सोह्रौँ योजनालाई अन्तिम रूप दिइँदै
१६ औँ पञ्चवर्षीय योजनालाई अन्तिम रूप दिने गरी राष्ट्रिय योजना आयोगले बिहीबार राष्ट्रिय विकास परिषद्को बैठकमा बृहत् छलफल गराएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सम्पन्न बैठकमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, निजी क्षेत्रका प्रतिनिधि, प्रदेश सरकारका मुख्यमन्त्री स्थानीय निकायका प्रतिनिधिलगायत समेटर १६ औँ योजनाका प्रस्तावहरूमाथि मिहिन छलफल गराएको हो ।
विद्यालयको तीनतिर पहिरो
नवलपुरको बुलिङटार गाउँपालिका–४ को अर्खलामा गएको पहिरोले यहाँको सेतीनाग माध्यमिक विद्यालयलाई तीनतिरबाट घेरेको छ । यसरी पहिरोले घेरिँदा त्यहाँ पढ्ने २२३ जना विद्यार्थीको ज्यान जोखिममा छ । समुद्री सतहदेखि ९२७ मिटर उचाइमा रहेको यो विद्यालयलाई पश्चिमतिरबाट पहिरोले छुन ५०/६० मिटर मात्र बाँकी छ । त्यसै कारण विद्यालयको बिमसमेत चर्किइसकेको छ । पहिरोको त्रासले हरेक वर्ष विद्यार्थीको सङ्ख्या घटिरहेको विद्यालयका प्रधानाध्यापक खेमबहादुर सुस्लिङले बताउनुभयो । उहाँका अनुसार गत शैक्षिक सत्रमा २४० जना विद्यार्थी अध्ययनरत रहेकोमा यस शैक्षिक सत्रमा घटेर २२३ जना मात्र भर्ना भएका छन् ।
सार्वजनिक जग्गा अतिक्रमण, तथ्याङ्ककै अभाव
देशभरका विभिन्न स्थानमा सार्वजनिक जग्गा कब्जा गरी पहुँचवालाले एकाधिकार जमाइरहँदा सरकारसँग भने मिचिएका सार्वजनिक जग्गाको यकिन विवरण नै छैन । केही स्थानीय तह आफैँले सार्वजनिक जग्गाको संरक्षण गरे पनि संरक्षण गरिएको जग्गाको यकिन विवरण सङ्घीय सरकारलाई नपठाउँदा संरक्षण भएका जग्गाको पनि अभिलेख एकीकृत हुन सकेको छैन । तीन महिनाअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई सार्वजनिक जग्गाको अभिलेख सात दिनभित्र उपलब्ध गराउन परिपत्र गरेको थियो । मन्त्रालयले परिपत्र गरेपछि अहिलेसम्म तीन सय स्थानीय तहले मात्र विवरण मन्त्रालयमा पठाएका छन् भने अन्य स्थानीय तहले मन्त्रालयलाई विवरण नै पठाएका छैनन् ।
गोरखापत्र प्रकाशनमा ३३ प्रतिशत छुट
गोरखापत्र संस्थानको मुख्य प्रकाशन गोरखापत्र दैनिक र द राइजिङ नेपाल दैनिकको ग्राहकका लागि ३३ प्रतिशत छुटको सुविधा सार्वजनिक गरेको छ । संस्थानले ग्राहकको सुविधालाई मध्यनजर गर्दै नयाँ वर्ष २०८१ साल देखि जेठ महिनाभर यो अफर ल्याएको जनाएको छ ।
रोनाल्डोका सन्तान कतार जाने
रोनाल्डो, फुटबल र कतार यी तीन विश्वमा चर्चित नाम हुन् । पोर्चुगलका प्रख्यात फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो विश्व विख्यात छन् । फुटबल आफैँ लोकप्रिय खेल हो र कतारले सन् २०२२ को विश्वकपको सफल आयोजना गरिसकेको छ । अब यी तीनसँग नेपाल र हात्तीको पनि सम्बन्ध जोडिन लागेको छ । कतारका अमिर सेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका अवसरमा उपहार दिन लागिएका दुई हात्तीले त्यस्तो सम्बन्ध स्थापना गराउने भएका हुन् अर्थात् दुई हात्तीको नाम रोनाल्डो रहेको छ ।
