जलमग्न कोइला खानीभित्र भारतीय खानी श्रमिकहरू फसे
उत्तरपूर्वी राज्य असममा एउटा कोइला खानीमा पानी पसेपछि कम्तीमा १२ जना भारतीय खानी श्रमिकहरू सोमबार खानीभित्र फसेको प्रहरीले बताएको छ ।
चिनियाँ राष्ट्रपति सीद्वारा ‘भ्रष्टाचारविरुद्ध पूर्ण युद्ध’ को प्रतिज्ञा
चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार देशको शीर्ष अनुशासनात्मक निकायको वार्षिक योजना बैठकका लागि बेइजिङमा शीर्ष नेताहरूको बैठकमा ‘भ्रष्टाचार विरुद्धको पूर्ण युद्ध’ को प्रतिज्ञा गर्नुभएको छ ।
भारतमा एचएमपिभी मामिलाहरू बढेर तीन पुग्यो
भारतको पश्चिमी राज्य गुजरातमा सोमबार ह्युमन मेटाप्न्युमोभाइरस (एचएमपिभी) मामिलाहरूको सङ्ख्या तीन पुगेको छ । पछिल्लो २४ घण्टाभित्र कर्नाटकको दक्षिणी राज्यमा दुईवटा घटनाहरु पुष्टि भएका थिए ।
भारतमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु
भारतको दक्षिणी राज्य केरलामा सोमबार एउटा बस गहिरो खाल्डोमा खस्दा दुई महिलासहित कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य २९ जना घाइते भएका छन् ।
उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन दक्षिण कोरियाको भ्रमणमा रहेकै समय उत्तर कोरियाले सोमबार क्षेप्यास्त्र परीक्षण गरेको छ ।
मलेसियाको जेलमा रहेका पूर्व नेता नजिबले बाँकी सजाय घरमा नै बिताउन पाउने
मलेसियाको जेलमा रहेका पूर्वनेता नजिब रजाकले आफ्नो दाबीको समर्थनमा शाही आदेश जारी गर्न सक्ने बताएपछि उहाँले बाँकी सजाय घरमा नै बिताउन पाउने हुनुभएको छ ।
हमासले ‘बन्धकको अवस्था’बारे जानकारी दिएको छैनः इजरायल
इजरायलले हमास समूहले सम्भावित आदानप्रदान सम्झौताको पहिलो चरणमा रिहा गर्न तयार रहेको घोषणा गरेका ३४ जना बन्धकको अवस्था हालसम्म उपलब्ध नगराएको बताएको छ ।
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध दोस्रो पटक पक्राउ पुर्जी जारी
बङ्गलादेशको एक अदालतले निर्वासित पूर्वनेता शेख हसिनालाई बेपत्ता पारेको आरोपमा दोस्रो पटक पक्राउ पुर्जी जारी गरेको छ ।
दक्षिण कोरियाका अनुसन्धानकर्ताद्वारा युनलाई पक्राउ गर्न प्रहरीसँग आग्रह
दक्षिण कोरियाली भ्रष्टाचार विरोधी अनुसन्धानकर्ताहरूले महाभियोग लागेका राष्ट्रपति युन सुक योललाई पक्राउ गर्न सोमबार प्रहरीसँग आग्रह गरेका छन् ।
‘क्यानाडाका प्रधानमन्त्री ट्रुडोले यसै साता राजीनामा दिने’
क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो लिबरल पार्टीभित्र बढ्दो असहमतिका कारण यसै साता राजीनामाको घोषणा गर्ने सम्भावना रहेको ‘द ग्लोब एन्ड मेल’ पत्रिकाले आइतबार जनाएको छ ।
गाजा युद्धविराम छिट्टै हुनेमा ब्लिन्केन ‘विश्वस्त’
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजामा छिट्टै युद्धविराम हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “आवश्यक प्रक्रियापछि र अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपति पदबाट हटेपछि सम्भवतः जनवरी २० पछि युद्धविराम हुनेछ ।”
भारतीय तटरक्षक गार्डको हेलिकोप्टर दुर्घटना : तीन जनाको मृत्यु
भारतको गुजरात राज्यमा भारतीय तटरक्षक गार्डको हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार सबै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पोरबन्दर विमानस्थलमा नियमित प्रशिक्षणको क्रममा प्राविधिक समस्याका कारण एडभान्स लाइट हेलिकोप्टर दुर्घटना भएको हो ।
