अमेरिकी राष्ट्रपतिको मतदान सुरु : मैदानमा ह्यारिस र ट्रम्प
अमेरिकी निर्वाचनमा महिलाहरुको भूमिका पनि बढ्दो छ । करिब ५३ प्रतिशत महिला मतदाता रहेको परिप्रेक्ष्यमा महिलाहरुले धेरै विश्वास गरेर मतदान गरे भने कमला ह्यारिसको पोल्टामा निर्वाचन जाने निश्चित प्रायः छ । उता करिब ४० प्रतिशत श्वेत मतदाता रहेको यस पटकको निर्वाचनले २०१६ मा जस्तै ट्रम्पलाई सेतो घरको साँचो सुम्पिने पो हो कि भन्ने अनुमान पनि अर्कोतिर छ ।
लेबनानमा मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसङ्घको चेतावनी
मनवीय मामिला समन्वयका लागि राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए)ले लेबनानको मनवीय अवस्था बढ्दो वैमनस्यताको बिचमा बिग्रदै गएको जनाएको छ ।
पाकिस्तानमा आठ महिनादेखि तलब नपाएका शिक्षक आन्दोलनमा
खैबर पख्तुनख्वा प्रान्तको सरकारले यस क्षेत्रका विद्यालयका शिक्षकहरूलाई आठ महिनादेखि तलब दिन नसक्दा विद्यार्थीहरूको भविष्यलाई असर पग्नुका साथै शिक्षकहरु आन्दोलित भएको द डन पत्रिकाले रिपोर्ट गरेको छ ।
गाजामा भएको इजरायली हमलामा चार जनाको मृत्यु, धेरै घाइते
गाजा सहरको पूर्वमा रहेको तुफाहमा मङ्गलबार भएको इजरायली हमलामा चार जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएको जनाइएको छ ।
चिनियाँ प्रधानमन्त्री ली किआङ देशले विकास लक्ष्य हासिल गर्नेमा ‘पूर्ण विश्वस्त’
चिनियाँ प्रधानमन्त्री ली किआङले चीनका यस वर्ष आर्थिक लक्ष्यहरू प्राप्त गर्ने कुरामा आफू “पूर्ण रूपमा विश्वस्त’’ भएको मङ्गलबार बताउनुभएको छ । बेइजिङले सन् २०२४ का लागि करिब पाँच प्रतिशतको वृद्धिको लक्ष्य राखेको छ ।
इजरायलद्वारा सिरियामा रहेको हिजबुल्लाहको गुप्तचर मुख्यालय लक्षित आक्रमण
इजरायली सेना (आईडीएफ)ले सोमबार सिरियामा रहेको हिजबुल्लाहको गुप्तचर मुख्यालयलाई निशाना बनाएर आक्रमण गरेको छ । सामाजिक सञ्जाल एक्समा एउटा पोस्ट साझा गर्दै आईडीएफले भन्यो, “आईडीएफल सिरियामा हिजबुल्लाहको गुप्तचर मुख्यालयसँग सम्बन्धित आतङ्ककारी लक्ष्यहरूमा हवाई आक्रमण गरेको थियो ।’’
ह्यारिस र ट्रम्पबिच कडा प्रतिस्पर्धा
विश्व शक्तिराष्ट्र अमेरिकामा राष्ट्रपति चुन्नका लागि हुने निर्वाचन मङ्गलबार सम्पन्न हुँदै छ । निर्वाचनको प्रमुख दिन नोभेम्बर ५ अर्थात् मङ्गलबार राष्ट्रपति चयन गर्न अमेरिकी नागरिक तम्तयार देखिएका छन् ।
बार्सिलोनामा भारी वर्षाले रेल सेवा अवरुद्ध
पूर्वी स्पेनमा गत हप्ता आएको बाढीले भ्यालेन्सिया नजिक दुई सयभन्दा बढी मानिसको ज्यान लिएको थियो। निरन्तर आइरहेको आँधीले सोमबार बार्सिलोनामा पनि वर्षा गराउँदा अधिकारीहरूले यात्रु रेल सेवा स्थगित गर्नुपरेको छ।
अमेरिकाले बी-५२ बमवर्षक विमान तैनाथ गरेकोमा इरानको आपत्ति
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बघाईलेले इरानमा बी–५२ बमवर्षक विमान तैनाथ गरिएपछि अमेरिकाको आलोचना गर्नुभएको छ ।
भारतमा बस दुर्घटना : मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो
प्रहरी अधिकारीका अनुसार दुर्घटना उत्तराखण्ड राज्यको अल्मोडा जिल्लाको मार्चुला क्षेत्रमा सोमबार बिहान ८ः३० बजे दुर्घटना भएको हो । मार्चुला भारतको पहाडी राज्य उत्तराखण्डको पर्यटकीय गन्तव्य हो ।
ऊर्जामन्त्री खड्का अन्तर्राष्ट्रिय सौर्य सम्मेलनमा सहभागी
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भारतमा सुरु भएको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) सम्मेलनमा सहभागिता जनाउनुभएको छ । उहाँ भारतको राजधानी नयाँदिल्लीमा आइतबारदेखि सुरु भएको सातौँ गठबन्धन सम्मेलनमा सहभागी हुनुभएको हो ।
इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु
पूर्वी इन्डोनेसियामा एक ज्वालामुखी विस्फोट हुँदा कम्तिमा दश जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जनाएका छन् । अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम गरिएको छ ।
भारतमा बस दुर्घटना : २२ जनाको मृत्यु
भारतको उत्तरी राज्य उत्तराखण्डमा सोमबार बस गहिरो खोलामा खसी दुर्घटना हुँदा २२ जनाभन्दा बढीको मृत्यु हुनुका साथै अन्य दुई दर्जन घाइते भएका छन् ।
इजरायलले युएनआरडब्लुएसँगको सम्बन्ध तोड्ने
इजरायलले प्यालेस्टिनी शरणार्थीको लागि सहयोग गर्ने गाजास्थित राष्ट्रसङ्घीय निकाय (युएनआरडब्लुए) सँग सम्बन्ध तोड्ने निर्णय औपचारिक रूपमा संयुक्त राष्ट्र सङ्घसमक्ष सोमबार पेश गरेको छ
मोल्दोभामा राष्ट्रपतीय निर्वाचन, सन्दुको जीत सुनिश्चित
मोल्दोभाका वर्तमान राष्ट्रपति मइया सान्दुले ५४.१९ प्रतिशत मत प्राप्त गरी देशको राष्ट्रपतीय निर्वाचनमा अग्रता लिनुभएको छ ।
भारतको अडानी समूहद्वारा बङ्गलादेशतर्फ आपूर्ति भएको बिजुलीमा कटौती
भारतीय अडानी समूहले बङ्गलादेशमा करिब ८५ करोड अमेरिकी डलर को बक्यौता बिल तिर्न बाँकी रहेको भन्दै सीमापार विद्युत आपूर्तिलाई आधा घटाएको विद्युत अधिकारीहरूले आइतबार बताएका छन् ।
बङ्गलादेशमा डेंगुका कारण एकै दिन १० जनाको मृत्यु
बङ्गलादेशमा डेंगुका कारण एकै दिन यो वर्षको सबैभन्दा बढी १० जनाको मृत्यु भएपछि सङ्क्रमितको सङ्ख्या ३१० पुगेको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।
पाकिस्तानको लाहोरमा प्रदूषणका कारण विद्यालय बन्द
पाकिस्तानको दोस्रो ठूलो शहर लाहोरले लाखौं बालबालिकालाई खतरनाक मानिएको भन्दा कैयौं गुणा बढी धुवाँको चपेटामा पर्न नदिन एक हप्ताका लागि प्राथमिक विद्यालय बन्द गर्ने निर्णय गरेको सरकारी अधिकारीले आइतबार बताएका छन्।
अमेरिका-मेक्सिको सीमामा छुट्टिएका दुई सय परिवारको पुनर्मिलन
अमेरिका-मेक्सिको सीमाको एक क्षेत्रमा शनिबार करिब दुई सय परिवार भावुक तर छोटो पुनर्मिलनका लागि भेला भए। विपरीत मुलुकहरूमा बस्ने उनीहरूले त्यहाँ वर्षौंदेखि नभेटेका आफन्तहरूलाई भेटे।
गाजाको विनाशकारी अवस्थाबारे संयुक्त राष्ट्रसङ्घको चेतावनी
उत्तरी गाजामा इजरायलको सैन्य आक्रमण जारी रहँदा संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले “विनाशकारी’’ अवस्थाको बारेमा कडा चेतावनी जारी गरेका छन् ।
ट्रम्पले अमेरिकी चुनाव जिते युद्ध सहयोग रोकिने चिन्तामा युक्रेनी
युक्रेनीहरू अमेरिकी राष्ट्रपति चुनाव अभियानको अन्तिम दिनहरूलाई चिन्तापूर्वक हेरिरहेका छन् । केहीले डोनाल्ड ट्रम्पको जितले वासिङ्टनको महत्त्वपूर्ण सहयोग रोक्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
सुवानमा नेपालीले खेले देउसी भैलो
महान पर्व तिहारको अवसरमा दक्षिण कोरियामा काम विशेषले बसोबास गर्ने नेपालीले देउसी भैलो खेली रमाइलो गरेका छन् । यस पटक तिहारको देउसी खेल्ने मुख्य दिन शनिबार र भाइटीका आइतबार परेकाले कोरियामा भब्य रुपले मनाइएको हो ।
स्पेनको बाढी प्रभावित क्षेत्रमा थप १० हजार सैनिक परिचालन
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बाढीका कारण प्रभावित पूर्वी भ्यालेन्सिया क्षेत्रमा थप १० हजार सैनिक र प्रहरी अधिकारी खटाइने शनिबार बताउनुभएको छ।
बेलायतको कन्जरभेटिभ पार्टीको नेतामा बदेनोच निर्वाचित
बेलायतको कन्जरभेटिभ पार्टीका तर्फबाट जुलाईमा भएको आम निर्वाचनमा पार्टीको खराब प्रदर्शनपछि राजीनामा दिएका ऋषि सुनकको स्थानमा शनिबार ‘एन्टी–वोक’ उम्मेदवार केमी बदेनोच चयन हुनुभएको छ।