मोरक्को तटमा आप्रवासी डुङ्गा दुर्घटना हुँदा ७० बेपत्ता
मोरक्को तटमा आप्रवासी बोकेको जहाज डुब्दा मालीका २५ जनासहित ७० जना बेपत्ता भएको उक्त देशको सरकारले बिहीबार जनाएको छ । स्पेन जाने जहाजमा करिब ८० आप्रवासी सवार थिए, “दुर्भाग्यवश पीडितहरूमध्ये २५ युवा मालीको पहिचान भएको छ”, सरकारले एक विज्ञप्तिमा उल्लेख गर्यो ।
भारतको पञ्जाबमा बस दुर्घटना : आठको मृत्यु, ४६ यात्रुको उद्धार
उत्तरी भारतको पञ्जाब राज्यमा एउटा यात्रुवाहक बस एक पुलबाट चिप्लिँदा शुक्रबार कम्तीमा आठ जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन् । दुर्घटना पञ्जाबको भटिंडा जिल्लाको जीवन सिंह वाला गाउँ नजिक भएको हो ।
चीनमा ९० प्रतिशत कम्पनी विदेशी लगानीप्रति आशावादी
चिनियाँ कम्पनीहरूको आउटबाउन्ड लगानी सन् २०२४ मा निरन्तर बढ्दै गएको र ८० प्रतिशतभन्दा बढीले विदेशी लगानी विस्तार गरेको शुक्रबार सार्वजनिक गरिएको सर्वेक्षण प्रतिवेदनले देखाएको छ ।
दक्षिण कोरिया कार्यबाहक राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव पारित
दक्षिण कोरियाका विपक्षी नियन्त्रित संसद् (नेसनल एसेम्बली) ले शुक्रबार कार्यवाहक राष्ट्रपति हान डक–सोलाई महाभियोग लगाउने प्रस्ताव पारित गरेपछि उहाँ पदबाट निलम्बित हुनुभएको छ ।
उत्तरी मेक्सिकोमा गोप्य चिहानमा १२ शव फेला
मेक्सिकोका अधिकारीहरूले मेक्सिकोको उत्तरी चिहुआहुआ राज्यमा गोप्य चिहानमा गाडिएका १२ शव फेला पारेको जानकारी दिएका छन् ।
जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो
सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली सहरहरूदेखि अफ्रिकाका भीडभाड भएका झुपडपट्टीहरूसम्म कुनै पनि ठाउँ सन् २०२४ मा अत्यधिक जलवायु विपत्तिको विनाशकारी प्रभावबाट बच्न सकेन ।
ट्रम्प ह्वाइट हाउसमा फर्कनुअघि अन्तर्राष्ट्रिय विद्यार्थीलाई चाँडै फर्कन विश्वविद्यालयको आग्रह
अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्कने तयारीमा रहँदा सन् २०२५ जनवरीमा उहाँको शपथग्रहणले कलेज र विश्वविद्यालयहरूमा अमेरिकी आप्रवासन नीतिहरूमा हुनसक्ने परिवर्तनबारे चिन्ता उत्पन्न गरेको छ ।
जापान सरकारले वृद्ध जनसङ्ख्या र सुरक्षाका लागि अहिलेसम्मकै धेरै बजेट
जापान सरकारले आगामी आर्थिक वर्षका लागि नयाँ बजेट पारित गरेको छ । बजेटले वृद्धहरू जनसङ्ख्याको व्यवस्थापनका लागिसामाजिक कल्याण र क्षेत्रीय खतरासँग जुध्न बजेटमा विशेष ध्यान दिएको छ ।
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
सन् १९९० को दशकको सुरुमा देशको आर्थिक उदारीकरणका वास्तुकारमध्ये एक पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनपछि भारतले शुक्रबार सात दिनको राजकीय शोक मनाउने घोषणा गरेको छ ।
भारतका पूर्वप्रधानमन्त्री डा. सिंहको निधन
भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ ।
पाकिस्तानी सेनाबाट थप ६० सर्वसाधारणलाई दोषी ठहर
पाकिस्तानको सैन्य अदालतले गत वर्ष इमरान खानको रिहाईका लागि भएको आन्दोलनमा संलग्न भएको आरोपमा थप ६० जना सर्वसाधारणलाई सजाय सुनाएको छ ।
सुनामीका कारण मृत्यु भएकाहरूको सम्झनामा २० वर्षपछि आँसु र प्रार्थना
दुई दशकअघि हिन्द महासागरको तटीय क्षेत्रमा आएको सुनामीका कारण ज्यान गुमाएका दुई लाख २० हजार व्यक्तिको सम्झनामा बिहीबार एशियाभर आयोजित समारोहहरूमा अश्रुपूर्ण शोककर्ताहरुले प्रार्थना गरेका छन् ।
दक्षिण कोरियाको विपक्षीद्वारा कार्यवाहक राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव दर्ता
