अनधिकृत रूपमै काम गर्दै निजामती कर्मचारी
निजामती कर्मचारीलाई सङ्केत नम्बर नदिँदा कर्मचारी वितरण प्रणाली भद्रगोल भएको छ । कर्मचारी नियुक्त भएर गएपछि काममा खटनपटन गर्नु पूर्व कर्मचारी सङ्केत नम्बर वितरण गरेर कर्म विवरण दिनुपर्ने हो ।
सुदृढ गणतन्त्रको आधारशिला
हातमा औजार हुनेहरू, औजार लिएर उठ, साथमा केही नहुनेहरू, आवाज लिएर उठ । गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ ।। इतिहासमा गौरव, वर्तमानको समीक्षा गर्दै सुन्दर र समुन्नत भविष्यको अठोट बोकेर राजनीतिक र आर्थिक सुदृढीकरण तथा सामाजिक र सांस्कृतिक रूपान्तरणमार्फत सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई
हिमाल चिनाउने धोको पूरा
हुन त संसारको अग्लो चुचुरो कुन हो भनेर सोध्दा सबैले भन्ने गर्छन् सगरमाथा । अग्लो चुचुरो सगरमाथा ‘हिमाल’ भन्ने उत्तर जो कोही दिन सक्छन् । सगरमाथा तेस्रो ध्रुवका नामले पनि विश्वमा चिनिने गरेको छ । जलवायु परिवर्तन तथा बढ्दो तापक्रमले सगरमाथा रहेको हिमाली क्षेत्र दैनिकजसो क्षतविक्षत हुँदै गएको छ । हिमालको हिउँ पग्लिँदै छ, नयाँ नयाँ हिमताल बन्ने र फुट्ने क्रम हिन्दकुश हिमालय क्षेत्रमा जारी छ । हिउँ रेखा माथितिर सर्दै छ र हिमालको हिउँ पातलिँदै गएको छ । पछिल्ला दिनमा त हिमालमा हिउँ पर्न छाडेको विभिन्न अध्ययनले देखाएको छ भने हिउँ पनि पातलिँदै गएको वैज्ञानिक तथ्यहरूले देखाएको छ ।
सूचना महामार्गसँगै दस आधुनिक सहर
मुलुकका मध्यपहाडी जिल्लालाई यातायात सञ्जालमा जोडी त्यस क्षेत्रको आर्थिक, पर्यटकीय र शैक्षिकलगायत समग्र क्षेत्रको सन्तुलित विकास गर्ने उद्देश्यले निर्माण सुरु गरिएको पुष्पलाल (मध्यपहाडी) राजमार्गको निर्माण तीव्र गतिमा हुँदै छ । यसैबिच सरकारले उक्त राजमार्गलाई द्रुत सञ्चारका लागि सूचना महामार्गका रूपमा पनि निर्माणमा तीव्रता दिएको छ । यसका साथै दस वटा आधुनिक सहर पनि यही राजमार्ग अन्तर्गत स्थापना हुँदै छन् ।
सामाजिक सुरक्षा योजना विस्तार
आन्तरिक मात्र होइन वैदेशिक रोजगारमा रहेकालाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने नीतिले सफलता पाउन थालेको छ । वर्तमान सरकारले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेलाई सामाजिक सुरक्षा योजनामा आबद्धता अनिवार्य गरेकाले नौ महिनामै साढे पाँच लाख आबद्ध भएका छन् । सामाजिक सुरक्षा कोषका अनुसार २०७९ चैत ८ देखि २०८० पुस ५ सम्म पाँच लाख ३२ हजार ७३ जना कोषको योजनामा आबद्ध भएका छन् ।
बढ्यो विदेशी लगानी
एक वर्षको अवधिमा प्रत्यक्ष विदेशी लगानी (एफडिआई) को प्रतिबद्धता र लगानी दुवै बढेको छ । अर्थतन्त्र लयमा आउन थालेसँगै विदेशी लगानीमा सुधार आएको हो । लगानीका लागि अनुकूल वातावरणसँगै नीतिगत सुधार पनि भएका कारण वैदेशिक लगानी बढ्दै गएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना (साउन–कात्तिक) मा खुद प्रत्यक्ष वैदेशिक लगानी तीन अर्ब ६४ करोड रुपियाँ भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ४२ करोड ९२ लाख रुपियाँमा सीमित थियो ।
तीन सय किलो हात्तीका दाँत बरामद
विश्वमै दुर्लभ मानिएका वनस्पति, जडीबुटी र वन्यजन्तुको अवैध ओसारपसार तथा तस्करीका घटनामा ६० प्रतिशतभन्दा बढी अन्तर्राष्ट्रिय सङ्गठित आपराधिक समूहको संलग्नता देखिएको छ । ती समूहले अवैध ओसारपसार र कारोबार गर्दा दैनिकजसो कानुन कार्यान्वयन गर्ने निकायको आँखा छल्दै नयाँ प्रविधि र फरक बाटो प्रयोग गर्ने गरेको तथ्य पनि सार्वजनिक भएको छ ।
एआई सङ्कट कि अवसर ?
