• २६ पुस २०८१, शुक्रबार

सुडानमा मानवीय सङ्कट निरन्तर बढ्दै गएको राष्ट्रसङ्घीय एजेन्सीको चेतावनी

blog

फाइल तस्बिर

न्यूयोर्क, कात्तिक १० गते । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) र संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)ले लाखौँ मानिसहरूलाई तत्काल सहायता चाहिएको उल्लेख गर्दै सुडानमा मानवीय सङ्कट निरन्तर बढ्दै गएको चेतावनी दिएका छन् ।

दुई एजेन्सीहरूले संयुक्त विज्ञप्तिमार्फत यस वर्ष पाँच वर्ष मुनिका ३७ लाख बालबालिका  कुपोषणको जोखिममा रहेको जनाउँदै उनस्हरुले पर्याप्त सहयोग सहायता प्राप्त नगरेमा रोगहरूबाट मर्ने सम्भावना ११ गुणाले बढ्ने चेतावनी दिएका छन् ।

उनीहरूले सबै प्रभावित समुदायहरूमा दिगो उपस्थिति राख्न अनुमतिसहित सहायता र प्राविधिक सहयोग प्रदान गर्न जिम्मेवार राष्ट्रसङ्घीय एजेन्सीको महत्त्वलाई जोड दिएका छन् ।

विशाल चुनौतीहरूको बाबजुद, युएनएचसीआर र युनिसेफले सुडानका प्रभावितलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धतालाई नवीकरण गरी आपत्कालीन आश्रय र पानी, शिक्षा, स्वास्थ्य सेवा र मनोसामाजिक समर्थनलगायतका आधारभूत सेवाहरू प्रदान गरिरहेका छन् ।

सन् २०२३ अप्रिल १५ मा सुरु भएको सुडानको द्वन्द्वले आन्तरिक वा बाह्य रूपमा एक करोड दश लाखभन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ भने लाखौँलाई भोकमरीको सँघारमा धकेलेको जसमा अधिकांश  महिला तथा बालबालिका रहेका छन् । रासस/क्यूएनए