राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी मन्त्री चौधरीलाई
प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वन तथा वातावरणमन्त्री गीता चौधरीलाई प्रदान गर्नुभएको छ ।
डिजिटल सामग्री तथा एआई आधारित सिकाइ प्रणाली विकास गरिने
सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ देखि डिजिटल सामग्री तथा एआई आधारित सिकाइ प्रणाली विकास गर्ने भएको छ ।
प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित, अर्को बैठक मङ्गलबार
प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनमार्फत सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुतिका लागि राष्ट्रपति रामचन्द्र पौडेलप्रति धन्यवाद प्रस्ताव पारित गरेको छ ।
राष्ट्रपति पौडेलद्वारा प्रस्तुत १०० बुँदे नीति तथा कार्यक्रम (पूर्णपाठ)
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३-०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।
पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गरिने
सरकारले सबै तहका पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गर्ने भएको छ ।
गौमुखी गाउँपालिकामा पन्ध्र सय ४५ धारा निर्माण
गौमुखी गाउँपालिका प्युठानले नागरिकलाई खानेपानी सुविधा उपलब्ध गराउन प्राथमिकताका साथ योजना अघि बढाएको छ ।
शिक्षामन्त्रीसँग संयुक्त राष्ट्रसङ्घ नियोगका प्रतिनिधिहरूको शिष्टाचार भेटवार्ता
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग संयुक्त राष्ट्रसङ्घको नेपालस्थित आवासीय संयोजक लीला पिटर्स याहिमा लगायत राष्ट्रसङ्घ अन्तर्गतका अन्य नियोगहरूको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ।
खेलकुद राष्ट्रिय एकताको माध्यम
सरकारले खेलकुदलाई राष्ट्रिय एकताको माध्यमको रूपमा अगाडि बढाउने भएको छ ।
नेपालमा कार्बन प्राधिकरण गठन हुने
नेपालमा कार्बन प्राधिकरण गठन हुने भएको छ ।
भ्रष्टाचारमा शून्य सहनशीलता कायम गरिने छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गर्ने बताउनुभएको छ ।
राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (प्रत्यक्ष प्रसारण)
राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको छ । सोमबार अपराह्न ४ बजे सुरु भएको संसद्को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
विपदबाट यसवर्ष १९ लाख बढी प्रभावित हुन सक्ने अनुमान
यसवर्षको मनसुन अवधिमा देशभर औसतभन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण मनसुनजन्य विपद्को जोखिम उच्च रहने आकलन गरिएको छ ।
पारसद्वारा कोशी प्राइड लिगको तयारी बारे जानकारी
नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्काले सुनसरीको भोक्राहा नरसिंह–४ मा हुन लागेको कोशी प्राइड लिगका लागि तयार भइरहेको खेल मैदान जानकारीसँगै निरिक्षण गर्नुभएको छ ।
नेप्से परिसूचकमा ३८ दशमलव १९ अङ्कको वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ३८ दशमलव १९ अङ्कले उकालो लागेर दुई हजार ७८३ दशमलव ८५ मा पुगेको छ । यो एक दशमलव ३९ प्रतिशतको वृद्धि हो ।
ज्येष्ठ नागरिकको व्यवस्थापनमा गम्भीर हुन सुझाव
नेपालमा ज्येष्ठ नागरिकको जनसङ्ख्या द्रुत गतिमा बढेकाले उनीहरूको व्यवस्थापनमा राज्यले तत्काल पहल थाल्नुपर्ने विज्ञहरूले बताएका छन् । विगत दुई दशकमा नेपालमा ६० वर्षभन्दा माथिको जनसंख्या दोब्बर भइसकेको र अझै पनि वृद्धिदर उच्च भएकाले परिवार र राज्य यसमा गम्भीर हुनुपर्ने सुझाव उहाँहरुको छ ।
घरेलु मैदानमा रियललाई हराउँदै बार्सिलोना च्याम्पियन
घरेलु मैदान क्याम्प नाउमा आइतबार राति भएको एल क्लासिको भिडन्तमा रियल म्याड्रिडलाई २–० गोलले हराउँदै बार्सिलोना च्याम्पियन बनेको हो ।
विद्युत प्राधिकरणका प्रमुखविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, कञ्चनपुर वितरण केन्द्र सप्तरीका प्रमुख महेन्द्रकुमार दासविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
क्यान साधारणसभा : एनपिएल प्रतिवेदन स्वीकृतिसहित अवार्ड गर्ने निर्णय
नेपाल क्रिकेट सङ्घ (क्यान)को वार्षिक साधारणसभाले नेपाल प्रिमियर लिग (एनपिएल )को दुवै संस्करणको वित्तीय प्रतिवेदनलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी सांसदहरूको आक्रोश
प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूले सरकारको पछिल्लो कदमविरुद्ध आक्रोश व्यक्त गर्नुभएको छ । संसद बैठकमा आज विशेष समयमा बोल्दै उहाँहरुले सो आक्रोश व्यक्त गर्नुभएको हो ।
सरकारको नीति कार्यक्रम आजः संसद् भवन परिसर झकिझकाउ
राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनको पूर्व तयारीस्वरूप सिंहदरबारमा पूर्वाभ्यास (रिहर्सल) गरिएको छ ।
सरसफाइ सप्ताह २०८३ आजदेखि सुरु (फोटो फिचर)
सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ मनाउने अभियान सुरु गरेको छ ।
एकसाथ आइसिटी सिक्दै क्याम्पसका गुरु र चेला
डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै शैक्षिक क्षेत्रमा सूचना तथा सञ्चार प्रविधि (आइसिटी) को आवश्यकता तीव्र बन्दै गइरहेका बेला सप्तरीको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा सञ्चालन गरिएको पाँच दिने आईसीटी तालिम सम्पन्न भएको छ ।
सुधारिएको करेसाबारीले डोर्याउँदैछ आत्मनिर्भरको बाटो
केही वर्षअघिसम्म गाउँघरका अधिकांश भान्सामा आफ्नै करेसाबारीमा फलाइएका ताजा सागसब्जी पाक्थे तर अहिले अवस्था फेरिएको छ । भान्सामा भित्रिने अधिकांश तरकारी बजारबाट आउँछन्, जहाँ उत्पादन बढाउने होडमा रासायनिक मलखाद र कीटनाशक औषधिको अत्यधिक प्रयोग भइरहेको छ ।
दिवसको अवसरमा मितेरी पुलमा सरसफाइ
सरसफाइ दिवसको अवसरमा बीरगञ्ज महानगरपालिका र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा सोमबार मुलुकको प्रमुख प्रवेशद्वार भनिएको मितेरी पुल, शंकराचार्य प्रवेशद्वारदेखि रजत जयन्तीसम्म सरसफाई कार्य सम्पन्न भएको छ।