नाइजेरियामा बम विस्फोट हुँदा १८ को मृत्यु, ४८ घाइते
नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा भएको बम विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् ।
रुसको सीमावर्ती गाउँमा युक्रेनी ड्रोन आक्रमणमा पाँच जनाको मृत्यु
रुसी सीमावर्ती गाउँमा रहेको एउटा घरमा भएको युक्रेनी ड्रोन आक्रमणमा दुई बालबालिकासहित पाँच जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले शनिबार बताउनुभएको छ ।
रुससँगको युद्ध अन्त्य गर्न ‘व्यापक योजना’ को मस्यौदा तयार पार्दै युक्रेनी राष्ट्रपति
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न विश्वको बहुमतले समर्थन गर्ने ‘व्यापक योजना’ तयार गरिरहेको अल जजिराले शनिबार जनाएको छ ।
इरानको राष्ट्रपतीय मतगणनामा पेजेस्कियन र जलिलीको प्रतिस्पर्धा
इरानका सुधारवादी उम्मेदवार मसूद पेजेस्कियन र अति परम्परावादी समूहका सईद जलिलीले राष्ट्रपतीय निर्वाचनको मत गणनामा अग्रता कायम गरेको शनिबार आन्तरिक मन्त्रालयद्वारा जारी प्रारम्भिक परिणामले देखाएको छ ।
पटाका कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु
भारतको दक्षिणी राज्य तमिलनाडुको एउटा पटाका कारखानामा शनिबार भएको विस्फोटमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका अधिकारीले बताएका छन् ।
श्रीलङ्कामा खाद्यान्नको मूल्य वृद्धि
सङ्कटग्रस्त श्रीलङ्काको वार्षिक मुद्रास्फीति मे को ०.९ प्रतिशतको तुलनामा जुनमा करिब दोब्बर भई १.७ प्रतिशत पुगेको छ ।
उत्तर कोरियाद्वारा विस्फोटक पदार्थ बोक्न सक्ने क्षेप्यास्त्रको सफल परीक्षण
प्योङयाङबाट फोहोर बोकेका दर्जनौँ बेलुन दक्षिण कोरियामा पठाएको केही दिनपछि उत्तर कोरियाले एकै पटक धेरै सङ्ख्यामा विस्फोटक पदार्थ बोक्ने क्षेप्यास्त्रको सफल परीक्षण गरेको दाबी गरेको सरकारी सञ्चारमाध्यमले बिहीबार बताएका छन् ।
भारतीय धार्मिक स्वतन्त्रताको अवस्थाप्रति अमेरिकी आयोगको चासो
भारतले विगतमा कडा आलोचना गरेको संस्था अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता सम्बन्धी अमेरिकी आयोग (युएससीआईआरएफ) ले घृणापूर्ण भाषण, विध्वंस र धर्मान्तरण विरोधी कानुनमा भएको कथित वृद्धिलाई उद्धृत गर्दै भारतको धार्मिक स्वतन्त्रताप्रति चासो व्यक्त गरेको छ ।
श्रीलङ्काका ऋणदाताद्वारा चीनलगायतका मुलुकसँग सम्झौताको विवरण माग
श्रीलङ्काका करिब छ अर्ब अमेरिकी डलर बराबरको ऋणको पुनर्संरचना गर्न सहमत भएका द्विपक्षीय ऋणदाताले चीनलगायत अन्य ऋणदातासँग ‘व्यवहारको तुलनात्मकता’ को माग गरेका छन् ।
पाकिस्तानद्वारा चिनियाँ उद्योगलाई स्थानान्तरणको स्वीकृति
पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले चिनियाँ उद्योगलाई पाकिस्तानमा हस्तान्तरण गर्ने सम्बन्धमा चिनियाँ र पाकिस्तानी कम्पनीबिचको संयुक्त उद्यम परियोजनालाई स्वीकृति प्रदान गर्नुभएको छ ।
यमनका हुथी र इराकी सैनिकको इजरायलविरुद्ध संयुक्त आक्रमण
यमनको हुथी समूहले बुधबार इराकी लडाकुसँगको सहकार्यमा इजरायली बन्दरगाह हाइफामा राखिएको इजरायली जहाजमा संयुक्त ड्रोन आक्रमण गरेको जनाएको छ ।
जापानमा ‘वास्तविक छाला’ जस्तै देखिने आवरणसहितको रोबोटको निर्माण
जापानी वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोबोटको विकास गरेका छन् ।