भारी हिमपातले बेलायत र जर्मनीभर व्यापक अवरोध
भारी हिमपात र चिसो वर्षाले आइतबार युरोपभर व्यापक अवरोध ल्यायो । विशेष गरी बेलायत र जर्मनीमा धेरै प्रमुख विमानस्थलले उडानहरू स्थगित गर्न बाध्य भए ।
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
दक्षिण कोरियामा जारी राजनीतिक उथलपुथलका बिच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले दक्षिण कोरियाको भ्रमण गर्नुहुनेभएको छ ।
अमेरिकामा ठुलो आँधीबेहरी र हिमवर्षाको चेतावनी
संयुक्त राज्य अमेरिकामा आइतबार आँधीबेहरीसहित देशका धेरै भागमा हिमवर्षा हुने बताइएको छ। मौसमविद्ले पूर्वका लाखौँ मानिसले हिमआँधीको सामना गर्नुपर्ने र केही क्षेत्रमा एक दशकयताकै सबैभन्दा भारी हिमपात हुनेछ।
गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा १८४ जनाको मृत्यु
इजरायली सेनाले गाजापट्टीमा पछिल्लो ७२ घण्टामा ९४ वटा हवाई आक्रमण र गोलाबारी गरेको र त्यसमा १८४ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजा मिडिया कार्यालयले शनिबार साँझ जनाएको छ ।
म्यानमारमा ६ हजार कैदीलाई माफी
म्यानमारको राज्य प्रशासन काउन्सिलले शनिबार देशको ७७ औं स्वतन्त्रता दिवसका अवसरमा करिब ६ हजार कैदीहरूलाई माफी दिएको छ ।
ड्रोन आक्रमणमा परी रूसी पत्रकारको मृत्यु
युक्रेनको डोनेट्स्क क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक रूसी युद्ध संवाददाताको मृत्यु हुनुका साथै अन्य चार जना सञ्चारकर्मी घाइते भएको रसियाली समाचार संस्था रिया नोभोस्तीले शनिबार जनाएको छ ।
११ किलो सुनसहित तीन जना पक्राउ
श्रीलङ्काको नौसेनाले डुङ्गामा राखी देश बाहिर सुन तस्करी गरिरहेको अवस्थामा शनिबार ११ किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । उत्तरपश्चिमी प्रान्तको कल्पितिया नजिकैको समुन्द्रमा उनीहरूलाई पक्राउ गरिएको नौसेनाले जनाएको छ ।
विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन
विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको ११६ वर्षको उमेरमा निधन भएको आशिया सहरले शनिबार घोषणा गरेको छ । चार छोराछोरी तथा पाँच नातिनातिना भएको इटोकाको नर्सिङ होममा मृत्यु भएको दक्षिणी सहरका मेयरले एक विज्ञप्तिमार्फत जानकारी दिनुभयो ।
एआई डाटा सेन्टर निर्माणमा माइक्रोसफ्टको पहल
माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) डाटा सेन्टर निर्माण गर्नका लागि सन् २०२५ मा ८० अर्ब अमेरिकी डलर छुट्याएको कम्पनीले जनाएको छ ।
आगलागी हुँदा आठ जनाको मृत्यु
उत्तरी चीनको तरकारी बजारमा शनिबार भएको आगलागीमा परी आठ जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।
सिङ्गापुरले सन् २०२९ सम्म ‘हाइड्रोजन जेनेरेटर’ निर्माण गर्ने
सिङ्गापुरले नयाँ ‘हाइड्रोजन-रेडी कम्बाइन्ड साइकल ग्यास टर्बाइन’ उत्पादन एकाइ निर्माण गर्नेछ, जुन २०२९ मा सञ्चालन हुने अपेक्षा गरिएको छ । हाइड्रोजन जेनरेटर बिजुली उत्पादन गर्न प्रयोग गरिने तथा प्रदूषण कम गर्न मद्दत गर्दछ ।
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा भएको सडक दुर्घटनामा कम्तीमा दुई यात्रुको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका छन् ।