इरानले ह्वाट्सएप, गुगल प्लेमाथिको प्रतिबन्ध हटायो
इरानी अधिकारीहरूले आधिकारिक रूपमा ह्वाट्सएप र गुगल प्ले स्टोरमा प्रतिबन्ध हटाएको छ । यसले देशको इन्टरनेट प्रतिबन्धहरूमा महत्त्वपूर्ण परिवर्तन गरेको छ ।
हरितगृह ग्यास उत्सर्जन कटौती गर्ने जापानको प्रतिबद्धता
जापान सरकारले मङ्गलबार आर्थिक वर्ष सन् २०३५ सम्ममा ६० प्रतिशतले हरितगृह ग्यास उत्सर्जन कम गर्ने योजनालाई स्वीकृत गरेको छ ।
जापानद्वारा वार्षिक ४५ ट्रिलियन येनको पूर्वाधार निर्यात गर्ने लक्ष्य
जापान सरकारले ऊर्जा र खाद्य क्षेत्रहरूमा आपूर्ति शृङ्खलाहरू वृद्धि गर्ने लक्ष्य राख्दै सन् २०३० सम्ममा देशको वार्षिक पूर्वाधार निर्यात ४५ ट्रिलियन येन (लगभग २८६ बिलियन अमेरिकी डलर) पुर्याउने निर्णय गरेको छ ।
अमेरिकी एयरलाइन्सद्वारा सबै उडान रद्द
अमेरिकी एयरलाइन्सले मङ्गलबार सफ्टवेयर आउटेजपछि सबै उडानहरू रद्द गरेको छ । एयरलाइन्सको अनुरोधमा यूएस फेडरल एभिएसन एडमिनिस्ट्रेशनले राष्ट्रव्यापी रूपमा अमेरिकी एयरलाइन्सका सबै उडानहरू रद्द गरेको हो ।
मृत्युदण्डमा सजाय माफीका लागि बाइडेनमाथि ट्रम्पको आलोचना
डोनाल्ड ट्रम्पले मङ्गलबार जो बाइडेनले लगभग सबै अमेरिकी सङ्घीय मृत्युदण्डका कैदीहरूको सजाय घटाएको विषयमा आक्रोश व्यक्त गर्नुभएको छ । निर्वाचित राष्ट्रपति ट्रम्प ह्वाइट हाउसमा डेमोक्रेट राष्ट्रपति बाइडेनको स्थान लिने तयारीमा हुनुहुन्छ ।
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
नासाको अग्रणी पार्कर सोलार प्रोब (अन्तरिक्षयान) ले मङ्गलबार इतिहास रचेको छ । यो एक हजार सात सय डिग्री फरेनहाइट (९३० डिग्री सेल्सियस) भन्दा बढीको तातो तापक्रमको सामना गर्दै ताप ढालसहित सूर्यको सबैभन्दा नजिक पुग्ने कुनै पनि अन्तरिक्ष यान बन्यो ।
बङ्गलादेशका प्रदर्शनकारी टेलिभिजन स्टेसनमा प्रवेश, पत्रकारहरू बर्खास्त
एक टेलिभिजन स्टेसनका लगानीकर्ताको कार्यालयमा बङ्गलादेशी विद्यार्थी प्रदर्शनकारीहरूको एक समूहले ‘प्रचार’ गरेको आरोप लगाउँदै प्रवेश गरेको प्रदर्शनकारीहरूले मङ्गलबार बताएका छन् । त्यसपछि कम्तीमा पाँच पत्रकारलाई बर्खास्त गरिएको छ ।
श्रीलङ्कामा ५० जङ्गली हात्तीको मृत्यु
श्रीलङ्कामा यो वर्ष अहिलेसम्म करिब ५० जङ्गली हात्तीको अनाधिकृत विद्युतीय तारले करेन्ट लागेर मृत्यु भएको सिलोन विद्युत बोर्ड (सीईबी) सोमबार जनाएको छ । सीईबीले देशको जैविक विविधताको प्रतीक जङ्गली हात्ती मानव गतिविधिका कारण लोप हुने खतरा बढ्दै गएको बताएको छ ।
टर्कीको कारखानामा विस्फोट : १२ जनाको मृत्यु
टर्कीको उत्तरपश्चिममा मङ्गलबार भएको शक्तिशाली विस्फोटमा परी १२ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको स्थानीय गभर्नरले बताउनुभएको छ ।
भारतको वन क्षेत्रमा वृद्धि
भारतको वन र रूखहरू सन् २०२१ यता एक हजार ४४५ वर्ग किलोमिटरले बढेको छ । शनिबारको आधिकारिक प्रतिवेदनले कुल आठ लाख २७ हजार ३५७ वर्ग किलोमिटर अर्थात् देशको भौगोलिक क्षेत्रफलको २५.१७ प्रतिशत पुगेको देखाएको छ ।
मलेसियामा सवारीसाधन एकआपसमा ठोक्किँदा सात जनाको मृत्यु, ३३ घाइते
सोमबार राति उत्तरतर्फ जाने उत्तर–दक्षिण एक्सप्रेसवेको आयर केरोह रेस्ट र सेवा नजिक तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ भने अन्य ३३ जना घाइते भएका छन् ।