विश्व फुटबल खेलाडी लियोनेल मेसी सिन्धुलीमा जुनार खाइरहेको तस्बिर सामाजिक सञ्जालमा एकाएक भाइरल बन्यो । फेसबुक पेज ‘सिन्धुली’बाट पोस्ट भएको सो तस्बिरमा केही दिनमै एक लाख लाइक, चार सयभन्दा बढी कमेन्ट र करिब चार सय सेयर भएको थियो ।
बबरमहलको प्रबलीकरण सकियो
विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त बबरमहल भवनको प्रबलीकरण सकिएको छ । दुई वर्षभित्र प्रबलीकरण सम्पन्न गर्ने गरी निर्माण सम्झौता भए पनि चार वर्षमा काम सम्पन्न भएको हो । यसका लागि करिब एक अर्ब रुपियाँ लागेको छ । प्रबलीकरण गरिएको बबरमहल अब आठ रेक्टर स्केलसम्मको भूकम्प थेग्ने क्षमताको भएको सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का प्रमुख कोषनाथ अधिकारीले बताउनुभयो ।
रामग्रामलाई पर्यटकीय क्षेत्र बनाइने
नवलपरासीपश्चिमको सदरमुकाम परासीदेखि तीन किलोमिटर दक्षिणमा रहेको रामग्राम क्षेत्रलाई ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक स्थलका रूपमा विकास गर्ने तयारी थालिएको छ । त्यसका लागि लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका, थाई विहार र द प्रोमिस ल्यान्डले बृहत् योजना अघि सारेका छन् । बृहत् लुम्बिनी क्षेत्रको परिकल्पनाबमोजिम तिलौराकोट, मायादेवी मन्दिर, अनोमाघाट, देवदह, रामग्रामलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
राष्ट्रपतिले उद्घाटन गरेको ढुङ्गेधाराको कन्तबिजोग
करिब तीन वर्ष अघि २०७७ चैत २० गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले यस धाराको औपचारिक शुभारम्भ गर्नुभयो । मेलम्चीको दैनिक १७ करोड लिटर पानी वितरण हुने भएपछि काठमाडौंवासीमा खुसी त छाएको थियो नै, यससँगै भृकुटीमण्डप क्षेत्रमा हिँड्डुल गर्ने यात्रुसमेत यसबाट लाभान्वित हुनेमा आशावादी थिए ।
पिसाबको आहालमै बस्नुपर्ने बाध्यता
खोटाङकी ३६ वर्षीया पुना राई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा आश्रित हुनुहुन्छ । उहाँको शरीर चल्दैन । उठ्न बस्न पनि सहारा चाहिन्छ । केन्द्रमै बस्ने पाल्पाका ३६ वर्षीय कृष्ण खड्काको पनि व्यथा उस्तै छ । हिँडडुल गर्नु त टाढाको कुरा उहाँको शारीरिक अवस्थाले पूरै ओछ्यान पर्नु परेको छ । केन्द्रका अहिले सञ्चालनमा रहेका १९ वटा कोठामध्ये पाँच वटा कोठामा खड्का र राई जस्तै अति अशक्तलाई राखिएको छ ।
अपाङ्गता भएकामाथि चरम लापरबाही
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रको कार्यालय परिसरमा कर्मचारी घाम तापेरै दिन बिताउँछन् । कार्यालयको मूल ढोकामा दुई वटा ताला लगाइएको छ । झन्डै एक महिनादेखि यस्तै छ दैनिकी । उपस्थित कर्मचारीले मूल ढोकामै राखिएको हाजिरी पुस्तिकामा हाजिर लगाउँछन् । अनि दिनभरि घाम तापेर साँझ परेपछि घरतिर लाग्छन् । आफूहरूमाथि भएको चरम शोषणविरुद्ध विभिन्न माग राखेर अपाङ्गता भएका व्यक्तिले मङ्सिर ४ गतेदेखि कार्यालयमा तालाबन्दी गरी आन्दोलन थालेपछि खगेन्द्र नवजीवन केन्द्र अस्तव्यस्त छ । सङ्घका पदाधिकारी कहिलेकाहीँ मात्रै आउँछन् । यसबाट गम्भीर किसिमका अपाङ्गता भएका व्यक्तिको बसाइ निकै अप्ठ्यारो भएको छ।
पुरस्कार र पदक वितरणमा बदमासी
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मेधावी विद्यार्थीलाई पुरस्कार तथा पदक वितरणमा अन्याय गरेको पाइएको छ । समान अङ्क ल्याएका एकै ब्याचका विद्यार्थीमध्ये एउटालाई काखा र अर्कोलाई पाखा लगाउने प्रवृत्ति देखिएको छ । विश्वविद्यालयले सोमबार आयोजना गर्न लागेको ४९ औँ दीक्षान्त समारोहमार्फत उत्कृष्ट अङ्क ल्याएका विद्यार्थीलाई वितरण गर्न लागेको विभिन्न पदक तथा पुरस्कारमा गलत निर्णय गरिएको फेला परेको छ ।
अन्नबाट आकर्षक प्रतिमा तयार
मर्यादा पुरुष राम र सीताको विवाह भएको दिन मानेर हरेक वर्ष मनाइँदै आएको विवाहपञ्चमी यस वर्ष आज आइतबार विभिन्न कार्यक्रमसहित मनाइँदै छ । त्रेता युगमा मङ्सिर शुक्ल पञ्चमीका दिन अयोध्याबाट राजकुमार राम आएर मिथिला राज्यको राजधानी जनकपुरधाममा राजकुमारी सीतालाई विवाह गरेको तिथि मानेर यो पर्व मनाइन्छ ।
विवाह पञ्चमीको रौनक
मङ्गल आजु जनकपुर हे, घरघर मङ्गल हे ! वध नगरियासे अएलै बरिअतिया हे सोहावन लागे... जनकपुर नगरिया भेलै शोर, हे सोहावन लागे ...!! मिथिलामा हुने बिहेमा गाइने गीत हो यो । सीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा यो गीत जनकपुरधाममा सुनिन थालिएको छ । लोकलहरीले जनकपुरधामको माहोल विवाहमय छ । विवाह,
मेलम्चीको पानी उपत्यका आउने टुङ्गो छैन
काठमाडौंवासीले वर्षाैंपछि मेलम्ची खानेपानीको स्वाद चाख्न पाए पनि बाढी,पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण फेरी अन्यौलता बढाएको छ । प्राकृतिक प्रकोपसँगै सरकारी बेवास्ताका कारण पनि मेलम्चीको पानी काठमाडौैंमा आउन सकेको छैन ।
युरोपमा फेरिँदै नेपालीको हैसियत
मित्रलाल पाण्डे सन् २००७ मा अध्ययनका लागि डेनमार्क पुग्दा विद्यार्थीले काम गर्न नपाइने अवस्था थियो । बल्लतल्ल पढाइ खर्च जुटाएर त्यहाँ पुगे पनि काम गरेर बस्न, कमाउन सक्ने वातावरण डेनमार्क जस्तै अन्य युरोपेली मुलुकमा पनि थिएन । उहाँले स्मरण गर्नुभयो, “कतै काम नपाएपछि मैले सडकमा फालिएका बियरका बोतल टिपेर बेचेर पनि खाएँ तर अहिले आफैँ अरूलाई काम दिन्छु ।” पाण्डेले लामो समय सङ्घर्ष गरेर सन् २०१७ मा पोल्यान्डमा आफ्नै व्यवसाय सुरु गर्नुभयो । उहाँले वार्सामा थाल्नुभएको ‘नेपाली बजार’ को विस्तार अहिले अन्य मुलुकमा पनि भएको छ ।
भाडा निर्धारण गर्न ढिलाइ
सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनको सङ्ख्या र सेवा बढे पनि उपभोक्ताले भाडा भने पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन सरह नै तिर्नुपरेको छ । विद्युतीय सार्वजनिक सवारीको भाडाका सम्बन्धमा नियमनकारी निकायले नहेर्दा यो समस्या बढ्दो छ । पेट्रोल तथा डिजेलबाट चल्ने सार्वजनिक सवारीसाधनका हकमा सङ्घीय सरकारले हरेक वर्ष विज्ञ समूहसँगको परामर्शमा भाडादर निर्धारण गर्ने गरे पनि विद्युतीय सार्वजनिक सवारीसाधन चल्न थालेको धेरै हुँदा पनि नियमनकारी निकायले वास्ता गरेको छैन । जसका कारण सञ्चालन खर्च निकै नै कम लाग्ने त्यस्ता विद्युतीय सवारीसाधनले पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन सरहकै भाडा असुलिरहेका छन् ।
भिजिट भिसामा मानव तस्करी, भिसासहित सबै कागजपत्र नक्कली
नक्कली कागजपत्र प्रयोग गरी ‘भिजिट भिसा’ मा खाडीलगायतका द्वन्द्वग्रस्त मुलुकमा पुर्याएर नेपाली नागरिकलाई अलपत्र परेका घटना बढेपछि प्रहरीले मानव तस्करीविरुद्ध विशेष अप्रेसन सुरु गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले भिजिट भिसामा विदेश जाने नेपालीले प्रयोग गरेका कागजपत्र अनुसन्धान गर्ने क्रममा फर्जी कागजपत्र बनाउने काठमाडौँका छ वटा ट्राभल्स एजेन्सीका सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।
पूर्व–पश्चिम राजमार्ग : तीन वर्षमा एघार किमी विस्तार
राष्ट्रिय गौरवको योजना अन्तर्गत पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति काम सम्पन्न नहुँदा प्रथम पटक एक वर्ष म्याद थप गरिएको छ । कोरोनाको मारमा परेको र सडकमा विद्युत् पोल र अतिक्रमण हटाउन ढिलाइ भएका कारण समयमा काम सम्पन्न नहुँदा म्याद थप गरिएको जनाएको छ ।
जहाज खरिदमा तीन कम्पनीको चासो
नेपाल वायुसेवा निगमले सार्वजनिक गरेको नयाँ जहाज खरिद बोलपत्रमा तीन वटा विदेशी कम्पनीले प्रस्ताव पेस गरेका छन् । निगमले गत कात्तिक ५ गते सार्वजनिक गरेको बोलपत्रमा दुर्गममा उडान भर्ने तीन वटा साना जहाज खरिदका लागि क्यानडा, चीन र भारतीय कम्पनीले चासो देखाएका हुन् ।
रोजगारीका लागि युरोप जाने बढे
मध्यपूर्वका देश र मलेसियामा सीमित नेपाली युवाको वैदेशिक रोजगारी युरोपतिर मोडिएको छ । गएको एक वर्षदेखि नेपाली युवाको रोजगारी युरोपतिर मोडिएको हो । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा युरोपका क्रोएसिया, माल्टा, रोमानिया र पोल्यान्डमा जाने युुवाको सङ्ख्या १० हजार ६७८ रहेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको पहिलो चार महिनामा दुई लाख छ हजार ३१६ जनाले श्रम स्वीकृति लिएर रोजगारीका लागि बिदेसिएकामा त्यत्तिकै सङ्ख्यामा युरोप गएका छन् ।
रुसी सेनामा भर्ना : गिरोहका ११ जना प्रहरी नियन्त्रणमा
पर्यटन भिसाको आवरणमा गैरकानुनी बाटोबाटै नेपाली नागरिकलाई द्वन्द्वग्रस्त मुलुक रुसको सेनामा भर्ना गराउने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्वसुरक्षाकर्मी र बहालवाला सुरक्षाकर्मीलाई आर्थिक प्रलोभन देखाएर रुसी सेनामा भर्ती गराउने गरेको विशेष सूचनाका आधारमा प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले गिरोहका नाइके हरिबहादुर विश्वकर्मा (हरि विक) सहित ११ जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।