रहस्यमय मृत्युलाई लिएर कराँचीमा उच्च सतर्कता अवलम्बन
पाकिस्तानको कराँचीको नगरका विभिन्न क्षेत्रमा फेला परेका अज्ञात शवहरूको सङ्ख्या २२ पुगेपछि रहस्यमय र चिन्ताजनक प्रवृत्तिलाई नियन्त्रण गर्न नगर प्रशासन जुटेको बुधबार जियो न्युजले जनाएको छ ।
दिल्ली अन्तः शुल्क मामिलामा सीबीआईद्वारा केजरीवाललाई अदालतबाट पक्राउ
भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई बुधबार अदालतबाट पक्राउ गरेको छ ।
असान्जको लामो कानुनी सङ्घर्ष समाप्त भएसँगै अस्ट्रेलियाका प्रधानमन्त्रीद्वारा खुसी व्यक्त
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बनिजले बुधबार अमेरिकासँग भएको सम्झौताका कारण विकिलिक्सका संस्थापक जुलियन असान्जको लामो कानुनी सङ्घर्ष समाप्त भएकोमा खुसी व्यक्त गर्नुभएको छ ।
द्वन्द्व रोक्ने प्रयासका बिच इजरायलद्वारा गाजामा बम प्रहार
संयुक्त राज्य अमेरिकाले आफ्ना सहयोगीहरूलाई लेबनान सीमामा हिंसा बढ्न नदिन आग्रह गरेसँगै प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धको “तीव्र चरण’’ समाप्त भइरहेको बताउनुभएको थियो तर इजरायलले मङ्गलबार गाजामा पुनः बम प्रहार गरेको छ ।
असान्ज नजरबन्द मुक्तिको संयुक्त राष्ट्रसङ्घद्वारा स्वागत
संयुक्त राष्ट्र सङ्घले मङ्गलबार विकिलिक्सका संस्थापक जुलियन असान्जको बेलायतमा नजरबन्दबाट रिहाइलाई यस मुद्दालाई निश्चित रूपमा समाधान गर्ने महत्त्वपूर्ण कदम भनी प्रशंसा गरेको छ ।
जुलियन असान्ज बेलायत जेलबाट रिहाः विकिलिक्स
जुलियन असान्ज अमेरिकी अधिकारीहरूसँग अपील सम्झौतामा पुगेपछि सोमबार बेलायत जेलबाट रिहा भएको विकिलिक्सले जानकारी गराएको छ । यो सम्झौताले असान्जको लगभग १४ वर्षको कानुनी सङ्घर्षको अन्त्य भएको छ ।
जलवायु परिवर्तनका कारण जङ्गलमा आगलागी बढ्दै
विश्वभर अधिकतम गर्मी मापन भएसँगै जलवायु परिवर्तनले निम्त्याएको जङ्गली आगलागीको बढ्दो उग्रताका लागि संसार तयार नरहेको वैज्ञानिकहरू बताएका छन् ।
क्रिमियामा अमेरिका संलग्न मिसाइल आक्रमणको बदला लिने रुसको चेतावनी
रुसले बढ्दो तनावका बीच संयुक्त राज्य अमेरिकालाई क्रिमियामा असभ्य आक्रमणमा संलग्न रहेको आरोप लगाएको छ ।
आठ सय कामदार इजरायल पठाइँदै
वैदेशिक रोजगार विभागले आठ सय कामदार इजरायल पठाउने भएको छ । मङ्गलवार सूचना प्रकाशन गरी विभागले २१ दिन भित्र आवेदन दिने इच्छुकहरूलाई आव्हान गरेको छ ।
बर्डफ्लु रोकथामका लागि श्रीलङ्का प्रतिवद्ध
श्रीलङ्काको पशु उत्पादन तथा स्वास्थ्य विभाग (डीएपीएच) का अधिकारीले बर्डफ्लुको सङ्क्रमण देखिएका देशबाट जनावर तथा पशुजन्य उत्पादनको आयात रोक्न कदम चालेको बताउनुभएको छ ।
रुसमा आतङ्कवादी आक्रमणमा १५ प्रहरी अधिकृतको मृत्यु
दक्षिणी रुसको दागेस्तान गणतन्त्रमा श्रृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १५ जना प्रहरी अधिकारीको मृत्यु भएको आरआइए नोभोस्तीले स्थानीय अधिकारीलाई उद्धृत गर्दै सोमबार जानकारी गराएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका योजना सार्वजनिक गर्दै
राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) सरकारको नेतृत्व गर्नुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार संसद्को पहिलो बैठकको पहिलो सत्रमा प्रधानमन्त्री मोदीको तेस्रो कार्यकालको योजना प्रस्तुत गर्नुहुने भएको छ ।