लगानी सम्मेलन लक्षित अध्यादेश सिफारिस
लगानी सम्मेलन लक्षित गरी सरकारले अध्यादेशमार्फत नौ वटा कानुन संशोधनका लागि अध्यादेश ल्याउने भएको छ । लगानी सहजीकरणका लागि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश मन्त्रीपरिषद्को सोमबारको बैठकले पारित गरी राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो ।
रित्तिँदै गाउँका विद्यालय, सहरमा विद्यार्थीको चाप : पूर्वाधार थपिए, विद्यार्थी घटे
बाह्र वर्षअघि विद्यार्थी खचाखच भरिने दुल्लु नगरपालिका–१०, राजाकाँधस्थित इन्द्रज्वाला आधारभूत विद्यालयमा अहिले मुस्किलले १५० जना विद्यार्थी पनि छैनन् । २०४५ सालमा स्थापित यो विद्यालयमा भौतिक पूर्वाधारको सुविधा राम्रो थिएन तर अधिकांश स्थानीयले यही स्कुलमा छोराछोरी पढाउँथे । अहिले यो विद्यालयको सुविधा सम्पन्न भवन छ तर विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको छ ।
बढ्दो आगलागी घटना: पाँचको मृत्यु, साढे ११ करोड क्षति
गर्मीयाम सुरु भएसँगै आगलागीसहित डढलोसहितको घटना बढेको छ । आगलागीका कारण नौ दिनमै देशभर साढे ११ करोड बराबरको क्षति भएको छ । पाँच जनाको मृत्यु भएको छ ।
भर्नामा छुटे राउटे बालबालिका
सरकारले प्रत्येक समुदायमा पुगेर समयमै भर्ना समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान भन्ने नारासाथ विद्यार्थी अभियान २०८१ सञ्चालन गरिरहेको छ तर राउटे बालबालिकासम्म विद्यार्थी भर्ना अभियान पुग्न सकेको छैन । लेखपढ नगर्ने, एकै ठाउँमा नबस्ने र खेतीपाती नगर्ने मान्यताले राउटे समुदाय पछिल्लो समय सामाजिक संस्कारसँग जोडिँदै आएका भने छन् । उनीहरूलाई विद्यार्थी भर्ना अभियानमा जोड्न नसक्दा राउटे समुदायका बालबालिका शिक्षाको अवसरबाट टाढिएका छन् । राउटे परियोजना सञ्चालन गरिरहेको एक गैरसरकारी संस्थाका जोडी शिक्षक लालबहादुर खत्रीले राउटे बालबालिकामा पढ्ने इच्छा भएको भए पनि अभिभावकले नै पढ्न नदिने गरेको बताउनुभयो । उहाँले बालबालिकालाई छ वर्षदेखि नाम लेख्न र अक्षर सिकाउन लागिएको भए पनि त्यो काम पनि समुदाय बसेको ठाउँभन्दा अलि टाढैबाट गरिरहेको जानकारी दिनुभयो ।
समस्याग्रस्त बिस सहकारी, आफैँ सञ्चालक आफैँ ऋणी
सङ्घीय सरकार मातहत दर्ता भएकामध्ये २० सहकारी संस्थालाई ‘समस्याग्रस्त’ घोषणा गरिएको छ । गलत तरिकाले ऋण प्रवाह, आर्थिक अनियमितता र सर्वसाधारणको सेयर र बचतको चरम दुरुपयोगकै कारण यी सहकारी संस्था समस्याग्रस्त बनेका पाइएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार समस्याग्रस्त सहकारी संस्थाको सूचीमा पछिल्लो पटक गौतमश्री बहुद्देश्यीय सहकारी संस्था लिमिटेड पनि थपिएको छ । २० मध्ये दुई/दुई वटा सहकारी संस्थाको सञ्चालक पनि एउटै व्यक्ति रहेको खुलेको छ । यी २० वटै सहकारी संस्थाबाट झन्डै १७ अर्ब रुपियाँ अपचलन भएको छ ।
