साइबर अपराधमा श्रीलङ्कामा २३० चिनियाँ पक्राउ
श्रीलङ्काली प्रहरीले अनलाइन ठगीमा अन्तर्राष्ट्रिय बैंकहरूलाई लक्षित गरेको आरोपमा दुई सय ३० भन्दा बढी चिनियाँलाई पक्राउ गरेको विदेशमन्त्रीले मङ्गलबार बताउनुभएको छ । यस कार्यमा बेइजिङबाट पठाइएका सुरक्षा अधिकारीहरूको सहयोग रहेको थियो ।
बमको धम्कीले एयर इन्डियाको उडान क्यानडातर्फ डाइभर्ट
सिकागो जाँदै गरेको एयर इन्डियाको उडान मङ्गलबार क्यानडाको एउटा विमानस्थलमा बमको धम्कीपछि डाइभर्ट गरिएको अधिकारीहरूले बताएका छन् ।
कूटनीतिज्ञ निष्कासनपछि भारत–क्यानडा सम्बन्धमा दरार
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडामा निज्जरको हत्यामा भारतीय एजेन्टहरू संलग्न रहेको आरोप लगाउनुभएपछि भारत र क्यानडाले कूटनीतिक सङ्कटको सामना गरिरहेका छन् ।
जापानमा निर्वाचन अभियान सुरु
जापानमा अक्टोबर –२७ मा हुने आम चुनावको लागि मङ्गलबारदेखि निर्वाचन अभियान सुरु भएको छ ।
इरानमाथि युरोपेली आयोगको प्रतिबन्ध
युरोपेली आयोगले सोमबार युक्रेनविरुद्ध प्रयोग गर्न रुसलाई क्षेप्यास्त्र र ड्रोन हस्तान्तरण गरेको आरोपमा प्रमुख इरानी अधिकारीहरू र एयरलाइन्ससहितका संस्थाहरू विरुद्ध प्रतिबन्ध लगाएको छ ।
लेबनानमा इजरायली आक्रमण तीव्र
इजरायली सेनाले मङ्गलबार पूर्वी लेबनानमा आक्रमण सुरु गरेको लेबनानको आधिकारिक सञ्चारमाध्यमले जनाएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहप्रति कुनै दया नगर्ने वाचा गरेपछि दुई समूहबीच द्वन्द्व चर्किएको हो ।
क्यानडाका राजदूतमाथि छानबिन गर्ने क्यानडाको कदमप्रति भारतको असन्तुष्टि
गत वर्ष एक सिख पृथकतावादी नेताको हत्यापछि ओटावाले आफ्ना राजदूत र अन्य कूटनीतिज्ञमाथि अनुसन्धान गरिरहेको भन्दै भारतले सोमबार क्यानडाको आलोचना गरेको छ।
बमको धम्कीपछि 'एयर इन्डिया'को विमान दिल्लीमा अवतरण
मुम्बईबाट २३९ यात्रु बोकेर न्यूयोर्क जाँदै गरेको 'एयर इन्डिया'को विमान सोमबार बिहान बमको धम्कीका कारण दिल्लीतर्फ डाइभर्ट गरिएको छ ।
बेल्जियम स्थानीय सरकारमा नेपाली उम्मेदवारको जित
बेल्जियममा आज भएको स्थानीय निकायको निर्वाचनमा दुई नेपालीमूलका उम्मेदवारले नयाँ इतिहास रच्दै निर्वाचित हुनुभएको छ । बेल्जियमको राजनीतिमा नेपालीको नबिन छलाङ मार्दै तीन दशक यता नेपाली बसोबास गर्न थाले यता पहिलो पटक प्रत्यक्ष चुनाबी प्रतिस्पर्धामा नेपालीहरु बिजयी भएका हुन् ।
चीनमा ग्यास चुहावट हुँदा सात जनाको मृत्यु, चार घाइते
पूर्वी चीनको शानडोङ प्रान्तको एक बायोटेक कम्पनीमा शनिबार दिउँसो भएको विषाक्त ग्यास चुहावट हुँदा सात जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
अमेरिकी राष्ट्रपति बाइडेन शुक्रबार देखि जर्मनी भ्रमणमा
अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को हप्ता देखि जर्मनी भ्रमण गर्ने अपेक्षा गर्नुभएको छ ।
पाकिस्तानमा भएको झडपमा १६ जनाको मृत्यु
पाकिस्तानको उत्तरपश्चिममा भएको साम्प्रदायिक झडपमा तीन महिला र दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
