रूसमा सेना पठाउने उत्तर कोरियाली तयारीले सियोल र नेटो चिन्तित
दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का प्रमुख मार्क रुटले उत्तर कोरियाले रूसमा सेना पठाउन गरेको तयारी बारे चिन्ता व्यक्त गरेका छन् ।
हाइटी गिरोहको आक्रमणमा दुई जनाको मृत्यु , पाँच हजार विस्थापित
हाइटीका गिरोहहरूले राजधानी पोर्ट–आउ–प्रिन्समा आक्रमण गर्दा आठ महिनाको गर्भवती महिलासहित दुई महिलाको मृत्यु हुनुका साथै पाँच हजार मानिस विस्थापित भएको नागरिक सुरक्षा विभागले सोमबार जनाएको छ ।
एयरलाइन बम धम्कीको अफवाहपछि कानून सुदृढ गर्न खोज्दै भारत
भारतका उड्डयनमन्त्री राममोहन नायडूले सोमबार गत हप्ता भारतीय एयरलाइनहरूविरुद्ध ९० भन्दा बढी नक्कली बम धम्कीका कारण यात्रा अव्यवस्था र त्रास फैलिएपछि कानून कडा बनाउन चाहेको बताउनुभएको छ ।
हिजबुल्लाहलाई आर्थिक सहयोग गर्ने समूह लक्षित आक्रमण
इजरायली सेनाले हिजबुल्लाहलाई आर्थिक सहयोग गरेको आरोपमा एक समूहलाई लक्षित गरी मिसाइल आक्रमणको नयाँ शृङ्खला सुरु गरेको टाइम्स अफ इजरायलले जनाएको छ ।
गाजामा द्वन्द्वको तुरुन्तै अन्त्य हुनुपर्छ : संयुक्त राष्ट्रसङ्घ
मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्का विशेष संयोजक टोर वेन्नेसल्यान्डले गाजामा नागरिकहरूमाथि जारी इजरायली आक्रमणको निन्दा गर्दै युद्ध लम्बिएमा हुने मानवीय सङ्टबारे चेतावनी दिँदै द्वन्द्वको तत्काल अन्त्य गर्न आग्रह गर्नुभएको छ ।
दिल्लीको वायु गुणस्तर खराब स्तरमा
भारतको राजधानी नयाँ दिल्लीमा सोमबारको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ३४९ मा झरेको छ ।
गाजाका एक हजार महिला र बालबालिकालाई तत्काल युरोप स्थानान्तरण गरिने
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को युरोप शाखाका प्रमुखले गाजाबाट एक हजार महिला तथा बालबालिकालाई चाँडै नै युरोप ल्याइने बताउनुभएको छ ।
इजिप्ट मलेरियामुक्त भएको डब्ल्यूएचओको पुष्टि
इजिप्टले मलेरिया उन्मूलनको प्रमाणपत्र प्राप्त गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आइतबार इजिप्टलाई मलेरिया–मुक्त भएको आधिकारिक मान्यता दिएको हो ।
अमेरिकास्थित मुस्लिम धर्मगुरु फेतुल्लाह गुलेनको मृत्यु
टर्कीको सरकारी टेलिभिजनले अमेरिकास्थित मुस्लिम धर्मगुरु फेतुल्लाह गुलेनको मृत्यु भएको जनाएको छ । अङ्काराले गुलेनलाई सन् २०१६ को असफल ’कु’का मुख्य योजनाकार भएको आरोप लगाउँदै आएको छ ।
म्यानमारमा डुङ्गा डुब्दा ११ जनाको मृत्यु, १९ बेपत्ता
म्यानमारको दक्षिणी तटमा अन्डमान सागरमा करिब ३० जना बोकेको डुङ्गा डुबेपछि उद्धारका लागि खटिएका उद्धारकर्ताहरूले एघार वटा मृत शरीर पानीबाट बाहिर निकालेका छन् भने बाँकी वेपत्ता रहेको एक स्थानीय बासिन्दाले सोमबार बताएका छन् ।
निर्वाचनको पूर्वसन्ध्यामा जापानका प्रधानमन्त्री इशिबालाई कमजोर समर्थन
जापानका नयाँ प्रधानमन्त्री शिगेरु इशिबाको अनुमोदन आगामी अक्टोबर २७ मा हुने आम निर्वाचनअघि घटेको एक साताको सर्वेक्षणले देखाएको छ ।
रिसोर्टमा भएको अपहरणमा संलग्न १७ लडाकूलाई आजीवन कारावासको सजाय
