बोर्ड बैठकमा बस्न पाउँदैनन् परीक्षा नियन्त्रक
परीक्षा सञ्चालन गर्ने निकायका प्रमुख जिम्मेवार पदाधिकारी नै परीक्षासम्बन्धी बैठकमा सहभागी हुन नपाउने त्रुटिपूर्ण कानुनी व्यवस्था रहेको छ । विद्यालय तहको अन्तिम परीक्षा सञ्चालनको जिम्मेवारी पाएको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक परीक्षाबारे कुनै पनि निर्णय गर्दा बोर्ड बैठकमा उपस्थित हुन पाउँदैनन् । विगतमा परीक्षा नियन्त्रकलाई सदस्य सचिवको जिम्मेवारी दिने गरिएकोमा २०७३ सालमा संशोधन गरिएको शिक्षा ऐनमा बोर्डमा परीक्षा नियन्त्रक नरहने व्यवस्था गरिएको छ ।
पाँच सय सहकारी सङ्कटमा
संविधानले तीनखम्बे अर्थनीतिको अवधारणा अनुसार अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगटेको सहकारी क्षेत्र अनियमितता, खराब ऋण प्रवाह र आन्तरिक भ्रष्टाचारले जनविश्वास गुमाउने चरणमा पुगेको छ । देशभरि १५ हजारभन्दा बढी सहकारी संस्था उत्पादन, रोजगारी सिर्जना र आर्थिकोपार्जनसँग जोडिए पनि अर्बौं रकम वित्तीय कारोबार गर्ने सीमित सहकारीमा भएकाले आर्थिक अपचलनले सिङ्गो सहकारी क्षेत्रमाथि अविश्वास उत्पन्न भएको हो ।
रङको पर्व होली
सद्भाव, सौन्दर्य र रस रङ्गको रङ्गीन पर्व, जातिपाति, छुवाछुत, सानो, ठुलो, धनी र गरिबको भेदभावलाई भुलेर एउटै रङ्गमा रङ्गिने फागु पर्व नवचेतना, समता र सद्भावको प्राकृतिक स्रोत हो । प्राकृतिक सौन्दर्य र रस रङ्गको उमङ्गले सबैलाई तरङ्गित तुल्याउने फागु आनन्द र उल्लासको रङ्गीचङ्गी चाड हो । १५ दिने परिक्रमाका श्रद्धालुले कञ्चन वनमा रङ्ग, अबिर खेलेसँगै फागुको रौनकताको थालनी हुन्छ । त्रेतायुगमा भगवान् राम र सीताले कञ्चन वनमा रङ्ग अबिर खेलेको मान्यता अनुरूप परिक्रमाका श्रद्धालुले फागुको थालनी गर्ने परम्परा रहेको छ ।
भृकुटीमण्डप प्रकरण: भाडा नतिर्ने फरार सूचीमा
समाज कल्याण परिषद्ले काठमाडौँको भृकुटीमण्डपका घरजग्गा प्रयोग गरी भाडा नबुझाएका व्यक्ति र संस्थालाई फरार सूचीमा राखेको छ । भृकुटीमण्डप परिसरका ३१ सङ्घसंस्था र व्यक्तिले प्रयोग गरेका स्टल, भवन एवं मेला प्रदर्शनीको एक करोड ८७ लाख ७२ हजार ९८३ रुपियाँ भाडा नदिएर सम्पर्कविहीन भएकालाई फरार सूचीमा राखिएको हो ।
बाँसबारीको जग्गा सरकारका नाममा
सरकारले तत्कालीन बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडबाट व्यक्तिका नाममा पुगेको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याउने निर्णय गरेको छ । भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजारले शुक्रबार चाँदबाग रेसिडेन्सीको नाममा रहेको सो जग्गा नेपाल सरकारको नाममा ल्याउने निर्णय गरेको हो ।
एक घण्टामा श्रम स्वीकृति दिन असम्भव