स्पेसएक्सद्वारा २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा प्रक्षेपण
अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले सोमबार २१ वटा स्टारलिङ्क उपग्रहहरू प्रक्षेपण गरेको छ । स्पेसएक्सका अनुसार पूर्वी समयको १२ः३५ बजे फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरमा फाल्कन नौ रकेटमा उपग्रहहरू प्रक्षेपण गरिएको थियो ।
मङ्गोलियाको ६० प्रतिशतभन्दा बढी भूभागमा हिउँ
मङ्गोलियाको ६० प्रतिशतभन्दा बढी भूभाग हाल हिउँले ढाकेको मौसम विज्ञान तथा वातावरणीय राष्ट्रिय एजेन्सीले सोमबार जनाएको छ ।
शेख हसिनालाई फिर्ता पठाउन भारतलाई बङ्गलादेशको आग्रह
बङ्गलादेशले विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५ मा भारत भाग्नुभएकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई औपचारिक अनुरोध गरेको छ ।
जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबिच समसामयिक विषयमा छलफल हुने
जोर्डनका विदेशमन्त्री अयमान सफादीले सिरियाका नयाँ नेता अहमद अल–शरासँग भेटवार्ता गर्न सोमबार दमास्कस जाने कार्यक्रम रहेको अम्मानले बताएको छ ।
पाकिस्तानमा आतङ्कवादीसँगको भिडन्तमा चार सैनिकको मृत्यु, १५ जना घाइते
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बल र आतङ्ककारीहरुबिचको भिडन्तमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका छन् ।
दक्षिण कोरियाली निलम्बित राष्ट्रपतिबाट सोधपुछ गर्न पुनः अस्वीकार
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलले सोधपुछका लागि गरिएको परिपत्रलाई दोस्रो पटक अस्वीकार गर्दै अनुसन्धान प्रक्रियामा सहभागी नभएको अनुसन्धान टोलीले सोमबार जनाएको छ ।
रूस र युक्रेनबिचको युद्धमा उत्तर कोरियाका एक हजार एक सय सैनिकको मृत्यु
रूस र युक्रेनबिचको युद्धमा एक हजारभन्दा बढी उत्तर कोरियाली सैनिक हताहत (मृत्यु वा घाइते) भएको दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले सोमबार जनाएको छ ।
पाकिस्तानमा प्रमाणपत्र प्राप्त गर्नका लागि पोलियो खोप अनिवार्य
पाकिस्तानको प्रान्त खैबर–पख्तुनख्वामा (के–पी) सरकारले जन्म, मृत्यु र विवाह प्रमाणपत्रहरू प्राप्त गर्नका लागि पोलियो खोप अनिवार्य गरेको छ ।
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
दक्षिण कोरियाले शनिबार अमेरिकी अन्तरिक्ष केन्द्रबाट तेस्रो स्वदेशी जासुस उपग्रह प्रक्षेपण गरेको रक्षा मन्त्रालयले जनाएको छ । स्पेसएक्स फाल्कन ९ रकेट सामान्य रूपमा राती ८ः३४ मा उड्यो ।
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
आगामी ट्रम्प प्रशासनका महत्वपूर्ण पात्र एलन मस्क कुनै दिन राष्ट्रपति बन्न सक्ने सम्भावना नरहेको आइतबार अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले बताउनुभएको छ ।
नाइजेरियामा चामल लिने क्रममा कुल्चिएर ३२ जनाको मृत्यु
नाइजेरियाको प्रहरीले आइतबार खाना वितरण केन्द्रहरूमा भएका दुई भागदौडमा मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको जनाएको छ । यसअघि प्रहरीले २२ जनाको निधन भएको जनाएको थियो ।
पूर्वी युक्रेनका थप दुई गाउँ कब्जामा लिएको रूसको दाबी
रूसले आइतबार पूर्वी युक्रेनका थप दुई गाउँ कब्जामा लिएको जनाएको छ ।
दक्षिणपूर्वी ब्राजिलमा बस दुर्घटना : ३८ जनाको मृत्यु
दक्षिणपूर्वी ब्राजिलमा भएको बस दुर्घटनामा परी कम्तीमा ३८ जनाको मृत्यु भएको छ ।