सुडानमा मानवीय सङ्कट निरन्तर बढ्दै गएको राष्ट्रसङ्घीय एजेन्सीको चेतावनी
संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) र संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)ले लाखौँ मानिसहरूलाई तत्काल सहायता चाहिएको उल्लेख गर्दै सुडानमा मानवीय सङ्कट निरन्तर बढ्दै गएको चेतावनी दिएका छन् ।
नाइजेरियाका राष्ट्रपतिद्वारा मन्त्रिमण्डल हेरफेर
नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले मन्त्रिपरिषद् पुनः गठन गर्दै पाँच मन्त्रीलाई बर्खास्त गरी नयाँ नियुक्त गर्नुभएको छ ।
युक्रेनमा पुनः रुसी आक्रमण, पाँच जनाको मृत्यु
युक्रेनमा शनिबार भएको रुसी क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
इजरायलमाथि थप आक्रमण नगर्न इरानलाई अमेरिकाको आग्रह
संयुक्त राज्य अमेरिकाले हिंसाको चक्र अन्त्य गर्न शनिबार इजरायलले गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इरानलाई इजरायलमाथि थप आक्रमण नगर्न आग्रह गरेको छ ।
अस्ट्रेलियामा विमान दुर्घटना : दुई जनाको मृत्यु
अस्ट्रेलियाको सिड्नी देखि दक्षिणपश्चिम क्षेत्रमामा शनिबार भएको विमान दुर्घटनामा परी दुई जनाको मृत्यु भएको अस्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यको प्रहरीले जनाएको छ ।
इजरायलद्वारा इरानमा क्षेप्यास्त्र आक्रमण
इजरायलले इरानका विभिन्न सैन्य आधारमा शनिबार हवाई आक्रमण गरेको बताएको छ ।
जेलेन्स्कीद्वारा संयुक्त राष्ट्रसङ्घका महासचिवको किएभ भ्रमणलाई अस्वीकार
क्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसमा आयोजित शिखर सम्मेलनमा सहभागिताका कारण संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको युक्रेन भ्रमणलाई अस्वीकार गर्नुभएको राष्ट्रपति कार्यालयको उच्च स्रोतले शुक्रबार बताएको छ ।
जर्मनीद्वारा भारतीयहरुलाई थप भिसा दिने प्रतिबद्धता
जर्मनीले भारतीय कुशल कामदारहरुलाई आफ्नो देशमा काम गर्न दिने भिसाको सङ्ख्या उल्लेखनीयरुपमा बढाउने वाचा गरेको छ ।
नसरल्लाहको मृत्यु हिजबुल्लाहका लागि ‘एक युगको अन्त्य’
एक महिनाअघि हिजबुल्लाहका शक्तिशाली नेता हसन नसरल्लाहको हत्याले इरान समर्थित लेबनानी आन्दोलनका लागि मौलिक परिवर्तनलाई चिह्नित गरेको छ ।
चक्रवात दानाको अवतरणपछि भारतमा भारी वर्षा
तीव्र चक्रवाती आँधी दानाको अवतरण पछि पूर्वी भारतीय राज्य ओडिसा र पश्चिम बङ्गालका तटीय क्षेत्रहरूमा शुक्रबार भारी वर्षा भएको अधिकारीहरुले जनाएका छन् ।
सम्पूर्ण अमेरिकीले चाहेको राष्ट्रपति बन्ने इच्छा छ : उपराष्ट्रपति ह्यारिस
अमेरिकी राष्ट्रपति चुनावमा दुई हप्ताभन्दा कम समय बाँकी हुँदा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफू सम्पूर्ण अमेरिकी जनताले चाहेको राष्ट्रपति बन्ने इच्छा व्यक्त गर्नुभएको छ ।
फिलिपिन्समा उष्णकटिबन्धीय आँधी ‘ट्रामी’का कारण ४६ जनाको मृत्यु, २० बेपत्ता
यस हप्ता फिलिपिन्समा आएको उष्णकटिबन्धीय आँधी ‘ट्रामी’बाट मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ भने कम्तिमा २० जना अझै बेपत्ता रहेको अधिकारीहरूले शुक्रबार बताएका छन् ।
इजरायली आक्रमणमा तीन जना पत्रकारको मृत्यु