दक्षिण कोरियाको विपक्षीले बिहीबार कार्यवाहक राष्ट्रपति हान डक–सू विरुद्ध महाभियोग प्रस्ताव दायर गरेको छ । राष्ट्रपति हानले आफ्नो पूर्ववर्तीलाई पदबाट हटाउने प्रक्रिया पूरा गर्न संवैधानिक अदालतका न्यायाधीशहरू नियुक्त गर्न अस्वीकार गर्नुभएपछि विपक्षीले महाअभियोग प्रस्ताव दर्ता गरेको हो ।
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
भारतको पवित्र नदीहरूको किनारमा हिन्दू धार्मिक पर्वका लागि एउटा अस्थायी सहर निर्माण भइरहेको छ । यो यति विशाल हुने अपेक्षा गरिएको छ कि यो अन्तरिक्षबाट देख्न सकिन्छ । यो इतिहासको सबैभन्दा ठुलो भेला हो ।
जापान एयरलाइन्समा साइबर आक्रमण
जापान एयरलाइन्सले बिहीबार साइबर आक्रमणको रिपोर्ट गरेको छ । एयरलाइन्सले यसबाट घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ भएको तर पछि उक्त कारण पत्ता लगाएर समाधान गरेको बतायो ।
अजरबैजान विमान दुर्घटना : विमान चरासँग ठोक्किएको प्रारम्भिक निष्कर्ष
पश्चिमी कजाकिस्तानमा अजरबैजान एअरलाइन्सको यात्रुबाहक विमानमा चरा ठोक्किएपछि दुर्घटना भएको प्रारम्भिक कारण बताइएको छ ।
सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु
सिरियाको एक युद्ध पर्यवेक्षकले बुधबार टार्टस प्रान्तमा सुरक्षा बलले अपदस्थ नेता बशर अल–असदको नेतृत्वमा एक अधिकारीलाई पक्राउ गर्न खोजेपछि भएको झडपमा १७ जनाको मृत्यु भएको बताएको छ ।
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
रुसले बुधबार युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै व्यापक मिसाइल र ड्रोन आक्रमण गरेको छ । यसले एक थर्मल पावर प्लान्टमा प्रहार गरी क्रिसमसको बिहान युक्रेनीहरूलाई मेट्रो स्टेशनहरूमा आश्रय लिन बाध्य बनायो ।
पाकिस्तानमा चिकित्सा सेवाको अभाव : सयभन्दा बढी बच्चाको मृत्यु
पाकिस्तानमा जारी सडक अवरोध र चिकित्सा सङ्कटबीच पाराचिनारमा १०० भन्दा बढी बालबालिकाको मृत्यु भएको छ ।
सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसङ्घका महासचिवको चिन्ता
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले मङ्गलबार सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति चिन्ता व्यक्त गर्दै द्वन्द्वका बिच धेरै क्षेत्रमा अनिकाल अवस्थाको चेतावनी दिनुभएको छ ।
अपडेटः अजरबैजान विमान दुर्घटनामा ३० भन्दा बढीको मृत्यु, २८ जनाको जीवितै उद्धार
अजरबैजान एअरलाइन्सको यात्रुबाहक विमान पश्चिमी कजाकिस्तानमा बुधबार दुर्घटनाग्रस्त भएको छ । हावाहुरीका कारण निर्धारित गन्तव्यमा जान नसकेपछि मार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् ।
क्रिसमसको पूर्वसन्ध्यामा पोप फ्रान्सिसद्वारा ‘जयन्ती वर्ष-२०२५’ को शुभारम्भ
पोप फ्रान्सिसले क्रिसमसको पूर्वसन्ध्यामा सेन्ट पिटर्स बेसिलिकाको ‘पवित्र ढोका’ खोल्दै क्याथोलिक उत्सवको ‘जयन्ती वर्ष-२०२५’को शुभारम्भ गर्नुभएको छ ।
कजाखस्तानमा एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त, २५ जनाको जीवितै उद्धार
कजाखस्तानको विपत् व्यवस्थापन मन्त्रालयले २५ जना जीवितै रहेको र तीमध्ये २२ जनालाई अस्पताल लगिएको जनाएको छ । एम्ब्रेयर १९० विमानमा ६२ यात्रु र चालक दलका पाँच सदस्य गरी ६७ जना रहेको यातायात मन्त्रालयले जनाएको छ ।
अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमणमा ४६ जनाको मृत्यु
अफगानिस्तानको पूर्वी सीमावर्ती प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा परी ४६ जनाको मृत्यु भएको तालिबान सरकारका प्रवक्ताले बुधबार एएफपीलाई जानकारी गराएका छन् ।