नेपाली क्रिकेट टोली सेन्ट भिन्सेन्टमा, सन्दीपसहितको अभ्यास
आइसिसी टी– २० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम दुई खेल खेल्न नेपाली टोली बिहीबार सेन्ट भिन्सेन्ट पुगेको छ । यसअघि बुधबार अमेरिकाको फ्लोरिडाबाट सेन्ट भिन्सेन्ट जानका लागि तय भएको नेपाली टोलीको यात्रा खराब मौसमका कारण रोकिएको थियो ।
गाजा युद्धसम्बन्धी राष्ट्रसङ्घीय अनुसन्धान पक्षपातपूर्ण रहेको इजरायलको दाबी
गाजामा हमासविरुद्धको युद्धमा मानवता विरोधी अपराध गरेको भेटिएको भन्ने संयुक्त राष्ट्र सङ्घको अनुसन्धानलाई इजरायलले पक्षपातपूर्ण भन्दै आरोपको खण्डन गरेको छ ।
इमरान खानलगायत पिटिआई नेता आजादी मार्च मुद्दामा निर्दोष ठहर
इस्लामाबादको एक पुनरावेदन अदालतले बिहीबार पाकिस्तान तेहरीक–ए–इन्साफ (पिटिआई) का संस्थापक इमरान खान र पार्टीका वरिष्ठ नेता शाह महमूद कुरेसीलाई स्वतन्त्रताका लागि प्रदर्शन (आजादी मार्च) मुद्दामा निर्दोष ठहर गरेको पाकिस्तानी एआरवाई न्यूजले जनाएको छ ।
अस्ट्रेलियाको बेरोजगारी दर ४.० प्रतिशतले घट्यो
अस्ट्रेलियाको बेरोजगारी दर मे महिनामा घटेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । अस्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस) ले बिहीबार प्रकाशित गरेको श्रमशक्तिको तथ्याङ्कका अनुसार बेरोजगारी दर अप्रिलमा ४.१ प्रतिशतबाट मे मा ४.० प्रतिशतले घटेको छ ।
भारतीय प्रधानमन्त्री मोदी बिहीबार इटाली प्रस्थान
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो तेस्रो कार्यकालको कार्यभार सम्हालेपछि पहिलो विदेश भ्रमणको रूपमा समूह सात (जी–७)शिखर सम्मेलनमा भाग लिन बिहीबार इटाली प्रस्थान गर्नुहुनेछ ।
विश्वभरि विस्थापितको सङ्ख्या १२ करोड : संयुक्त राष्ट्रसङ्घ
संयुक्त राष्ट्रसङ्घले युद्ध, हिंसा र उत्पीडनका कारण १२ करोड मानिस जबर्जस्ती विस्थापित भएर बाँचिरहेका छन् ।
कुवेतमा आगलागी हुँदा मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो
कुवेत सहरको दक्षिणी भागमा रहेको मङ्गाफ क्षेत्रमा रहेको एक आवासीय भवनमा बुधवार बिहान भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको गृह मन्त्रालयले जनाएको छ । कुवेतका अमिर शेख मिसाल अल–अहमद अल–जाबेर अल–सबाहले आगलागीको कारणको बारेमा तुरुन्त अनुसन्धान गर्न आदेश दिनुभएको र जिम्मेवार व्यक्तिहरूलाई जबाफदेही बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।
राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबीच स्वीट्जरल्याण्डको बर्नमा बुधवार भेटवार्ता भएको छ ।
विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि विश्वका लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।
लेबनानबाट ९० वटा क्षेप्यास्त्र प्रहार गरेको इजरायली सेनाको दाबी
मङ्गलबार दक्षिण लेबनानमा गरिएको इजरायली आक्रमणमा हिजबुल्लाहका एक वरिष्ठ कमान्डर मारिएपछि लेबनानबाट उत्तरी इजरायलमा करिब ९० वटा क्षेप्यास्त्र प्रहार गरेको इजरायली सेनाले दाबी गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठनद्वारा भारतमा ‘मानवमा वर्ड फ्लु’को सङ्क्रमण पुष्टि
पपश्चिम बङ्गालमा चार वर्षीय बच्चामा एच–९ एन–२ भाइरस पत्ता लागेपछि विश्व स्वास्थ्य सङ्गठनले भारतमा वर्ड फ्लुको मानव सङ्क्रमण पुष्टि गरेको छ ।
अमेरिकी राष्ट्रपति बाइडेनका छोरा दोषी ठहर
अमेरिकी न्यायालयले राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई आपराधिक अभियोजनमा सङ्घीय बन्दुकको अभियोगमा दोषी ठहर गरेको छ ।