पूर्वी लेबनानमा भएको इजरायली आक्रमणमा तीन जना पत्रकारको मृत्यु हुनुका साथै बेरुतको दक्षिणी उपनगरका भवनहरूमा भौतिक क्षति भएको लेबनानको राष्ट्रिय सञ्चार माध्यामले शुक्रबार जनाएको छ ।
पाकिस्तानी तालिबानको आक्रमणमा परी १० जना प्रहरीको मृत्यु
पाकिस्तानी तालिबानले अफगान सीमा नजिकैको चेकपोस्टमा गरेको आक्रमणमा १० जना प्रहरी मारिएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।
सुनामीका लागि विश्व पहिलेभन्दा बढी तयार : समुद्री विज्ञ
पूर्वचेतावनी प्रणालीहरूका कारण विश्व विनाशकारी सुनामीका लागि पहिलेभन्दा बढी तयार रहेको समुद्री विज्ञान विशेषज्ञहरूले बिहीबार बताएका छन् । यद्यपि उनीहरूले अझै पनि सुनामी कहिले आउन सक्छ भन्ने भविष्यवाणी गर्न सकेका छैनन् ।
नयाँ मितव्ययी कदमअन्तर्गत माल्दिभ्समा ५० प्रतिशत तलब कटौती हुने
आर्थिक सङ्कटमा परेको माल्दिभ्समा सार्वजनिक क्षेत्रका तलबहरूमा ५० प्रतिशत कटौती हुने भएको छ । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले ऋण सङ्कट रोक्न सार्वजनिक क्षेत्रका तलबहरू घटाउने मितव्ययी अभियानको एक भागका रूपमा ५० प्रतिशत तलब कटौती गर्ने उहाँको कार्यालयले बिहीबार जनाएको छ ।
दिल्लीमा वायु प्रदूषणलाई रोक्न कडा नियम लागू
वायुको गुणस्तर बिग्रिएपछि भारतको राजधानी सहरमा बढ्दो वायु प्रदूषण स्तरलाई सम्बोधन गर्न नयाँ दिल्लीमा वायु प्रदूषणको कडा उपायहरू अपनाइएको छ ।
बङ्गलादेशमा डेंगुका बिरामीको सङ्ख्या ५० हजार नाघ्यो, २६४ जनाको मृत्यु
बङ्गलादेशी स्वास्थ्य प्राधिकरणले बङ्गलादेशमा डेंगुका कारण हालसम्म २६४ जनाको मृत्यु भएको छ । यस वर्ष देशमा डेंगु पुष्टि भएको कुल सङ्ख्या ५३ हजार १९६ पुगेको छ ।
इजरायली आक्रमणमा गाजाको उत्तरी क्षेत्रमा ७७० जनाको मृत्यु
हमासलाई पुनर्गठन हुनबाट रोक्ने उद्देश्यले इजरायलले सुरु गरेको आक्रमणमा गाजा क्षेत्रको उत्तरी भागमा सात सय ७० भन्दा बढी मानिसको मृत्यु भएको गाजाको नागरिक सुरक्षा निकायले बताएको छ ।
अमेरिकी आक्रमण चेतावनीपछि श्रीलङ्काद्वारा तीन व्यक्ति पक्राउ
श्रीलङ्काली प्रहरीले मुलुकमा भ्रमण गर्ने इजरायली पर्यटकहरुमाथि सम्भावित आक्रमणको अमेरिकी गुप्तचर चेतावनीपछि तीन जनालाई पक्राउ गरेको छ ।
रुस भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका प्रमुखद्वारा युक्रेनमा शान्तिको आग्रह
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आयोजना गर्नुभएको ब्रिक्स नेताहरूको बैठकमा युक्रेनमा ‘न्यायपूर्ण शान्ति’ को आह्वान गर्नुभएको छ ।
विश्वले गम्भीर चुनौतीको सामना गरिरहेको छ : चिनियाँ राष्ट्रपति
चिनियाँ राष्ट्रपति सी जिङपिङले बिहीबार ब्रिक्सका नेताहरूलाई विश्वले गम्भीर चुनौतीको सामना गरिरहेको र यसका सदस्यलाई स्थिर शक्ति बन्न आग्रह गर्नुभएको छ ।
फ्रान्सद्वारा लेबनानलाई दश करोड युरो सहयोगको घोषणा
फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले बिहीबार फ्रान्सले लेबनानलाई दश करोड युरो सहयोग गर्ने बताउनुभएको छ ।
चक्रवात दानाको त्रासले दश लाखभन्दा बढी भारतीय सुरक्षित स्थानतर्फ जाँदै
भारतको पूर्वी तटमा कम्तीमा दश लाखभन्दा बढी मानिसहरू सुरक्षित आश्रयस्थल तर्फ भागिरहेको मन्त्रीहरूले बिहीबार बताएका छन् ।