राष्ट्रिय सभा निर्वाचन तयारी
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको आन्तरिक तयारी सुरु गरेको छ । निर्वाचनको मिति घोषणा हुन ढिलाइ भइरहँदा आयोग आन्तरिक तयारीमा जुटेको हो । नयाँ संविधान जारी भएपछि २०७४ सालमा राष्ट्रिय सभाको प्रथम पटक छ वर्षे कार्यकालका लागि निर्वाचित १९ र मनोनीत एक गरी २० सदस्यको पद फागुन २० गते रिक्त हुँदै छ ।
भूकम्पमा पुरिएर बाँचेका शिशु सहारा खोज्दै
कात्तिक १७ गतेको भूकम्पमा परेर १० महिने शिशु विशा बुढा आमा कृष्णा बुढासँगै माटोमुनि पुरिइन् । मध्यरातमा सुतेकै बेला गल्र्यामगुर्लुम घर ढलेपछि आमाछोरी सुतेकै ठाउँमा पुरिएका हुन् । स्थानीयले खोतलखातल गरेर उनकी आमा र मामाघरकी हजुरआमालाई निकाले । शरीरबाहिर निकालिए पनि दुवै जना निष्प्राण भइसकेका थिए । स्थानीयले आमाको मृत्यु भएकाले बच्चा पनि सँगै मरेको तर शव नभेटिएको ठाने र अन्यतर्फ उद्धारमा खटिए । दुई घण्टापछि प्रहरीसहितको उद्धार टोली पुगेर कोही छ कि भनेर दोहो¥याएर खोजी गरे । बच्चा पुरिएको छ भनेपछि टर्चलाइटको सहारामा ढुङ्गामाटो पन्छाउँदै थिए । भूकम्प गएको दुई घण्टा बितिसकेको थियो । एक्कासि माटोमुनि बच्चा रोएको आवाज आयो ।
भूकम्प क्षेत्रमा सुत्केरीको बिजोग
एक दिनकी सुत्केरी मीनाकुमारी बादीलाई चौबिस घण्टा बितेको भन्दै अस्पतालले निकालिदियो । उहाँलाई जस्तै अर्की सुत्केरी उषा परियारलाई पनि अस्पतालले बिहीबार डिस्चार्ज गरिदियो । न त लैजाने स्ट्रेचर, न एम्बुलेन्स, न त अरू भाडाको सवारी साधन । सकिनसकी गेग्य्रान बाटोमा दुवै जना लड्खडाउँदै हिँड्नुभयो । मीनाकी सासू एक दिनकी नातिनी बोकेर अघि अघि हिँड्दै हुनुहुन्थ्यो । मीना भाउन्न भएर लड्न लाग्दा दुई स्वयंसेवक युवतीले देखेपछि हात समातेर अड्याए । सासू सुनिता बादीले भन्नुभयो, “लाने गाडी छैन, अहिले ननिकालिदेऊ, घर पनि छैन भन्दा पनि निकालिदिए, कहाँ लैजानु ? लिएर आया ।”
दलीय भागबन्डाले थलिए विश्वविद्यालय
‘राम्रा’ भन्दा ‘हाम्रा’ लाई पदाधिकारी नियुक्त गर्ने प्रवृत्तिका कारण विश्वविद्यालयहरू थलिन पुगेका छन् । दोस्रो जनआन्दोलन २०६२/६३ पछि राजनीतिक भागबन्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्ने प्रवृत्ति स्थापित हुन पुग्यो । यसले गर्दा विश्वविद्यालय लथालिङ्ग हुनुका साथै राजनीति गर्ने थलोका रूपमा विकास हुन पुगेका छन् ।
सिकिएन २०७२ पछिको अनुभव