‘चिनियाँ विद्युतीय सवारी साधनमा कर लगाउने निर्णय गलत’
बाइडेन प्रशासनले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमा उच्च कर लगाएर ‘ठुलो गल्ती’ गरेको चीनका लागि अमेरिकी पूर्वराजदूतले बताउनुभएको छ ।
भारतको १८औँ लोकसभाको पहिलो सत्र जुन २४ मा सुरू हुने
नवनिर्वाचित सदस्यहरूको शपथ र पुष्टिका लागि भारतको १८ औँ लोकसभाको पहिलो सत्र जुन २४ देखि सुरू हुने र जुलाई ३ मा समापन हुने केन्द्रीय संसदीय मामिला मन्त्री किरेन रिजिजुले बुधबार बताउनुभयो ।
फ्रान्सेली प्रधानमन्त्री अट्टलले म्याक्रोँको चुनावी अभियानको नेतृत्व गर्ने
फ्रान्सका प्रधानमन्त्री इम्यानुएल म्याक्रोँले मध्यावधि निर्वाचनको आह्वान गरेपछि प्रधानमन्त्री गेब्रियल अट्टलको शङ्कास्पद मौनता तोडिएको छ ।
राष्ट्रसङ्घीय सुरक्षा परिषदद्वारा गाजा युद्धविरामको समर्थन गर्ने मस्यौदा प्रस्ताव अनुमोदन
इजरायल–हमास युद्धको कारण पश्चिम एसियामा बढ्दो तनावको बिच हाल आठौँ महिनामा गुज्री रहेको छ ।यसै बिच राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सोमबार गाजामा स्थायी युद्धविराम र बन्धकहरूको रिहाइको लागि अमेरिकी प्रस्ताव पारित गर्यो ।
यमनमा डुङ्गा डुब्दा ३९ आप्रवासीको मृत्यु
यमनमा दुई सयभन्दा बढी आप्रवासी बोकेको डुङ्गा डुब्दा अफ्रिकाबाट आप्रवासन मार्गमा प्रकोपमा परेका कम्तीमा ३९ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीयको एजेन्सीले मङ्गलबार जनाएको छ ।
सिक्किमका मुख्यमन्त्री गोलेद्वारा शपथग्रहण
छिमेकी देश भारतको सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । उहाँले मङ्गलबार सिक्किमको मुख्यमन्त्रीमा दोस्रो कार्यकालका लागि शपथग्रहण गर्नुभएको हो ।
इजरायली बन्धक उद्धार अभियानमा भएको नागरिक हताहतमा राष्ट्रसङ्घको निन्दा
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले साता व्यापी इजरायली बन्धक उद्धार अभियानमा ठुलो सङ्ख्यामा नागरिक हताहत भएकोमा निन्दा गरेको उहाँका प्रवक्ताले बताउनुभएको छ ।
रुसी सैन्य विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु
उत्तरी ओसेटियाको ककेशस क्षेत्रमा प्रशिक्षण उडानको क्रममा एक रुसी सैन्य जेट दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको रक्षा मन्त्रालयले मङ्गलबार जनाएको छ ।
बेलायतमा बेरोजगारी दर वृद्धि : आधिकारिक तथ्याङ्क
मङ्गलबार प्रकाशित आधिकारिक तथ्याङ्क अनुसार बेलायती बेरोजगारी अझै बढेको पुष्टि भएकोको छ ।
फ्रान्समा मध्यावधि निर्वाचनको घोषणा
युरोपेली सङ्घ (ईयू) को चुनावमा अति राष्ट्रवादी (दक्षिणपन्थी) समूहको विजयले फ्रान्समा आइतबार राजनीतिक भुइँचालो निम्त्याएको छ । निर्वाचनसँगै राष्ट्रपति इमानुएल म्याक्रोँले उच्च जोखिमको कदमको संज्ञा दिनुभएको विधायिकाको मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको छ ।
भारतमा उष्ण लहर अझै बढ्ने
भारतको इतिहासमा नै सबैभन्दा लामो उष्ण लहर (लु) का कारण सामान्य जनजीवन प्रभावित बनेको भन्दै मौसमविद्हरूले अति आवश्यक कामबाहेक दिनको घाममा घरबाहिर ननिस्कन सुझाव दिएका छन् ।
शेख हसिनाद्वारा प्रधानमन्त्री मोदीलाई बङ्गलादेश भ्रमणको निम्तो
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथपछि भएको संक्षिप्त भेटमा शेख हसिनाले भविष्यमा सम्बन्ध बलियो बनाउन नयाँ सरकारसँग मिलेर काम गर्ने इच्छा व्यक्त गर्नुभएको बङ्गलादेशका विदेशमन्त्री मोहम्मद हसन महमुदले बताउनुभयो ।