श्रम स्वीकृति दिने जिम्मा पाएको वैदेशिक रोजगार विभाग अन्तर्गतका वैदेशिक रोजगार कार्यालय तथा श्रम कार्यालयहरूले हालको सफ्टवेयरबाट एक घण्टामा श्रम स्वीकृति दिन नसक्ने जनाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल (डिपी) ले शुक्रबारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिने तयारी गरेको बताउनुभएको थियो । विभाग अन्तर्गतका वैदेशिक रोजगार कार्यालय काठमाडौँसहित श्रम तथा रोजगार कार्यालय पोखरा, श्रम तथा रोजगार कार्यालय बुटवल, श्रम तथा रोजगार कार्यालय जनकपुर र श्रम तथा रोजगार कार्यालय सुर्खेत र दूतावासबाट गन्तव्य देशबाट श्रम स्वीकृति लिन सकिने व्यवस्था छ ।
सन्दर्भ : विश्व पानी दिवस, खानेपानीमा ९५ प्रतिशतको पहुँच
गुणस्तरीय खानेपानीमा मुलुकको २५ प्रतिशत जनसङ्ख्याको पहुँच पुगेको छ । आधारभूत खानेपानीमा ९५ प्रतिशत नेपालीको पहुँच पुगेको छ । आधारभूत खानेपानीलाई प्रशोधन गरी नेपाल खानेपानी गुणस्तर मापदण्ड कायम गरिएको पानीलाई गुणस्तरीय खानेपानी मानिएको छ भने कुनै पनि मूल वा स्रोतमा पाइप राखेर घरको आँगनसम्म पु¥याई पानी उपभोग गर्नुलाई आधारभूत खानेपानी मानिएको छ ।
लैला : सुस्ता बचाऊ अभियानकी खम्बा
नवलपरासीपश्चिम सुस्ता गाउँपालिका–५ की नुरजहाँ बेगमले भारतमा विवाह गर्नुभयो । प्रसङ्ग झन्डै ३५ वर्षअघिको हो । भारत कुशीनगर रमकोलाका बद्री आलमसँग विवाह गर्नुभएकी नुरजहाँ चार दिन मात्र आफ्नो घरमा बस्नुभयो । भारतले निरन्तर नेपालको सुस्तामा अतिक्रमण गरिरहेकाले नेपाली भूमि जोगाउन आफ्नो आवश्यकता रहेको नुरजहाँलाई महसुस भयो । नुरजहाँले नेपाल आउन पतिलाई निकै आग्रह गर्न थाल्नुभयो ।
ज्यान त गयो सँगै ऋण तिर्ने पीडा थपियो
“बुढी ! अब म युद्ध क्षेत्रमा जाँदै छु । हामी पाँच जनालाई लगिँदै छ । फोन सम्पर्क नहुन पनि सक्छ । लोग्ने युद्धमा छ भनेर नरुनू । पिर चिन्ता नलिनू । छोराछोरीको राम्रोसँग ख्याल गर्नू । मेरो भर छैन ।” लालबहादुर घर्तीले रुसबाट श्रीमती भुमालाई अन्तिम पटक भनेको संवाद हो यो । गत माघ २ गते फोनवार्तामा लालबहादुरले ‘एक हप्तामा आउन सके आइहाल्छु, नत्र मेरो लोग्ने जीवित छैन भनेर सम्झनू’ भनेका वाक्य भुमाका कानमा अझैसम्म गुन्जिइरहेको छ ।
रारामा कर्णाली प्रदेशस्तरीय कबड्डी प्रतियोगिता हुने
कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुमा अवस्थित नेपालकै ठुलो तथा गहिरो ताल राराताल रहेको क्षेत्रमा प्रदेशस्तरीय कबड्डी प्रतियोगिताको आयोजना गरिने भएको छ ।
गिद्धको वासस्थान संरक्षणमा सामाजिक सङ्घसंस्थाको चासो
लोपोन्मुख पक्षी गिद्धको वासस्थान फेला परेपछि महोत्तरीका सामाजिक सङ्घसंस्थाले त्यसबारे चासो बढाएका छन् । जिल्लाका चुरे पर्वत श्रेणीमा पर्यटन विकासको सम्भावना खोजी गर्न पदमार्ग निर्माण थालेका सामाजिक सङ्घ संस्थाले बर्दिबास-३ को राईमण्डल धार्मिकक्षेत्रको शिरअवस्थित चुरे शृङ्खलाको थुम्कोमा गिद्धको वासस्थान फेला परेपछि त्यसको संरक्षणमा जोड दिएका हुन् ।
‘चलचित्र ‘गोर्खा वारियर’मा पुर्खाले भोगेका वास्तविक घटना चित्रण भएको छ’