२०७२ को भूकम्पको ताजा अनुभवले नेपाललाई भूकम्पको पूर्वतयारी र भूकम्पपछिको पुनर्निर्माणका धेरै कुरा सिकाएको छ । तर तिनको प्रयोग भने नभएको जाजरकोट भूकम्पले स्पष्ट पारेको छ । पश्चिम नेपालमा यस वर्ष ४.० रेक्टर स्केलभन्दा माथिका थुप्रै पटक भूकम्प र पराकम्पन गएका छन् । जाजरकोटमा शुक्रबार राति ६.४ रेक्टर स्केलको भूकम्प जानुअघि गत असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलका भूकम्प गए । त्यसअघि पनि गत वैशाख १४ गते बाजुरा केन्द्रबिन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।
खलबलिँदै छ भूकम्पको शक्ति
नेपालको पश्चिमी भागमा निरन्तर जसो गइरहेका मझौला तथा ठुला भूकम्पले देशका अन्य भूभागमा सञ्चित भूकम्पको शक्तिलाई खलबल्याउन थालेको छ । सङ्घीय राजधानी काठमाडौँ आसपास र पूर्वको पहाडमुनि सञ्चित शक्तिलाई खलबल्याउँदै गएको दाबी भूगर्भविद्हरूको छ । यो पुरानो र नयाँ शक्ति हो । उहाँहरूका अनुसार शक्ति सञ्चित हुनुमा केही कारण छन्। गोरखा केन्द्रबिन्दु भएर २०७२ सालमा गएको ७.८ म्याग्निच्युडको भूकम्पपछि केही वर्ष परकम्पमा बिते । त्यसले अर्को महाभूकम्पको शक्ति काठमाडौँको जमिनमुनि थुपारिदिएको छ ।
आवाज हरायो, साहसले बाँच्यौँ
भेरी नगरपालिका–३, स्याला जाजरकोटका २३ वर्षीय रूपक विश्वकर्माका भाइ शुक्रबार रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको घेत्मामा लाग्ने मेला हेर्न जानुभएको थियो । भाइ नआएपछि रूपक अबेलासम्म बुवाआमासँगै कुरा गरेर बस्नुभयो र सुत्न जानुभयो । रुकुमको जिल्ला अस्पताल सल्लेमा उपचार गराउन आउनुभएका रूपकले भन्नुभयो, “भाइ नआएपछि निदाउन थालेको थिएँ । एक्कासि छतबाट माटो ओइरिए जस्तो भयो । जुरुक्क उठ्न खोजेँ, पिङ मच्चिए जसरी खाट मच्चियो । अनि नराम्ररी भित्तामा उछिट्टिएर भुइँमा लडेँ ।”
पश्चिम एसिया अशान्त असर सर्वत्र
पश्चिमी जगत्ले ‘मध्यपूर्व’ भन्ने गरेको भूखण्ड पश्चिम एसिया असोज २० गते (७ अक्टोबर) यता निकै अशान्त छ । सीमावर्ती देश इजरायलका यहुदी बस्तीमा प्यालेष्टाइन इलाकाबाट ‘हमास’ नामक विद्रोही जत्थाले एक्कासि सशस्त्र आव्रmमण गर्दा एक हजार चार सयभन्दा बढी गैरसैनिक (निर्दोष) नर–नारी र बाल–बालिकाको ज्यान लिएपछि प्रति
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी
गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी भइरहेको छ । सरकारले विश्वको ठुलो खुला सङ्ग्रहालय दाबी गरिएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (संयुक्त राष्ट्रसङ्घीय अङ्ग–युनेस्को) को जवाफ पर्खिरहेको छ । पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गका अनुसार तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्न स्थानीय सरकार, स्थानीय तह, स्थानीय बासिन्दा, विज्ञहरूसँग छलफल र सिमानाबारे प्रस्ट पारेर युनेस्कोलाई पत्र पठाइएको छ ।
