसिप अवार्ड, २०२२ बाट सम्मानित हुने नेपाली को हुन् ? सुरेन्द्र भट्टराई – मलेसियास्थित विश्वभर अनुसन्धान÷खोजमा कार्य गर्दै आएको रिसर्च अन्डर लिटरल एक्सेस नामक संस्थाले नेपालका सुरेन्द्र भट्टराईलाई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरेको । – ५० भन्दा बढी विधामा प्र
लोकसेवा आयोग विधेयक पारित
विधायिकी चरणमा प्रवेश गरेको साढे तीन वर्षपछि लोकसेवा आयोग विधेयक पारित भएको छ । प्रतिनिधि सभाले आइतबार राष्ट्रिय सभाबाट भएको संशोधन स्वीकार गरेसँगै विधेयक प्रमाणीकरणको प्रक्रिया अघि बढेको छ । पहिलो बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि दोस्रो बैठकमा विधेयकलाई निर्णयार्थ पेस गरिएको थियो । सभामुखबाट प्रमाणित भएपछि विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ ।