सिरियाली नेता र युक्रेनी उच्च कूटनीतिज्ञबिच भेटवार्ता
सिरियाका नयाँ नेता अहमद अल-शराले सोमबार युक्रेनका विदेशमन्त्रीसँग भेटवार्ता गरेको सरकारी समाचार संस्था सानाले जनाएको छ । रुसको सहयोगी राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गरेको केही हप्तापछि भेटवार्ता भएको हो ।
पाकिस्तान: बस दुर्घटनामा ११ जनाको मृत्यु, २२ घाइते
पाकिस्तानको पञ्जाबको फतेह जङ्ग क्षेत्र नजिकै सोमबार भएको बस दुर्घटनामा ११ जनाको मृत्यु भएको र २२ जना घाइते भएका छन् । जियो न्युजले मोटरवे पुलिसलाई उदृत गर्दै बहावलपुरबाट इस्लामाबादतर्फ जाँदै गरेको बस एम-१४ मोटरवेमा पल्टिएको बताएको छ ।
थाइल्यान्ड :पर्यटक होटलमा आगलागी हुँदा तीन विदेशीको मृत्यु
थाइल्यान्डको राजधानी बेङ्ककको लोकप्रिय पर्यटकीय क्षेत्रको एक होटलमा आगलागी हुँदा तीन विदेशी पर्यटकको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका छन् ।
बेल्जियममा सन् २०२४ को बिदाइसँगै ई–सिगरेटमाथि प्रतिबन्ध
स्याउ, तरबुजा र कोलालगायत स्वादका कारण युवा पुस्तामाझ निकै लोकप्रिय रहेको एकल–प्रयोगका लागि बनेको विद्युतीय–चुरोट (डिस्पोजेबल डिस्पोजेबल ई–सिगरेट)को सेवनलाई बेल्जियमले प्रतिबन्धित गरेको छ ।
इथियोपिया सडक दुर्घटनाः ७१ जनाको मृत्यु
दक्षिण इथियोपियामा आइतबार सडक दुर्घटना हुँदा कम्तीमा ७१ जनाको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।
अमेरिकाले जिमी कार्टरको सम्मानमा जनवरी ९ मा राष्ट्रिय शोक मनाउने
अमेरिकाले जनवरी ९ लाई दिवङ्गत पूर्वराष्ट्रपति जिम्मी कार्टरको सम्मानमा राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ ।
विमान दुर्घटना हुनुमा रुसको संलग्नता छैनः अजरबैजानका राष्ट्रपति
अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभले रुसमाथि अन्जानमा विमान खसेको बताउनुभएको छ । आइतबार कजाकिस्तानको अकताउ नजिकै दुर्घटनाग्रस्त भएको नागरिक एजेडएएल विमान रुसमाथि ठोक्किएको बताए पनि घटना अन्जानमा भएको बताउनुभयो ।
अमेरिकाका पूर्व राष्ट्रपति कार्टरको निधन
वाटरगेट काण्ड र भियतनाम युद्धपछि राष्ट्रपति पद जित्ने बदाम किसान जिम्मी कार्टरले ह्वाइट हाउसको कार्यकालपछि विश्वव्यापी मानवतावादीको रूपमा जीवनलाई पुनः परिभाषित गर्नुभएको थियो ।
चीनद्वारा १० हजार हेक्टरभन्दा बढी वन रोप्ने लक्ष्य हासिल
दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको राजधानी ल्हासाले सहरको उत्तर र दक्षिणका पहाडहरूमा एक लाख ७७ हजार २०० (लगभग ११ हजार ८१३ हेक्टर) वृक्षारोपण पूरा गरेको छ । उक्त प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो ।
सन् २०२४ मा विश्वको ध्यान खिचेका प्रमुख घटना
सन् २०२४ को अन्त्य हुँदै गर्दा विश्वले नयाँ वर्षलाई स्वागत गर्न तयारी गरिरहेको छ । यो वर्षलाई आकार दिने महत्त्वपूर्ण घटनाहरू प्रतिबिम्बित गर्ने यो राम्रो समय पनि हो ।
निलम्बित दक्षिण कोरियाली राष्ट्रपति तेस्रो पटक अनुसन्धान प्रक्रियामा अनुपस्थित
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलले आइतबार सोधपुछका लागि उपस्थित हुन गरिएको आग्रहलाई पनि अस्वीकार गर्नुभएको छ । यसअघि पनि उहाँले दुई पटकसम्म अनुसन्धानका लागि उपलब्ध हुन अस्वीकार गर्नुभएको थियो ।
तस्करी र भ्रष्टाचार नियन्त्रण श्रीलङ्काको प्राथमिकता
श्रीलङ्काले तस्करी र भ्रष्टाचार नियन्त्रण प्रमुख प्राथमिकतामा राखेको छ । राष्ट्रपति अनुरा कुमारा दिसानायकेले लागुऔषधको ओसारपसार, भ्रष्टाचार र अवैध आप्रवासन रोक्न एकीकृत अनुगमन महाशाखा स्थापना गर्न विमानस्थल तथा उड्डयन सेवा र श्रीलङ्का भन्सारका अधिकारीलाई निर्देशन दिनुभएको छ ।
दक्षिण कोरिया विमान दुर्घटनाः मृतकको सङ्ख्या १६७ पुग्यो
दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १६७ पुगेको छ । १८१ जना सवार विमान धावनमार्गमा ल्याण्ड गर्नेबेला चिप्लिएर दुर्घटना भएको थियो ।
दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना
दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब १८१ जना सवार विमान दुर्घटना भएको छ । ल्याण्ड गर्ने बेला धावनमार्गमा चिप्लिएर विमान दुर्घटना भएको हो । त्यसपछि विमानमा आगो लागेको थियो ।
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युनको पक्ष र विपक्षमा देशव्यापी विरोध प्रदर्शन
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलमाथि महाभियोग लगाइएको दुई सातापछि उहाँका समर्थक र विरोधीले शनिबार विरोध प्रदर्शन गरेका छन् ।
टर्कीको पिकेके प्रतिनिधिमण्डलले जेलमा रहेका नेतालाई भेट्ने
टर्कीको मुख्य कुर्द समर्थक डेम पार्टीको एक प्रतिनिधिमण्डलले शनिबार इस्तानबुलको जेलमा रहेका पीकेके नेता अब्दुल्लाह ओकलानलाई भेट्ने भएको छ ।
भारतीय पूर्व प्रधानमन्त्री सिंहको राजकीय सम्मानसहित निगमबोध घाटमा अन्त्येष्टि
पूर्वप्रधानमन्त्री मनमोहन सिंहको शनिबार दिल्लीको कश्मीरी गेटस्थित निगमबोध घाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उहाँको अन्त्येष्टि परिवार, साथीभाइ, सहकर्मी र सरकारी विशिष्ट व्यक्तिको उपस्थितिमा भएको थियो ।
अमेरिकाः आप्रवासी सङ्कटका कारण सन् २०२४ मा घरबारविहीनको सङ्ख्या उच्च
संयुक्त राज्य अमेरिकामा घरबार विहीनता उच्च स्तरमा पुगेको जो बाइडन प्रशासनको एक नयाँ रिपोर्टले देखाएको छ । देशमा करिब २० वर्षअघि सङ्घीय सरकारले यस बिषयमा रेकर्ड राख्न सुरु गरेको थियो ।
भारतका पूर्वप्रधानमन्त्री सिंहको शनिबार राजकीय सम्मानसहित अन्त्येष्टि
भारतको आर्थिक उदारीकरणका लागि महत्त्वपूर्ण भूमिका खेल्नुभएका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय अन्त्येष्टि अघि उहाँको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्न उहाँका शुभचिन्तक शनिबार भारतको राजधानी दिल्लीमा भेला भएका छन् ।
क्यानाडामा लहरे खोकीका बिरामी बढ्दै
क्यानाडाका विभिन्न प्रान्त र क्षेत्रमा लहरेखोकी अर्थात् १०० दिनभन्दा बढी खोकीको समस्या भएका बिरामीको सङ्ख्या बढ्दै गएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् ।
टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जनवरी २० को शपथअघि टिकटक लाई चिनियाँ मालिक बाइटडान्सले बिक्री नगरे प्रतिबन्ध लगाउने कानुन रोक्न सर्वोच्च अदालतलाई आग्रह गर्दै शुक्रबार एक संक्षिप्त निवेदन दर्ता गर्नुभएको छ ।
२०३५ सम्म ३ आणविक उर्जा केन्द्र बनाउने टर्कीको लक्ष्य
टर्कीले २०३५ सम्ममा तीन वटा आणविक उर्जा केन्द्रहरू निर्माण गर्ने योजना बनाएको छ ।
चीनद्वारा प्रक्षेपण गरिएको व्यावसायिक रकेट असफल
चीनले व्यावसायिक वाहक रकेट प्रक्षेपण गरेको छ । चीनको लिजियान–१ वाई६ क्यारियर रकेट उत्तरपश्चिम चीनको व्यावसायिक एयरोस्पेस इनोभेसन पाइलट जोनबाट प्रक्षेपण गरेपछि शुक्रबार असफल भएको छ ।
नासाको ‘पार्कर सोलार प्रोब’ सूर्यको सबैभन्दा नजिक
नासाको ‘पार्कर सोलार प्रोब’ले मङ्गलबार सूर्यको सबैभन्दा नजिक पुग्दा नयाँ कीर्तिमान कायम गरेको छ । यो अन्तरिक्ष यान मङ्गलबार सूर्यको सतहबाट ३.८ मिलियन माइल (लगभग ६.१ मिलियन किलोमिटर) भित्र जाने अपेक्षा गरिएको छ, जुन अघिल्लो मिसनभन्दा सात गुणा नजिक छ ।