आर्थिक क्षेत्र दलहरुको साझा एजेन्डा हुनु पर्दछ : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दलहरुको चुनावी एजेन्डा आर्थिक विषयमा साझा हुनु पर्ने बताउनुभएको छ ।
सल्यानका दुई हजार ६६९ किशोरीलाई एचपिभी खोप लगाइँदै
सल्यान जिल्लाका दुई हजार ६६९ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाइने भएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ ५६ पैसा र बिक्रीदर १४७ रुपियाँ १६ पैसा तोकिएको छ ।
ओलीले भन्नुभयो, ‘गोली चलाउने आदेश दिएको होइन’
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ गते भएको दुःखद् घटनामा प्रधानमन्त्रीका हैसियतमा आफूले गोली चलाउने आदेश नदिएको स्पष्ट पार्नुभएको छ । उहाँले संविधानले कुनै पनि प्रधानमन्त्रीलाई नागरिकमाथि गोली चलाउन आदेश दिने अधिकार नदिएको उल्लेख गर्दै आफूले त्यस्तो आदेश कहिल्यै नदिएको प्रष्ट पार्नुभएको हो ।
अब विकासका एजेन्डामा केन्द्रित हुनुपर्छ : अध्यक्ष उपेन्द्र यादव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार, पहिचान, स्वाभिमान र समानताको संघर्षसँगै अब विकासका एजेन्डामा केन्द्रित भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भारी हिमपातका कारण अलपत्र यात्रुको उद्धार
हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछि अलपत्र परेका यात्रुको उद्धार गरिएको छ। गए राति ४ बजेदेखि परेको हिमपातका कारण बागलुङ र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा अलपत्र परेका ५० जना यात्रुको उद्धार गरिएको हो।
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवाको मृत्यु
काठमाडौँको नागार्जुनमा दुईवटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा छुट्याउने क्रममा सोही स्थानका रणे तामाङको मृत्यु भएको छ।
बङ्गलादेश र नेदरल्यान्ड्स विश्वकपमा छनोट
बङ्गलादेश र नेदरल्यान्ड्स आइसिसी महिला टी–२० विश्वकपमा छनोट भएको छ ।
ताप्लेजुङका १८ जनाको नाम बन्दसूचीमा समावेश
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ ताप्लेजुङका अठार जनाको नाम बन्दसूचीमा समावेश भएको छ । विभिन्न दलका तर्फबाट समानुपातिकमा सिफारिस भएकाको नाम बन्दसूचीमा समावेश भएको हो ।
सीप र स्वरोजगारले महिलालाई बनाउँदै छ सशक्त
पितृसत्तात्मक समाजिक संरचनाका कारण घरधन्दामै सीमित हुँदैआएका सुदूरपश्चिमका ग्रामीण महिलाहरू चुलो–चौकाबाट बाहिर आउन थालेका छन् ।
हात्तीको बढ्दो सङ्ख्या नियन्त्रण गर्न थाइल्यान्डको नयाँ उपाय
थाइल्यान्डले जङ्गली हात्तीको तीव्र रूपमा बढ्दै गएको जनसङ्ख्या नियन्त्रण गर्ने उद्देश्यले पहिलो पटक गर्भनिरोधक खोप प्रयोग गरेको छ । वन्यजन्तु संरक्षण विभागका एक वरिष्ठ अधिकारीले बुधबार यसबारे जानकारी दिएका हुन् ।
‘व्यावहारिक’ साझेदारी जोगाउन स्टार्मर चीन भ्रमणमा
बेलायती प्रधानमन्त्री किर स्टार्मरले बुधबार चीनको तीन दिने औपचारिक भ्रमण सुरु गर्नु भएको छ ।
नागरिक संस्थाद्वारा राजनीतिक घोषणापत्रमा सुझाव
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचमा विभिन्न राजनीतिक दलले घोषणापत्रहरूको तयारी गरिरहेका बेला विभिन्न १६ वटा नागरिक संघसंस्थाले सुझाव पेश गरेका छन।
प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्दा
बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्टसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
परराष्ट्रमन्त्री बालानन्द शर्माद्वारा महोत्तरीका मतदान केन्द्रको अनुगमन
परराष्ट्रमन्त्री बालानन्द शर्माले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी लिन महोत्तरीको सिमावर्ती क्षेत्रको अनुगमन गर्नुभएको छ ।
दीपेन्द्रसिंह अलराउन्डर वरीयताको छैटौँ स्थानमा
नेपाली राष्ट्रिय टोलीका क्रिकेटर दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० अलराउन्डर वरीयताको छैटौँ स्थानमा उक्लिनुभएको छ ।
भारत-युरोप व्यापार सम्झौताः भारतले युरोपेली बजारमा फाइदा पाउने
संयुक्त राज्य अमेरिकाका व्यापार प्रतिनिधि जेम्सन ग्रीरले भारत र यूरोपेली सङ्घबिच सम्पन्न व्यापार सम्झौतापछि भारतले युरोपेली बजारमा महत्वपूर्ण पहुँच पाएको बताउनु भएको छ ।
बाँकेमा राजनीतिक दल र उम्मेदवार चुनावी प्रचारको रणनीति बनाउन व्यस्त
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मनोनयन सकिएसँगै बाँकेमा चुनावी सरगर्मी बढ्न थालेको छ।
उत्तरी गोरखामा हिमपात, स्थानीय खुशी
उत्तरी गोरखामा हिमपात भएको छ । बुधबार बिहान ३ बजेदेखि चुमनुब्री गाउँपालिका-१ साम्दो, सामागाउँ, ल्हो, स्याला चुम्चेत र छेकाम्पारमा रूपमा हिमपात भईरहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।
किमले आणविक योजना सार्वजनिक गर्ने सङ्केत
उत्तर कोरियाली नेता किम जोङ उनले आगामी सत्तारूढ मजदुर पार्टीको सम्मेलनमा देशको आणविक प्रतिरोध क्षमता अझ सुदृढ पार्ने योजना सार्वजनिक गरिने बताउनु भएको छ ।
मोरङमा इजाजतप्राप्त हातहतियार बुझाउन प्रशासनको कडाइ
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मोरङ जिल्लामा इजाजतप्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय मोरङले आग्रह गरेको छ ।
निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन तनहुँका दलहरू प्रतिबद्ध
तनहुँका राजनीतिक दल र उम्मेदवारले निर्वाचन आचारसंहिताको अक्षरसः पालना गर्दै स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गर्न साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।
कूटनीतिक संवादमा अमेरिकाको पहिलो महत्त्वपूर्ण कदमः वेनेजुएलामा दूतावास पुनः सञ्चालन
संयुक्त राज्य अमेरिकाले वेनेजुएलामा बन्द भएको आफ्नो दूतावासलाई फेरि खोल्ने प्राथमिक तयारी थालेको छ ।