ब्रिटिस गोर्खा सैनिक (बेलायती सेना)ले लडाइँमा भोगेका सत्य कथामा आधारित नेपाली कथानक चलचित्र ‘गोर्खा वारियर’को विशेष च्यारिटी सो दिक्तेलमा सुरु गरिएको छ ।
विभेदलाई जित्न हिँड्नु भएका दाहाललाई राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी
परिपक्व राजनीतिज्ञ नारायणप्रसाद दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित हुनुभएको छ । लामो राजनीतिक जीवन व्यतीत गर्नुभएका दाहाल साझा जीवन, उच्च विचारले प्रेरित व्यक्तित्व हुनुहुन्छ ।
सहस्राब्दी पदमार्गमा सिँढी बाटो निर्माण
तनहुँको दुलेगौडादेखि स्याङ्जाको रामबाछा जोडिने सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रर्याक) अन्तर्गत पुतलीबजार नगरपालिका-१२ गैरीस्वारादेखि केघा देउराली जाने तथा तनहुँको शुक्लागण्डकी नगरपालिका-१२ बाबियाडाँडा ठाँटीमा सिँढी बाटो निर्माण गरिएको छ ।
राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित
राष्ट्रिय सभा अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का सांसद नारायणप्रसाद दाहाल निर्वाचित हुनुभएको छ । उहाँ ३९ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
होचो मान्छेको उचाइ छुने सङ्घर्ष
नेपाल होचा पुड्का सङ्घले आत्मनिर्भर एवम् स्वरोजगारका लागि काठमाडौंमा करिब एक महिनादेखि सिलाइबुनाइ तालिम सञ्चालन गर्दै आएको छ । कक्षा १२ देखि स्नातक तहमा अध्ययन गर्दै गरेका होचा पुड्का विद्यार्थीदेखि उमेर ढल्किँदै गरेका व्यक्तिहरु तालिममा सहभागी हुनुहुन्छ ।
कोशी बाढीपीडित : क्षतिपूर्तिको आसमा बगरको तिरो तिर्दै
लालपुर्जा साथमै छ, जग्गा सप्तकोशीको पानीमुनि । सप्तकोशी नदीमा बाढीसँगै आउने पानी, बालुवा र ढुङ्गामुढाले पुरेपछि हजारौँ नागरिकको घरबार र सपना पनि बगाएको छ । सबैभन्दा ठुलो क्षेत्रमा फैलिएर बग्ने सप्तकोशीमा आएको बाढीको डुबान र कटानमा परेर चार हजारभन्दा बढी घरपरिवार विस्थापित बनेका छन् । पाँच दशकदेखि विस्थापित कोशीपीडितले अहिलेसम्म पनि मुआब्जा पाउन सकेका छैनन् ।
सात महिनामा आठ खर्ब उनन्चालिस अर्ब विप्रेषण
चालु आर्थिक वर्ष २०८०/८१ को सात महिनामा विप्रेषण आप्रवाह आठ खर्ब ३९ अर्ब पुगेको छ । सात महिनामा विप्रेषण आप्रवाह २१.६ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई छ अर्ब ३१ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो विप्रेषण १६.४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ४७ हजार १२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ५८ हजार ५४० रहेको छ ।
राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारी दर्ता सोमबार
राष्ट्रिय सभा अध्यक्ष पदका लागि यही फागुन २८ गते सोमबार उम्मेदवारी दर्ता हुने भएको छ । मतदान फागुन २९ गते मङ्गलबार हुने छ । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले भन्नुभयो, “दलका नेता तथा
२० सदस्यीय प्रचण्ड मन्त्रिपरिषद् : कुन पार्टीबाट को मन्त्री ?