बसाइँसराइले रित्तिँदै गाउँ
नवलपुरको बौदीकाली गाउँपालिका–१, डेढगाउँ यो क्षेत्रका लागि सहर हो । राष्ट्रिय प्रसारणको लाइन नपुगे पनि वैकल्पिक ऊर्जाले गाउँ झिलिमिली छ । गाउँमै सरकारी र बोर्डिङ स्कुल सञ्चालित छन् । सञ्चार सुविधाको कमी छैन । स्वास्थ्य चौकी नजिकै छ । बौदीखोलाबाट ल्याइएको पानीको नहरले जहाँतहीँ सिँचाइ हुन्छ । पिउने पानी छ्यालब्याल छ । अझ अजङ पहरा छिचोल्दै गाउँमै पुगेको कालीगण्डकी कोरिडोरले सजिलैसँग गाउँ र सहरलाई जोडेपछि यहाँका बासिन्दाको जीवनशैली नै परिवर्तन गराएको छ । सबैभन्दा राम्रो त गाउँको हावापानी छ अनि विषादीमुक्त फलफूल र तरकारी ।
गण्डकी प्रदेशका धार्मिक तथा पर्यटकीय स्थलहरु
प्राकृतिक, सांस्कृतिक, पर्यटकीय तथा साहसिक पर्यटनका हिसाबले महत्त्वपूर्ण गण्डकी प्रदेश हो । प्रदेशभित्रका ११ जिल्ला आआफ्नै विशेषता र फरक फरक पहिचान बोकेका छन् । मौलिक कला, संस्कृतिले भरिपूर्ण प्रदेशका ऐतिहासिक सम्पदाहरू यहाँका अमूल्य गहना हुन् । नेपालमा घुमफिरको संस्कृतिले व्यापकता पाउँदै गएको छ । यसरी घुम्नेहरूको समूहको ठुलो सङ्ख्या गण्डकी प्रदेशका विभिन्न पर्यटकीय तथा धार्मिक स्थलको अवलोकनका लागि पुग्ने गरेका छन् । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरा गत महिना मात्र नेपालको पर्यटकीय राजधानी घोषणा गरियो । गण्डकी प्रदेशलाई मुलुककै पर्यटकीय केन्द्र
बैङ्क खाता खोल्दै राउटे समुदाय
‘पैसा छोए पाप लाग्छ’ भने मान्यता राख्ने फिरन्ते टाउटे समुदाय आधुनिक वित्तीय गतिविधिमा प्रवेश गरेका छन् । सरकारले उनीहरूलाई दिने गरेको सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फतै बुझ्न उनीहरू सहमत भएका छन् । त्यसका लागि खाता खोल्न थालिएको छ । सामाजिक सुरक्षा भत्ता वितरण गर्दा राउटे समुदायका प्रत्येक नागरिकको बैङ्क खातामा जम्मा गर्ने र पछि समुदायमै गएर भत्ता वितरण गर्ने सहमति भएपछि उनीहरू खाता खोल्न सहमत भएका हुन् ।
सगरमाथा आरोहण गर्न नयाँ बाटो
सगरमाथा आरोहणका लागि यो वसन्तमा नयाँ बाटो सञ्चालमा ल्याइएको छ । पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार पहिलो आधार शिविरनजिक रहेको ल्हो ला पिक आसपास सन् २०१४ अगाडि प्रयोग भएको रुटनजिकै भएर नयाँ बाटो तयार पारिएको हो ।
कृत्रिम प्रकाशका कारण सङ्कटमा चरा