दसैँको रोक खुलेलगत्तै बढ्यो टिप्परको मनोमानी
दसैँमा सडक दुर्घटना बढाउने सम्भावनाका कारण रोकिएका टिप्परको आवागमन खुला गरेकै दिन टिप्परको अनियमितताको हद नाघेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ११ दिनसम्म टिप्पर सञ्चालनमा लगाएको रोक खुल्नेबित्तिकै मङ्गलबार राति बालुवा र गिट्टीको चुली बनाएका (ओभरलोड) टिप्पर सडकमा गुडेका थिए । तीमध्ये केहीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले कारबाही गरेको छ तर प्रहरीको आँखा छलेर उत्तिकै टिप्पर पार भएका छन् ।
शान्ति प्रक्रिया प्राथमिकतामा परेको भ्रमण
तत्कालीन सरकार र विद्रोही पक्ष नेपाल कम्युनिस्ट पार्टी माओवादीबिच शान्ति सम्झौता भएको आउँदो मङ्सिर ५ गते १७ वर्ष पुग्दै छ । माओवादी सेना समायोजन र हतियार व्यवस्थापन जस्तो जटिल कार्य पूरा भए पनि द्वन्द्वकालीन मुद्दा १७ वर्ष पुग्दासमेत टुङ्गो लाग्न सकेको छैन ।
एपको अनुमतिपत्रलाई आंशिक अनुमति
सवारी चालकले चालक अनुमतिपत्र साथमा राख्नुपर्ने समस्या आंशिक रूपमा समाधान भएको छ । चालकले ट्राफिक नियम अनुसार सवारी चलाएको अवस्थासम्म चालक अनुमतिपत्र साथमा बोक्नुपर्ने अवस्थाको अन्त्य भएको छ । ‘स्मार्ट गभर्नेन्सको नयाँ यात्रा’ नाम दिइएको यस प्रावधान अनुसार चालक अनुमतिपत्र साथमा नबोके पनि अब ट्राफिक प्रहरीले जाँचका क्रममा जरिबाना तिराउने छैन । तर यसका लागि चालकले चालक अनुमतिपत्रको विवरण नागरिक एपमा राख्नु पर्छ । नागरिक एपमा राखिएको विवरणले मान्यता पाउने छ । यो प्रावधान कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयले मुलुकभरिका ट्राफिक कार्यालयलाई परिपत्र गरिसकेको छ । अहिले जाँचका क्रममा चालकले सक्कलै चालक अनुमतिपत्र देखाएपछि मात्र छाड्ने गरेको छ । चालक अनुमतिपत्र साथमा नभएको अ
दसैँले रोकिएन वैदेशिक रोजगारी, असोजमा झन् धेरै बिदेसिए
नेपालीको महान् पर्व दसैँका अवसरमा श्रम बेच्न विदेसिने युवाको लर्को रोकिएन बरु झनै बढ्यो । चालु आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोज महिनामा बिदेसिनेको सङ्ख्या हेर्दा सबैभन्दा धेरै असोजमा विदेश गएको तथ्यले पुष्टि गरेको हो । वैदेशिक रोजगार विभागका अनुसार साउन महिनामा ५५ हजार ५७५ जना श्रम स्वीकृति लिएर बिदेसिए, भदौमा ५० हजार ८८४ जनाले श्रम स्वीकृति लिएर बिदेसिए र असोजमा ५६ हजार २३५ जना श्रम गरेर बिदेसिएका छन् ।
नेपालको बिजुली भारतमा स्वच्छ ऊर्जा