इजरायली आक्रमणले लेबनानी मस्जिद ’पूर्ण रूपमा’ ध्वस्त : मिडिया
इजरायली हवाई आक्रमणले लेबनानको युद्धग्रस्त दक्षिणी क्षेत्रमा अवस्थित मस्जिदलाई ध्वस्त पारेको लेबनानी आधिकारिक मिडियाले आइतबार जनाएको छ ।
बङ्गलादेशमा डेङ्गु सङ्क्रमण उच्च
बङ्गलादेशमा डेङ्गु सङ्क्रमणबाट थप नौ जनाको मृत्यु भएको शनिबार रिपोर्ट गरिएको छ । जुन यस वर्षको सबैभन्दा उच्च दैनिक मृत्युदर हो ।
पाकिस्तानमा जनजातिहरू बिचको झडपमा ११ जनाको मृत्यु
पाकिस्तानको खैबर पख्तुनख्वाको माथिल्लो कुर्रम जिल्लामा दुई जनजातिहरू बीचको झडपमा ११ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पाँच जना बालबालिका र छ जना महिला रहेका छन् ।
टर्कीमा ११ आप्रवासी पक्राउ
उत्तरपश्चिम टर्की प्रान्त टेकिर्दागमा नियम उल्लंघन गरी सवारीसाधनमा भाग्न खोज्दा ११ गैरकानुनी आप्रवासीलाई पक्राउ परेका छन् ।
विजयादशमीको अवसरमा भारतीय राष्ट्रपति मुर्मू र प्रधानमन्त्री मोदीद्वारा शुभकामना व्यक्त
भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले विजयादशमीका अवसरमा शुभकामना दिनुभएको छ ।
गाजामा पोलियो खोपको दोस्रो चरण ‘अझ जटिल’-राष्ट्रसङ्घ
संयुक्त राष्ट्रसङ्घले शुक्रबार युद्धग्रस्त गाजामा लाखौँ बालबालिकालाई पोलियो खोपको आवश्यक दोस्रो मात्रा दिन आगामी साता सुरु हुने अभियान पहिलो चरणभन्दा ‘अझ जटिल’ हुने बताएको छ ।
लेबनानका प्रधानमन्त्रीद्वारा इजरायलसँग युद्धविराम गर्न राष्ट्रसङ्घीय प्रस्तावको आह्वान
लेबनानका प्रधानमन्त्री नजिब मिकातीले शुक्रबार संयुक्त राष्ट्रसङ्घ समक्ष इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच ‘तत्काल’ युद्धविराम गर्ने प्रस्ताव पारित गर्न आग्रह गर्नुभएको छ।
जापानी परमाणु बमबाट बचेको समूहलाई नोबेल शान्ति पुरस्कार
यस वर्षको नोबेल शान्ति पुरस्कार जापानी परमाणु विरोधी समूह निहोन हिदान्क्योलाई प्रदान गरिएको छ। हिबाकुशा पनि भनिने यो समूह हिरोशिमा र नागासाकी परमाणु बमबाट बचेकाहरूको जनआधारित आन्दोलन हो।
पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या
पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा हतियारधारी व्यक्तिहरूको समूहले रातभरि गरेको आक्रमणमा २० जना कामदारको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ ।
अमेरिकाको कोलोराडोको सुन खानीमा १० जना फसे
अमेरिकाको कोलोराडो राज्यमा रहेको सुन खानीमा उपकरणमा खराबीका कारण कम्तीमा १० जना व्यक्ति एक हजार फिट (३०५ मिटर) जमिनमुनि फसेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।
फिनल्याण्डमा नयाँ अन्तरिक्ष केन्द्र स्थापना हुने
फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले घोषणा गरेको छ ।
इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, ११७ घाइते
लेबनानको जनस्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हवाई आक्रमणले लेबनानको मध्य बेरुतको रस अल–नाबालाई लक्षित गरेको छ । यसमा कम्तिमा २२ जनाको मृत्यु र अन्य ११७ जना घाइते भएका छन् ।