करिब २५ वर्षअघि मलेसियामा विदेशी र फिलिपिनो नागरिकको अपहरण गरेको अभियोगमा इस्लामिक स्टेटसम्बद्ध लडाकू समूहका १७ सदस्यलाई आजीवन कारावासको सजाय सुनाइएको फिलिपिन्सको न्याय विभागले सोमबार जनाएको छ ।
हिजबुल्लाहद्वारा इजरायलमाथि १०० क्षेप्यास्त्र प्रहार
लेबनानी हिजबुल्लाह समूहले इजरायलविरूद्ध आइतबार दिनभरिमा १०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको इजरायली सुरक्षा बल ९आइडिएफ० ले जनाएको छ ।
बेरुतमा इजरायली आक्रमण
इजरायली सेनाले लेबनानको हिजबुल्लाह आन्दोलनको गढ खाली गर्न नागरिकहरूलाई चेतावनी दिएपछि आइतबार दुई इजरायली हवाई आक्रमणले दक्षिण बेरुतलाई लक्षित गरेको छ ।
दक्षिण बेरुतका दुई छिमेक खाली गर्न इजरायली सेनाको आदेश
इजरायली सेनाले आइतबार बिहान दक्षिण बेरुतका दुई छिमेकमा ‘हिजबुल्लाहसँग सम्बद्ध’ भनिएका भवनहरू नजिक रहेका नागरिकहरूलाई तुरुन्तै खाली गर्न आदेश दिएको छ ।
भारतीय एयरलाइन्सलाई बमको धम्कीले अराजकता बढाउँदै
भारतीय एयरलाइन्सहरूद्वारा सञ्चालित उडानहरूलाई ७० भन्दा बढी झुटो बमको धम्की दिइएको र यसले यात्रुहरूमा त्रास फैलाउनुका साथै विश्वव्यापी उडानमा ढिलाई निम्त्याएको भारतीय सञ्चारमाध्यमहरूले आइतबार बताएका छन् ।
अस्ट्रेलियाको बेरोजगारी ४.१ प्रतिशत
अस्ट्रेलियाको वेरोजगारी दर सेप्टेम्बरमा ४.१ प्रतिशतमा स्थिर छ । अर्थव्यवस्थाले ५० हजारभन्दा बढी रोजगारी थपेसँगै बेरोजगारी ४.१ प्रतिशतमा स्थिर रहेको हो ।
एयर न्यूजिल्याण्डको विमानमा बमको धम्की
सिड्नी एयरपोर्टमा एयर न्यूजिल्याण्डको विमानमा बमको धम्की आएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।
गाजामा रहेका इजरायली बन्धकलाई रिहा गर्न अलकायदा प्रमुखका सल्लाहकारको आग्रह
अलकायदाका सम्भावित वर्तमान नेताका सल्लाहकारले गाजामा बन्धक बनाइएका इजरायली बन्धकलाई रिहा गर्न हमाससँग आग्रह गरेको अमेरिकी जिहादी निगरानी संस्था (साइट) ले जनाएको छ।
इजरायली प्रधानमन्त्री नेतन्याहूको निवासलाई निशाना बनाइ ड्रोन हमला
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निजी निवासलाई निशाना बनाइ शनिबार लेबनानबाट ड्रोन हमलामा भएको इजरायलको प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति मार्फत जनाएको छ ।
इजरायलद्वारा अस्पतालमा आक्रमण
इजरायली सेनाले शनिबार उत्तरी सहर बेत लाहियाको इन्डोनेसियाली अस्पताललाई घेरा बन्दी गरी आक्रमण गरेको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
सुडानमा ३० लाखभन्दा बढी मानिस हैजाको जोखिममा
संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले शुक्रबार सुडानमा ३० लाखभन्दा बढी मानिसहरू हैजाको जोखिममा रहेको जनाएको छ ।
सिनवारको मृत्यु भए पनि हमास जिवित रहेको खमेनीको घोषणा
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले गाजामा भएको इजरायली सैन्य कारबाहीमा हमासका नेता याह्या सिनवारको मृत्यु भए पनि हमास जीवित रहेको शनिबार घोषण गर्नुभएको छ ।
इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ प्यालेस्टाइनीको मृत्यु
उत्तरी गाजा पट्टीको जबलिया शिविरमा शुक्रबार साँझ इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।