नेपालको स्वच्छ ऊर्जालाई भारत सरकारले स्वच्छ ऊर्जा गणनामा समावेश गर्ने नीतिगत व्यवस्था गरेको छ । छिमेकी मुलुकको विद्युत् खरिदमा थप लचक बन्दै भारत सरकारको विद्युत् मन्त्रालयले त्यहाँको सरकारी राजपत्र ‘भारतका राजपत्र’ मा सूचना प्रकाशित गर्दै भारतमा विद्युत् बिक्री अनुमति प्राप्त छिमेकी मुलुकमा उत्पादित स्वच्छ ऊर्जालाई भारतका सार्वजनिक तथा निजी विद्युत् वितरक कम्पनीको स्वच्छ ऊर्जा गणनामा समावेश गर्न सकिने व्यवस्था गरेको हो ।
सात वर्षमा ८४९ सहकारी बेपत्ता
काभ्रेमा विगत सात वर्षमा ८४९ वटा सहकारी बेपत्ता छन् । तत्कालीन डिभिजन सहकारी कार्यालय काभ्रेमा दर्ता भएका एक हजार ४९५ सहकारीमध्ये ६४६ वटा मात्र फेला परेका छन् । जिल्ला सहकारी सङ्घले गरेको अध्ययनबाट ती सहकारी बेपत्ता भएको तथ्य सार्वजनिक भएको हो । सङ्घीयता कार्यान्वयनपछि डिभिजन सहकारी कार्यालयले १३ वटा स्थानीय निकायलाई दर्ता भएका सहकारीका कागजात बुझाएको थियो । त्यसपछिका अवधिमा सहकारीका बारेमा चासो र खोजी भएन । सङ्घले गणक खटाएर एक महिनासम्म अध्ययन गरेको थियो ।
शक्तिपिठहरुमा दर्शनार्थिको घुइँचो (फोटो फिचर)
आज दसैँको सातौँ दिन काठमाडौँको विभिन्न शक्तिपीठहरुमा भक्तजनको घुइँचो लागेको छ। घटस्थापना गरेसँगै नवदुर्गाका नौ रूपको पूजा गर्ने गरिन्छ।
विशेष अदालत नियमावली : मुद्दा दर्तासँगै कार्यतालिका बन्ने
अदालत स्थापनाको ऐन कार्यान्वयनमा आएको २१ वर्षपछि विशेष अदालतले नियमावली पाएको छ । २०५९ असारदेखि ऐन कार्यान्वयन आए ऐनले तोकेको विषय समेटेर बनाउनुपर्ने नियमावली २१ वर्षपछि जारी भएको हो । मन्त्रीपरिषद्ले नियमावली स्वीकृत गरेसँगै असोज २५ गते नेपाल राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा आएको छ । नियमावलीले अदालत व्यवस्थापन, पेसी व्यवस्थापन, पूर्ण बैठक, कर्मचारीको उत्तरदायित्व र जवाफदेहितालगायतका विषय समेटिएका छन् ।
पहुँचवालालाई सधैँ सिंहदरबार
सत्ता र शक्तिको पहुँच वरिपरि घुम्ने कर्मचारी सधैँ जसो सिंहदबार आसपासका कार्यालयमा नै घुम्ने गरेका छन् । पुहँचविहीन कर्मचारी भने दुर्गम जिल्लामा नै बसेर सेवा प्रवाह गर्न बाध्य छन् । निजामती सेवा नियमावालीमा दुई वर्षसम्म एउटै कार्यालयमा बसेर सेवा प्रवाह गरेपछि सरुवा गर्न मिल्ने व्यवस्था छ तर पहुँचवाला कर्मचारीलाई भने उक्त नियम लागु हुने गरेको छैन ।
लम्पी स्किनका कारण ७४ अर्ब क्षति
मुलुकका ७७ जिल्लाका १५ लाख १९ हजार ७७९ पशुमा लम्पी स्किनको सङ्क्रमणकै कारण किसानले ७४ अर्ब ६७ करोड रुपियाँबराबरको आर्थिक क्षति बेहोरेका छन् । पशु चिकित्सा परिषद्को अध्ययन अनुुसार एउटा स्वस्थ पशुमा लम्पीको सङ्क्रमण भएमा ४९ हजार १३५ रुपियाँको आर्थिक क्षति हुन्छ।
मेलम्चीको मुहान सारिने