बुधबार २० सदस्यीय मन्त्रिपरिषद् विस्तार हुँदा तीन जना उपप्रधानमन्त्री बन्नुभएको छ । तीन उपप्रधानमन्त्रीमा एमालेका रघुवीर महासेठ पहिलो वरियतामा हुनुहुन्छ । एमालेले उपप्रधानसहित आठ, माओवादीले प्रधानमन्त्री, उपप्रधानमन्त्रीसहित ६, रास्वपाले उपप्रधान तथा गृहमन्त्रीसहित चार र नेकपा (एस)ले दुई मन्त्रालय पाएका छन् ।
निजामती विधेयक दर्ता : उमेर हद ६० वर्ष, तहगत प्रणालीको प्रस्ताव
सङ्घीय निजामती सेवाको गठन, सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसदमा दर्ता गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सङ्घीय संसदमा विधेयकको मस्यौदा दर्ता गराएको हो । गत भदौमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पेस गरेको विधेयकको मस्यौदा आइतबार मात्र मन्त्रालयमा पुगेर सोमबार सङ्घीय संसदमा दर्ता भएको हो । मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले विधेयक संसदमा दर्ता गराइएको भन्दै अब सार्वभौम संसदले विधेयकमाथि व्यापक छलफल गरी ऐन जारी गर्ने विश्वास व्यक्त गर्नुभयो ।
देशी रोग र किराले खेती बर्बाद
मानिस, पशुपन्छी र कृषि उत्पादनको अन्तर्राष्ट्रिय स्तरमा हुने आवातजावत र ओसारपसारले कृषि तथा पशुपालनको क्षेत्रमा ठुला र डरलाग्दा समस्या ल्याएको छ । खुला सीमा र कमजोर क्वारेन्टाइन (चेकजाँच) का कारण नेपालमा त्यस्ता सङ्क्रमणको जोखिम बर्सेनि बढिरहेको छ ।
भृकुटीमण्डपमा भाडा तिर्न अटेर, उठेन साढे छ करोड रुपियाँ
काठमाडौँको भृकुटीमण्डपमा रहेको समाज कल्याण परिषद्को जग्गा प्रयोगकर्ताले राजनीतिक पहुँचका आडमा विगत ३० वर्षदेखि भाडा तिर्न अटेर गर्दै आएको पाइएको छ । भृकुटीमण्डप परिसरमा विभिन्न ४२ सङ्घसंस्था र व्यक्तिले प्रयोग गरेको स्टल तथा भवन एवं मेला, प्रदर्शनी आदि गरेबापतको भाडा तिर्न अटेर गरेका छन् । गत असार मसान्तसम्मको तथ्याङ्क अनुसार उनीहरूबाट करिब छ करोड ५३ लाख रुपियाँ उठ्न बाँकी छ । परिषद्का प्रशासन प्रमुख दुर्गाप्रसाद भट्टराईले राजनीतिक दलका नेतादेखि पत्रकार तथा कर्मचारीका संस्थासम्मले भाडा तिर्न अटेर गर्दै आएको बताउँदै भन्नुभयो, “राजनीतिक शक्तिको आडमा उठाउन सकेका छैनौँ । बारम्बार ताकेता गर्दा पनि अटेर गर्दै आएका छन् ।”
सगरमाथा आरोहीलाई विद्युतीय चिप्स
सरकारले आरोहण कार्यलाई व्यवस्थित तथा सुरक्षित बनाउन पर्वतारोहीको पोसाकमा विद्युतीय चिप्स जडान गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले यही वसन्त ऋतुदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा जाने आरोहीले लगाउने विशेष पोसाक (ज्याकेट) मा विद्युतीय चिप्स जडान गर्ने भएको हो ।