• ९ मंसिर २०८१, आइतबार

‘चिनियाँ विद्युतीय सवारी साधनमा कर लगाउने निर्णय गलत’

blog

न्यूयोर्क, जेठ ३० गते । बाइडेन प्रशासनले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमा उच्च कर लगाएर ‘ठुलो गल्ती’ गरेको चीनका लागि अमेरिकी पूर्वराजदूतले बताउनुभएको छ ।

पूर्वराजदूत टेरी ब्रान्स्टाडले अमेरिकास्थित सम्पत्ति व्यवस्थापन कम्पनी क्रेनशेयर्सले आयोजना गरेको वेबिनारमा बोल्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले हालै चिनियाँ विद्युतीय सवारी साधनमा असाधारण करको घोषणा गर्नु गलत भएको बताउनुभयो ।

सन् २०१७ देखि २०२० सम्म चीनमा कार्यरत ब्रान्स्टाडले भन्नुभयो, “मलाई लाग्छ बाइडेनको यो ठूलो गल्ती थियो र ट्रम्पको अभियानले वास्तवमै त्यसैमा ध्यान केन्द्रित गर्ने प्रयास गर्नेछ जस्तो मलाई लाग्छ ।

कूल छ कार्यकालको लागि आयोवा गभर्नरको रूपमा सेवा ब्रान्स्टाडले भन्नुभयो, “यो कदमले बाइडेनलाई अभियानमा घाटा लाग्नेछ । उहाँको विद्युतीय वाहनसम्बन्धी जनादेश उपभोक्ताहरूसँग लोकप्रिय छैन ।”

उहाँले थप्नुभयो, “उपभोक्ताहरू विकल्प चाहन्छन्, बाइडेनले अमेरिकामा विद्युतीय सवारी साधनमा ध्यान केन्द्रित गरेर र अनिवार्य गर्ने प्रयास मा ‘ठुलो गल्ती’ गर्नुभयो ।”

ब्रान्स्टेडका अनुसार दुर्लभ खनिजहरूको पहुँचका कारण चीनले र अमेरिकाको तुलनामा धेरै कम लागतमा विद्युतीय सवारी साधन उत्पादन गर्न सक्छ ।

चीन र अमेरिकाबिच व्यापारिक सम्बन्ध कायम राख्नु अत्यन्त महत्त्वपूर्ण रहेको ब्रान्स्टेडले बताउनुभयो । रासस/सिन्ह्वा