मेलम्ची खानेपानी आयोजनाको मुहान (हेडवर्क्स) सारिने भएको छ। अहिले सिन्धुपाल्चोकको हेलम्बुमा रहेको हेडवक्र्स सो क्षेत्रको भूबनोट तथा बाढीपहिरोको जोखिमका कारण सार्नुपर्ने भएको मेलम्ची खानेपानी आयोजना विकास समितिले जनाएको छ। समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले एसियाली विकास बैङ्क (एडिबी) ले गरेको अध्ययन प्रतिवेदनका आधारमा आयोजनाको हेडवर्क्स अहिले भएको स्थानभन्दा करिब एक किलोमिटर माथि सार्नुपर्ने भएको जानकारी दिनुभयो। एडिबी सो आयोजनाको दातृ निकाय हो। मेलम्ची खोलामा आएको पटक पटकको बाढीपहिरोले सो हेडवर्क्स क्षतिग्रस्त हुँदै आएको छ।
दसैँको प्रतीक
बर्खालाई बिदा गर्दै मनसुन टाढिएको छ । आकाश छ्याङ्ङ उघ्रिएको छ । शरद् ऋतुले छपक्कै छोपेको छ । गर्मी उत्तरार्धतिर छ । सिरसिर चलेको मन्द चिसो हावाले शीतकाललाई स्वागत गरिरहेको छ । महान् चाड दसैँ दैलोमै आइपुगेको छ । मनलाई मोहित पार्ने शारदीय मौसम र दसैँको यो सम्मिलनका बिच विशिष्ट नाता जोडिएको एउटा सांस्कृतिक पहिचान हो– चङ्गा । नेपाली शब्दकोष पल्टाउने हो भने ‘चङ्गा’ को अर्थ ‘धागो छोडेर हावामा उडाइने कागज वा प्लास्टिकको खेलौना’ मा मात्रै सीमित छैन । चङ्गाले तन्दुरुस्त, फुर्तिलो र स्वच्छतालाई प्रतिविम्बित गर्दछ । चङ्गा उडाउँदा मनमस्तिष्क
‘लर्न एन्ड अर्न’ कार्यक्रम निर्णय हुन बाँकी
विश्वविद्यालयहरूले ‘लर्न एन्ड अर्न’ कार्यक्रममा सहभागी गराउन विद्यार्थीलाई अब इजरायल पठाउने वा नपठाउने भन्नेमा अझै निर्णय गरिसकेका छैनन् । पुनः पठाउने मनस्थितिमा उनीहरू नभए पनि औपचारिक निर्णय गर्न भने बाँकी नै छ । इजरायलमाथि प्यालेस्टाइन विद्रोही समूह हमासले गत शनिबार आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाए भने अहिलेसम्म एक जना बेपत्ता छन् । यस वर्ष एकै पटक २६५ जना विद्यार्थीलाई सो कार्यक्रममा पठाइएको थियो ।
१७ जना नेपाली साथी बचाएका विपिनलाई हमासले लग्यो: बिबुशा अधिकारी
हमासले हानेको ग्रिनेड नेपाली विद्यार्थी विपिन जोशीले टिपेर उतै फालिदिए । १७ जना नेपाली बसेको कोठामा आएको मिसाइल जोशीले नफालेको भए सबै जना बच्ने थिएन । तर विपिन जोशी हाल सम्पर्क विहीन छन् । हाल हमासले विपिनलाई लगेको इजरायलबाट नेपाली फर्कनु भएका नेपाली विद्यार्थी बिबुशा अधिकारीले जानकारी दिनुभयो ।
बाँचेर आयौँ अब आफ्नै क्षेत्रमा राम्रो काम गर्नेछाैंँ (फोटो फिचर )
इजरायलमा अध्ययन गरिरहेका २५४ जना नेपाली विद्यार्थीलाई सरकारले उद्धार गरेर काठमाडौँ ल्याएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार परराष्ट्र मन्त्री नारायणप्रसाद साउद आफैँ चार्टर विमान लिएर राजधानी तेल अबिब पुग्नु भएको थियो।