बढ्दो अन्तर्राष्ट्रिय ‘अनिश्चितता’को सामना गर्दै चिनियाँ अर्थतन्त्र
चीनको अर्थतन्त्रले अन्तर्राष्ट्रिय परिवेशमा बढ्दो ‘अनिश्चितता’का साथै अपर्याप्त आन्तरिक मागको सामना गरिरहेको एक उच्च वित्तीय अधिकारीले बिहीबार बताउनुभएको छ ।
ट्रम्पको चेतावनीले गाजा युद्धविरामलाई कमजोर बनाएको हमासको आरोप
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीले कमजोर युद्धविरामको अवहेलना गर्न इजरायललाई प्रोत्साहित गर्ने हमासले बिहीबार बताएको छ ।
शान्ति नभएसम्म चुनाव नहुने युक्रेनका विपक्षी नेताहरूको भनाइ
युक्रेनी विपक्षी नेताहरू पेट्रो पोरोशेन्को र युलिया टिमोशेन्कोले बिहीबार वासिङ्टन अधिकारीहरूले उहाँहरूको टोलीसँग छिटो मतदान गर्नेबारे कुराकानी गरेको खबर आएपछि शान्तिकाल नआउँदासम्म चुनावमा प्रतिबन्ध लगाउने कुरालाई समर्थन गर्नुभएको छ ।
हमासले बन्धकलाई रिहा नगरे ‘नारकीय’ परिणाम भोग्न तयार हुनुपर्ने : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार गाजामा युद्धरत प्यालेष्टिनी समूहलाई बन्धक त्याग्न वा ‘नरक’को सामना गर्न तयार रहनुपर्ने चेतावनी बुधबार राति दिनुभएको छ । उहाँले हमास लडाकू समूहको नेतृत्वलाई गाजा क्षेत्र खाली गर्न पनि निर्देशन दिनुभएको छ ।
मन्त्री पाण्डेलाई टुरिजम् मिनिस्टर अफ द एयर अवार्ड
जर्मनीको बर्लिनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई हिमालयन क्षेत्रका मुलुकबाट वर्षको उत्कृष्ट पर्यटनमन्त्री (टुरिजम् मिनिस्टर अफ दी एयर) अवार्ड प्रदान गरिएको छ ।
दक्षिण अफ्रिकामा बस र ट्रक ठोक्किँदा १० जनाको मृत्यु
दक्षिण अफ्रिकाको केन्द्रीय प्रान्त फ्रि स्टेटमा बुधबार बिहान दुई वटा सवारी साधन आपसमा ठोक्किँदा १० जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका छन् ।
सामूहिक मुद्दामा सजाय सुनाइएका ५३ जनाको अपिल युएईद्वारा अस्वीकार
संयुक्त अरब इमिरेट्स (युएई) ले यसअघि सामूहिक मुद्दामा दोषी ठहरिएका ५३ जनाको अपिललाई अस्वीकार गरेको छ । तीमध्ये अधिकांशलाई आजीवन कारावासको सजाय सुनाइएको थियो । ह्युमन राइट्स वाच (एचआरडब्लु) ले बुधबार निर्णयलाई ‘अनुचित’ भन्दै निन्दा गरेको छ ।
युक्रेनसँग शान्ति वार्ताको सम्भावनाबारे क्रेमलिन सकारात्मकः क्रेमलिन
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग तीन वर्षदेखि जारी द्वन्द्व अन्त्यका लागि वार्ताका लागि तयार रहेको घोषणा गर्नुलाई रूसी प्रशासनिक केन्द्र (क्रेमलिन) ले ‘सकारात्मक’ भनेको छ ।
क्यानडाद्वारा डब्ल्युटिओमा अमेरिकी करवृद्धिविरुद्ध उजुरी
क्यानडाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाटकीय कर वृद्धिलाई लिएर संयुक्त राज्य अमेरिकाविरुद्ध विश्व व्यापार सङ्गठन (डब्ल्युुटिओ) मा उजुरी दिएको डब्ल्युटिओले बुधबार पुष्टि गरेको छ ।
जापानले विश्वको ‘सबैभन्दा सही’ समय दिने घडी बिक्रीमा
विश्वकै ‘सबैभन्दा सही समय’ दिने फराकिलो फ्रिजजस्तै देखिने घडी बुधबार ३३ लाख अमेरिकी डलरमा बिक्रीका लागि राखिएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेटलाई स्मिथको बाइ बाइ
अस्ट्रेलियन क्रिकेट कप्तान स्टिभ स्मिथले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गर्नुभएको छ ।
काबुल विमानस्थल आक्रमणकारी पक्राउ परेको ट्रम्पको भनाइ
अस्तव्यस्त अमेरिकी सेनाको फिर्तीका क्रममा काबुल विमानस्थल बाहिर सन् २०२१ को घातक आत्मघाती बम विस्फोटका लागि जिम्मेवार इस्लामिक स्टेटका एक कार्यकर्तालाई पक्राउ गरिएको राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार बताउनुभएको छ ।
अलास्का ग्यास पाइपलाइनमा अमेरिकासँग साझेदारी गर्न जापान र दक्षिण कोरिया इच्छुक : ट्रम्प
राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार जापान र दक्षिण कोरिया अलास्कामा प्राकृतिक ग्यास पाइपलाइन निर्माणमा संयुक्त राज्य अमेरिकासँग काम गर्न चाहने देशहरू मध्ये रहेको बताउनुभएको छ ।
अमेरिकाले हतियार आपूर्ति रोके पनि प्रतिरोध जारी राख्ने युक्रेनको प्रतिज्ञा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किएभलाई महत्त्वपूर्ण अमेरिकी सैन्य समर्थन रोक्ने निर्णय गरेपछि युक्रेनले मङ्गलबार रुसी आक्रमणको सामना गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
प्राविधिक समस्याका कारण स्पेसएक्सको स्टारशिप प्रक्षेपण स्थगित
अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले प्राविधिक समस्याका कारण सोमबार आफ्नो शक्तिशाली स्टारशिप रकेटको आठौं प्रक्षेपण रद्द गरेको छ । प्रक्षेपण ५ः४५ बजेको लागि निर्धारित गरिएको थियो । यद्यपि, प्रक्षेपण काउन्टडाउन टी-४० सेकेन्डमा रोकियो र धेरै मिनेटको लागि होल्डमा रह्यो ।
इन्डोनेसियाद्वारा नवीकरणीय ऊर्जा परियोजनामा ठूलो लगानी
इन्डोनेसियाले यस वर्ष करिब ४० अर्ब डलर बराबरको २० भन्दा बढी ऊर्जा परियोजना बनाउने योजना गरिरहेको छ । यसले घरेलु प्रशोधन क्षमता बढाउने ऊर्जा मन्त्रीले बताउनुभयो । कोइलामा निर्भर इन्डोनेसिया दक्षिणपूर्वी एशियाको सबैभन्दा ठूलो अर्थतन्त्र मध्ये एक हो ।
अमेरिकामा दादुराको प्रकोप बढ्दो
अमेरिकी सेन्टर फोर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)ले सन् २०२३ को अन्त्ययता बालबालिकामा दादुराको जोखिम बढ्दै गएको चेतावनी दिएका छन् ।
शान्ति सम्झौता भएन भने युक्रेनी नेता सङ्कटमा : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्ष भोलोडिमिर जेलेन्स्कीबिच ओभल अफिसमा भएको मौखिक झडपपछि ट्रम्प प्रशासनले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेको छ । ट्रम्पले शान्ति सम्झौतामा प्रगति नभए युक्रेनी नेता धेरै लामो समयसम्म बाँच्न नसक्ने चेतावनी दिनुभयो ।
जेलेन्स्कीसँगको झगडापछि युक्रेनलाई सहायता रोक्दै ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई सैन्य सहायता स्थगित गर्नुभएको छ । उहाँले किएभलाई रुससँग शान्ति वार्तामा सहमत हुन दबाब दिनुभएको छ र युरोपलाई आफ्नो रक्षा बढाउन आठ खर्ब युरोको योजना सार्वजनिक गर्न प्रेरित गर्नुभएको छ ।
जापानको श्रम बजार स्थिर
जापानको बेरोजगारी दर जनवरीमा २.५ प्रतिशत रहेको छ, जुन अघिल्लो महिनाको तुलनामा अपरिवर्तित रहेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।
ग्यारेन्टी बिना युद्धविराम ‘असफल हुनेछ’: जेलेन्स्की
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बेलायती मिडियालाई मित्रराष्ट्रहरूले युद्धविरामको आह्वान गरेपछि उहाँको देशका लागि सुरक्षा ग्यारेन्टीहरू बिनाको युद्धविरामले रुसको आक्रमणको दीर्घकालीन अन्त्य नल्याउने बताउनुभएको छ ।
म्यानमाका जुन्ता प्रमुखले प्रमुख सहयोगी पुटिनसँग भेटवार्ता गर्ने
म्यानमाका जुन्ता प्रमुख सोमबार रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ताका लागि प्रस्थान गर्नुभएको छ । रुस सैन्य शासनको हिंसात्मक विरोधलाई रोक्न सङ्घर्ष गरिरहेको एकान्त राज्यका लागि प्रमुख सहयोगी र हतियार आपूर्तिकर्ता हो ।
अस्पताल भर्ना भएका पोपको अवस्था स्थिर, अक्सिजनको सहायता जारीः भ्याटिकन
पोप फ्रान्सिसको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको एक दिनपछि भ्याटिकनले सोमबार अस्पतालमा १७ औँ रात बिताएको र उहाँले उपचारबाट आराम महशुस गरिरहेको जनाएको छ ।
इजरायलमा छुरा प्रहारबाट एक जनाको मृत्यु, चार व्यक्ति घाइते
इजरायलको हाइफा सहरको एक यातायात स्टेसनमा सोमबार भएको छुरा प्रहारबाट एक जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका स्थानीय अस्पतालका चिकित्सकले बताएका छन् ।