अहिले गाउँ होस् या सहर, सडक होस् वा घर, होटल वा रिसोर्ट जताततै बत्ती राखेर झिलिमिली पार्ने होड नै चलेको छ । व्यापार वृद्धिका लागि उज्यालो र झिलिमिली बनाउने आमप्रचलन छ । यसले मानिसलाई सजिलो बनाए पनि चरा र जीवजन्तुलाई भने बाँच्नै मुस्किल बनाएको छ । अझ शान्त ठाउँ भन्दै जङ्गल र नदी किनारामा रिसोर्ट बनाउने र आसपासका रुखलाई आकर्षक बनाउन कृत्रिम बत्ती बाल्दा आकर्षण देखिए पनि चराका लागि ती पासो जस्तै बनेका छन् । राजमार्गका छेउमा राखिएका सडकबत्तीसँगै रुखमा अनावश्यक रूपमा राखिएका झिलिमिलीले सानादेखि ठुला प्रजातिका चरालाई असर पारेको छ । त्यसतर्फ राज्यबाट चासो हुन नसकेको यस क्षेत्रमा आबद्ध खोजकर्ताले बताएका छन् ।
लगानी सम्मेलनबारे परामर्श,१४८ आयोजना प्रस्तुतिको तयारी
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच समसामयिक सन्दर्भमा छलफल भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबिच बुधबार राजनीतिक, आर्थिकसहित देशको समसामयिक विषयमा परामर्श भएको हो । उहाँहरूबिच सरकारले वैशाख १६ र १७ गते आयोजना गर्ने लगानी सम्मेलनका सन्दर्भमा पनि छलफल भएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भन्नुभयो, “राष्ट्रपति र प्रधानमन्त्रीबिच देशका समग्र विषयवस्तुमाथि विमर्श भएको छ ।”
पन्चैबाजा र पुरोहित खोज्न सास्ती
बिहे र व्रतबन्ध परेपछि पन्चैबाजा रन्काएर पसिना छुट्ने गरी नाच्ने रङ्गिलो गण्डकी संस्कृति छ । अर्काकै बिहेका बाजा रन्किँदा पनि नचरी लगाइहाल्ने स्वभावका पोखरेलीलाई वैशाख ६ र ७ गतेका शुभसाइत भने रसरौसविहीन वा महँगो पर्न गएका छन् । बिहे त जु¥यो तर बाजा र कर्म गराउने पुरोहित खोज्न सास्ती छ पोखरामा । वैशाख ६ र ७ गतेका दिन सीमित लगनमा धेरैको बिहे भएकाले बाजा, पुरोहित, भोज, पार्टी प्यालेस, कपडा आदिको प्रबन्ध मिलाउन सास्ती भएको हो ।
विद्यालयका नाम नेपालीमा राख्ने पहल, सम्पर्कमा आउँदै विद्यालय
नाम परिवर्तनका सन्दर्भमा निजी विद्यालयका सञ्चालकले काठमाडौँ महानगरपालिकामा धमाधम सम्पर्क गर्न थालेका छन् । अङ्ग्रेजीमा नामकरण गरिएका विद्यालयलाई नेपाली झल्काउने नाम परिवर्तन गर्ने अभियान कामपाले सुरु गरेको छ । कामपामा पूर्वप्राथमिकदेखि कक्षा १२ का करिब ७७१ विद्यालय दर्ता रहे पनि ५१२ वटा सञ्चालनमा छन् । तीमध्ये ३२४ वटा विद्यालयको नाम अङ्ग्रेजीमा राखिएका छन् । अङ्ग्रेजीमा नामकरण गरिएका विद्यालयलाई नाम परिवर्तनका लागि सम्पर्क राख्न सात दिनको समय दिइएको थियो भने नाम प्रस्तावको प्रस्ताव ल्याउन ३५ दिनको म्याद दिइएको छ ।
६१२ जनालाई हिमाल आरोहण अनुमति
वसन्त ऋतुमा हिमाल आरोहण गर्न ६८ समूहका ६१२ आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आरोहण अनुमति लिनेमा १३४ महिला र ४७८ जना पुरुष छन् । विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार सगरमाथासहित विभिन्न २३ हिमाल आरोहणका लागि अनुमति लिएकामध्ये सबैभन्दा बढी सगरमाथा आरोहण गर्न ४६ देशका २७४ आरोहीले अनुमति लिएका छन् ।
