नयाँदिल्ली (भारत), जेठ ३० गते । नवनिर्वाचित सदस्यहरूको शपथ र पुष्टिका लागि भारतको १८ औँ लोकसभाको पहिलो सत्र जुन २४ देखि सुरू हुने र जुलाई ३ मा समापन हुने केन्द्रीय संसदीय मामिला मन्त्री किरेन रिजिजुले बुधबार बताउनुभयो ।
राज्यसभाको २६४ औँ सत्र पनि जुन २७ देखि सुरु भएर जुलाई–३ मा समापन हुने उहाँले बताउनुभयो ।
नवनिर्वाचित सदस्यहरूको शपथ र पुष्टि, अध्यक्षको निर्वाचन, राष्ट्रपतिको सम्बोधन र त्यसमाथि छलफलका लागि १८औँ लोकसभाको पहिलो सत्र सन् २०२४ जुन २४ देखि जुलाई ३ सम्मका लागि बोलाइएको छ ।
राज्यसभाको २६४औँ सत्र २०२४ जुन २७ मा सुरु भएर जुलाई ३ मा समापन हुने मन्त्री रिजिजुले सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ ।
राष्ट्रपति द्रौपदी मुर्मूले जुन २७ मा लोकसभा र राज्यसभाको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुनेछ । रासस/एएनआई