नेपाल बैंक लिमिटेड र सिद्धि पोली प्याथ ल्याब प्रालिबिच सम्झौता
नेपाल बैंक लिमिटेडका कर्मचारी एवम् ग्राहकहरूलाई काठमाडांैंको डिल्लीबजारस्थित सिद्धि पोली प्याथ ल्याब प्रालिद्वारा प्रदान गरिने विभिन्न सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
मनोचिकित्सक सङ्घको दशाैं राष्ट्रिय सम्मेलन नेपालगन्जमा
नेपालगन्जमा अहिले देशभरिका दुई सयभन्दा बढी साइक्याट्रिष्ट तथा मनोचिकित्सकहरु हुनुहुन्छ ।
इजिप्टले ३८ करोड ५० लाख खोप उत्पादन गर्ने
इजिप्टले सन् २०३० सम्म करिब ३८ करोड ५० लाख खोपको डोज उत्पादन गर्ने लक्ष्य राखेको छ । एकीकृत खरीद, चिकित्सा आपूर्ति र प्रविधि व्यवस्थापनका लागि इजिप्टियन प्राधिकरणका उपाध्यक्ष हेशाम बद्रले राष्ट्रिय खोप रणनीतिको शुभारम्भ समारोहमा सो कुराको जानकारी दिनुभएको हो ।
भेरी अस्पतालमा हेमोफेलियाका बिरामीका लागि सेवा सुरु
भेरी अस्पताल नेपालगन्जले आइतबारदेखि हेमोफेलियाका बिरामीका लागि अस्पतालमा नयाँ सेवा थप गर्ने जनाएको छ ।
सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सुस्मा कोइराला मेमोरियल अस्पताललाई जलन अस्पतालको रुपमा विकास गरिन लागेको जानकारी दिनुभएको छ ।
‘सीमित स्रोतमा अधिकतम लाभ लिऔँ’
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले हाल स्वास्थ्यमा सीमित स्रोतसाधनलाई प्रयोग गरेर अधिकतम लाभ लिनुपर्ने बताउनुभएको छ ।
लिङ्ग फेर्न कृत्रिम हर्मोन प्रयोग
नेपालमा चिकित्सकको सल्लाहबिना लिङ्ग परिवर्तनका लागि कृत्रिम हर्मोनको प्रयोग गर्ने गरेको पाइएको छ । धेरैजसो यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मानिसले हर्मोनको औषधी प्रयोग गर्ने गरेको पाइएको हो ।
म्याग्दीमा पाँच एचआइभी संक्रमित थपिए
हिमाली जिल्ला म्याग्दीमा गत आर्थिक वर्ष २०८०–८१ मा पाँच जनामा एचआइभी संक्रमण पुष्टि भएको छ । गत वर्ष दुई हजार दुईसय जनाको नमुना परीक्षण गर्दा पाँच जनामा मात्र संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
अनुमति प्राप्त मेडिकल कलेजको सूची सार्वजनिक (सूचिसहित)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयबाट सञ्चालन अनुमति प्राप्त गरेका मेडिकल कलेज तथा विभागीय अस्पतालहरुको विवरण सार्वजनिक गरेको छ ।
सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउनुपर्नेछ : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउने गरी आफूले काम गरिरहेको बताउनुभएको छ ।
धार्चेमा आधारभूत अस्पताल सञ्चालनमा
उत्तरी गोरखाको धार्चे गाउँपालिका – ७ खोर्लाबेंसीमा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ । सामान्य बिरामी हुँदा समेत गोरखा सदरमुकाम र आरुघाट झर्नुपर्ने बाध्यता अन्त्य गर्न धार्चे गाउँपालिकाको खोर्लाबेशीमा आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको हो ।
बागमती प्रदेशका चार लाख ७० हजार परिवार स्वास्थ्य बीमामा आबद्ध
सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा बागमती प्रदेशका चार लाख ७० हजार दुई सय ५६ परिवारका १३ लाख ६५ हजार तीन सय ६२ जना आबद्ध भएका छन् ।
खजुरा गाउँपालिकामा २६८ जनामा मोतियाबिन्दुको समस्या
बाँकेको ग्रामीण क्षेत्रमा आँखामा मोतियाबिदु भएका बिरामीहरुको सङ्ख्या बढ्दै गएको पाइएको छ । जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा आयोजना गरिएका निःशुल्क आँखा जाँच शिविरमा आँखा परीक्षणका लागि आउनेमध्ये धेरै जनामा मोतियाबिन्दु देखिएको फत्तेबाल आँखा अस्पताल नेपालगन्जले जनाएको छ ।
क्यान्सर अस्पताल खजुरामा नयाँ सिटी स्क्यान मेसिन सञ्चालनमा
बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल लामो समयदेखि अवरुद्ध रहेको सिटी स्क्यान सेवालाई नयाँ मेसिन सञ्चालनमा ल्याइएको छ ।
यौनाङ्गमा आउने मुसा र उपचार
यौनाङ्गमा मुसालाई चिकित्सा भाषामा जेनाइटल वार्टस् भनिन्छ ।
आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
रामेछापको खाँडादेवी गाउँपालिका–३ का स्वास्थ्य आमा समूहहरूले नीजि खर्चमा गर्भवती पोषण नाङ्लो कार्यक्रम सुरु गरेका छन् ।
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साझेदारी प्रवर्द्धन, ज्ञान आदानप्रदान र स्वास्थ्य क्षेत्रमा भएका चुनौती सामना गर्न विश्वव्यापी विशेषज्ञता उपयोग गर्ने हेतुले आगामी पुस ११ र १२ गते काठमाडौँमा नेपाल स्वास्थ्य सम्मेलन आयोजना गर्ने भएको छ ।
महिलालाई निःशुल्क ‘सेनिटरी प्याड’
झापाको दमक नगरपालिकाले नगरभित्रका सबै महिलालाई वर्षभरि नै निःशुल्क रूपमा ‘सेनिटरी प्याड’ उपलब्ध गराउने भएको छ ।
चिसोसँगै अस्पतालमा बिरामीको घुइँचो बढी
पछिल्लो केही दिनयता चिसो बढेसँगै मकवानपुसहित बागमतीका विभिन्न जिल्लामा रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएका छन् ।
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
भरतपुर अस्पतालमा उपचाररत बालबालिकालाई उपचारसँगै खेल्ने र पढ्ने अवसर पाएका छन् । अस्पतालले ‘प्ले थेरापी’ कक्ष सञ्चालन गरेर बालबालिकालाई खेल्ने र पढ्ने अवसर समेतप्रदान गरेको हो ।
१९ महिलाको निःशुल्क पाठेघरको शल्यक्रिया
खोटाङको केपिलासगढी गाउँपालिकाले पाठेघरको समस्या भएका महिलाहरुको शल्यक्रियासहितको निःशुल्क उपचार गराएको छ ।
फाइल नरोक्न कर्मचारीलाई निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ४८ घण्टाभन्दा बढी फाइल नरोक्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
अछाम अस्पतालमा जटिल शल्यक्रिया सुरु
अछाम जिल्ला अस्पतालमा जटिल प्रकारको शल्यक्रिया सुरु भएको छ। पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको अछाम जिल्ला अस्पतालका डा. अधिराज आचार्यले जानकारी दिनुभयो।
सङ्घीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सङ्घीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र गरेको छ।