ऋणसँगै थपिँदै भुक्तानीको भार
खर्च दायित्व अनुसार आम्दानी बढ्न नसक्दा बजेट स्रोतका रूपमा सार्वजनिक ऋणको आकार बढ्दै जाने क्रम नियमित जस्तै बनेको छ । कुल बजेटको औसतमा एक चौथाइ स्रोत सार्वजनिक ऋणबाटै व्यवस्थापन गरिरहेको सरकारका लागि पछिल्लो समय त्यसको भुक्तानीको दायित्व पनि बढ्दै गएको देखिन्छ । चालु आवमा ऋण भुक्तानीकै लागि वित्तीय व्यवस्थातर्फको खर्च बढाएको सरकारले तेस्रो त्रैमास पूरा हुँदासम्म लिएको ऋण र भुक्तानी भएको रकम करिब बराबरजस्तै हुन पुगेको छ । यस्तो प्रवृत्तिले सरकारले ऋण उठाएर पुनः ऋणकै भुक्तानीका लागि खर्च गर्नुपर्ने अवस्था आएको देखाउँछ ।
वर्षाअघि भूकम्प प्रभावितलाई घर
सरकारले देशका विभिन्न भेगका घरबारविहीन भूकम्पपीडितलाई वर्षा अघि नै आफ्नै घरभित्र बस्ने वातावरण बनाउन थप अग्रसरता लिने भएको छ । जाजरकोट, रुकुमपश्चिम, बझाङलगायतका क्षेत्रका भूकम्प प्रभावित धेरै नागरिकले अस्थायी आवाससमेत नपाइरहेको अवस्थामा वर्षाअघि नै आफ्नै घरमा बस्न पाउने गरी अस्थायी अवास निर्माण सम्पन्न गर्न तदारुकता देखाएको हो । सोमबार विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २१ औँ बैठकमा कसरी भूकम्प प्रभावितलाई सहज रूपमा छिटो भूकम्प प्रतिरोधी घर प्रदान गर्न सकिन्छ भनेर सरकारका सबै सरोकारवाला निकायका उच्चाधिकारीबिच बहसै चल्यो ।
कोरिडोरले फेरियो जीवनशैली
नवलपुरको बुलिङटार–१ ढाँडबेसीका ३५ वर्षीय कुश माकिममगर चार वर्षअघि खाडी मुलुक साउदी अरब जानका लागि अन्तिम तयारीमा हुनुहुन्थ्यो । भिसा पनि आइसकेको थियो तर त्यहाँ रहेका नेपालीले पाएका दुःख, पीडा र सास्तीका समाचार सामाजिक सञ्जालमा देखेपछि अन्तिम समयमा उहाँको विदेश जाने मन फेरियो ।
हिउँदे अधिवेशनमा कानुन तर्जुमा न्यून
विधेयक अधिवेशनका रूपमा चिनिने सङ्घीय संसद्को हिउँदे अधिवेशनले तीन वटा मात्र विधेयक पारित गरेको छ । ७० दिन चलेको अधिवेशनबाट पारित विधेयकमध्ये दुई विधेयक अघिल्लो संसद्को कार्यकालमै माथिल्लो सदनमा उत्पत्ति भएका हुन् । आइतबार राति (१२ बजे) देखि हिउँदे अधिवेशन समाप्त भएको छ । सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिनको माग उठिरहेको विषय यथावत् नै राखेर अधिवेशन अन्त्य भएको हो ।
२०८० सालमा निजामती सेवा : थोरै उत्साह, केही बाधा
गत एक वर्षमा कसिलो बन्दै गएको प्रशासनिक सङ्घीयताको गाँठो फुक्न नसके पनि सङ्घीयताको साख गिर्न नदिने गरी प्रशासनिक सङ्घीयता गुजार्ने काम भएको छ । सरकारले निजामती सेवा ऐन जारी गर्न नसक्नु नै प्रशासनिक सङ्घीयता कार्यान्वयनको प्रमुख बाधक बनेको हो तर ढिलै भए पनि सङ्घीय निजामती सेवा विधेयक संसद्मा दर्ता भई छलफल हुनुले निजामती कर्मचारीमा केही उत्साह भने थपिएको छ ।