बेल्जियम र जर्मनीलाई जित्नै पर्ने दबाब
कतारमा जारी फिफा विश्वकप फुटबलमा आज (बिहीबार) राति समूह ‘ई’ र ‘एफ’ को दुई दुई खेलमा प्रतिस्पर्धा हुँदैछ ।
विश्वकपमा इतिहास रच्दै महिला रेफ्री
कतारमा जारी फिफा विश्वकप अन्तर्गत बिहीबार (आज) राति हुने जर्मनी र कोस्टारिकाबीचको खेल महिला रेफ्रीले खेलाउने पक्का भएको छ । पुरुष विश्वकप फुटबलको इतिहासमा महिला रेफ्रीले खेल खेलाउन लागेको यो पहिलो पटक हो ।
अर्जेन्टिना र पोल्यान्ड अन्तिम १६ मा
अर्जेन्टिना र पोल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् ।
अष्ट्रेलिया नकआउट चरणमा
एसियाली टोली अष्ट्रेलिया कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘डी’ अन्तर्गत अल जानोब स्टेडियममा बुधबार राति भएको समूहको अन्तिम खेलमा अष्ट्रेलियाले डेनमार्कलाई १-० गोलले हरायो ।
स्पेन नकआउटको सँघारमा
जर्मनीविरुद्ध अन्तिम समयमा गोल बेहोरेर जितबाट वञ्चित भएको स्पेनलाई विश्वकप फुटबलको नकआउट चरणमा स्थान पक्का गर्न बिहीबार जापानविरुद्धको खेलमा केही मिहिनेत गर्न बाँकी भएको छ। जर्मनीविरुद्धको जितले स्पेनलाई जापानविरुद्धको खेल अगाडि नै प्रिक्वाटरफाइनलमा पु¥याउने थियो। तर जर्मनीका स्थानापन्न खेलाडी निक्लस फ्युलक्रुगले सात मिनेट बाँकी छँदा गोल गरेपछि स्पेनको पर्खाइ लम्बिएको हो। समूह ‘ई’अन्तर्गत सोही समयमा हुने जर्मनी र कोस्टाविरुद्धको नतिजा आफूअनुकूल आएमा जापानसँग हारेपछि स्पेन प्रिक्वाटरफाइनलमा पुग्ने स्थिति छ।
मोरोक्को नकआउट पुग्ने सम्भावना बलियो
सन् १९८६ पछि मोरोक्को पहिलो पटक विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणको नजिक रहेको छ। मोरोक्कोले आफ्नो समूहको अन्तिम खेलमा क्यानडाविरुद्ध खेल्दै छ। विश्वकप छनोटमा आफ्नो क्षेत्रमा मेक्सिको र अमेरिकाभन्दा पनि अगाडि रहेर कतार आएको क्यानडाले यस विश्वकपमा सो लयलाई भने दोहो¥याउन सकेन। क्यानडा सुरुका दुई खेलमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिसकेको छ। यद्यपि उसले अन्तिम खेलमा जित हासिल गरेर मोरोक्कोको प्रिक्वाटरफाइनलमा पुग्ने अभियान चकनाचुर पार्न सक्छ। आगामी संस्करण क्यानडाले अमेरिका र मेक्सिकोसँग संयुक्त रूपमा आयोजना गर्दै छ। त्यसैले पनि क्यानडा जितसहित अर्को संस्करणमा खेल्ने दाउमा रहेको छ।
इङ्ग्ल्यान्ड र अमेरिका अन्तिम १६ मा प्रवेश
इङ्ग्ल्यान्ड र अमेरिका कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘बी’ अन्तर्गत मंगलबार राति भएको खेलमा इङ्ग्ल्यान्डले वेल्सलाई ३–० गोलले हरायो । अर्को खेलमा अमेरिकाले इरानलाई १–० गोलले स्तब्ध बनायो ।
नेदरल्यान्ड्स र सेनेगल नकआउट चरणमा
नेदरल्यान्ड्स र सेनेगल कतारमा जारी फिफा विश्वकपको नकआउच चरणमा प्रवेश गरेका छन् । समूह ‘ए’ अन्तर्गत मंगलबार राति भएको खेलमा नेदरल्यान्ड्सले आयोजक कतारलाई २–० गोलले हरायो । अर्को खेलमा सेनेगलले इक्वेडरलाई २–१ गोलले स्तब्ध बनायो ।
अर्जेन्टिनालाई बाहिरिने डर
कतार विश्वकपमा सुरुका दुई खेलपछि नै विश्वका दुई सर्वश्रेष्ठ फुटबलरले सफलता र असफलता देखिसकेका छन्। पोल्यान्डका कप्तान रोवर्ट लेवान्डोस्कीले मेक्सिकोविरुद्धको खेलमा पेनाल्टीमा गोल गर्न असफल हुनुभएको थियो। यद्यपि त्यसपछि पोल्यान्डले साउदी अरबलाई २–० ले हराएको खेलमा लेवान्डोस्कीले विशेष प्रदर्शन गर्नुभयो। उहाँले एक गोल गर्नुका साथै अर्को गोलका लागि एसिस्ट गरेपछि पोल्यान्डको नकआउटमा पुग्ने सम्भावना कायम रहेको छ। हाल विश्वका सर्वश्रेष्ठ स्ट्राइकरमध्ये एक लेवान्डोस्कीले विश्वकपमा पहिलो पटक गोल गर्नुभएको हो। विश्वकपमा लेवान्डोस्की यसअघिका चार खेलमा गोलविहीन हुनुहुन्थ्यो।