शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, मङ्सिर ११ गते । नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले जितका लागि साविक विजेता जनकपुर बोल्ट्सलाई एक सय ५६ रनको लक्ष्य दिएको छ ।
त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५५ रन बनायो ।
पोखराका लागि सुमीत वर्माले सर्वाधिक अविजित ५० रन बनाउनुभयो । उहाँले २९ बलमा दुई चौका र चार छक्काको सहयोगमा अर्धशतक बनाउनुभएको हो । यस्तै ओपनर दिनेश खरेलले ३८, त्रित राज दासले २९ र एडम रोसिङ्टनले २४ रन बनाउनुभयो ।
बलिङमा जनकपुरका सन्जय कृष्णमूर्तिले तीन विकेट लिनुभयो । अनिल शाह र ललित राजवंशीले एक एक विकेट लिनुभयो ।
जारी एनपिएलको अघिल्ला दुई खेलमा लगातार हार खेपेका दुवै टोली आज जित निकाल्ने लक्ष्यमा छन् ।