• ११ मंसिर २०८२, बिहिबार

भारतको पार्या पर्यटन वृद्धि गर्नका लागि एडिबीद्वारा सात करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

blog

मनिला, मङ्सिर ११ गते । एसियाली विकास बैँक (एडिबी)ले भारतको मेघालय राज्यमा पर्या पर्यटन र प्राकृतिक खेतीलाई बढावा दिई दिगो जीविकोपार्जन सिर्जना गर्न सात करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।

यस परियोजनाले प्रकृतिमा आधारित पर्यटन, “जलवायु-स्मार्ट” खेती र वन संरक्षणसँग एकीकृत गरी महिला र आदिवासी समुदायसहित आठ हजार भन्दा बढी स्थानीय मानिसका लागि आर्थिक अवसर सिर्जना गर्ने जनाइएको छ । एडिबीको उत्तरपूर्वी आर्थिक कोरिडोर अध्ययनले मेघालयको विकासका प्रमुख अवयवका रूपमा प्रकृतिमा आधारित पर्यटन र व्यावसायिक कृषिलाई पहिचान गरेर परियोजनालाई आकार दिन मद्दत गरेको छ ।  

परियोजनाका मुख्य घटकमा प्रकृतिमा आधारित पारिस्थितिक पर्यटन आगन्तुक सुविधा निर्माण गर्ने समावेश छ जसले परम्परागत शिल्प र सीपका लागि व्याख्या केन्द्र र प्रदर्शन क्षेत्र र कृषि उत्पादनका लागि बजारका रूपमा काम गर्दछ । यस परियोजनाले पारिस्थितिक प्रणालीमा आधारित भुक्तानीमार्फत २५ हजार हेक्टर सामुदायिक वन पुनस्थापना गर्ने जनाइएको छ । 

यसका साथै जलवायु “स्मार्ट अभ्यास” अपनाउन र सिँचाइ प्रणालीको पुनः स्थापना गर्न किसानलाई सहयोग गर्ने छ । यसका साथै एडिबीले संस्थागत क्षमता बढाउन, बजार सम्बन्धलाई सुदृढ पार्न र कार्बन र जैविक विविधता जस्ता नवीन वित्तीय संयन्त्र मार्फत दिगोपन सुनिश्चित गर्न थप १० लाख डलर प्राविधिक सहायता अनुदान प्रदान गर्ने छ । रासस/सिन्ह्वा