क्यामरुनका गोलरक्षक आन्द्रे निलम्बित
विश्वकप खेल्ने हरेक खेलाडीको चाहना हुन्छ । तर, सबै खेलाडीले चाहेर पनि विश्वकप खेल्न पाउँदैनन् । कतारमा जारी २२औं संस्करणको फिफा विश्वकपमा दुई सय ११ देशबाट प्रतक्ष छनोट भएर आएका ३२ टोलीका आठ सय ३१ खेलाडीले मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् ।
नेदरल्यान्ड्स नकआउटको सँघारमा
विश्वकप फुटबलको उपाधि दाबेदारमध्ये एक नेदरल्यान्ड्स प्रिक्वाटरफाइनलमा सँघारमा रहेको छ। समूह ‘ए’मा नेदरल्यान्ड्सले समूह चरणको होडबाट बाहिरिसकेको आयोजक कतारविरुद्ध खेल्दै छ। कतारले सुरुका दुई खेल हारेको थियो। नेदरल्यान्ड्सलाई तुलनात्मक रूपमा कमजोर कतारविरुद्ध बराबरी पनि पर्याप्त छ। कतारसँग हारे पनि यस समूहको अर्को खेलमा इक्वेडरले सेनेगललाई हराएमा नेदरल्यान्ड्स अगाडि बढ्नेछ। ७१ वर्षीय प्रशिक्षक लुइस भान गालले नेदरल्यान्ड्सलाई विश्वकप दिलाउन आफ्नो सन्न्यासलाई रोकिरहनुभएको छ। नेदरल्यान्ड्स तीन पटक फाइनलमा पुगेर पनि विश्व च्याम्पियन बन्न नसकेको अभागी टिम हो। सन् १९७४ मा पश्चिम जर्मनी, सन् १९७८ मा अर्जेन्टिना र सन् २०१० मा स्पेनसँग फाइनलमा हारेपछि नेदरल्यान्ड्स नजिक पुगेर पनि विश्वविजेता बन्नबाट वञ्चित भएको थियो। सन् २०१४ मा पनि नेदरल्यान्ड्सले तेस्रो स्थान हासिल गरेको थियो।
वेल्सलाई इङ्ग्ल्यान्डविरुद्ध जित्नैपर्ने
बेलायतका दुई टिम इङ्ग्ल्यान्ड र वेल्सबीच फुटबलमा ठूलो प्रतिद्वन्द्विता छ। सन् २०१६ मा भएको युरो कपमा आइसल्यान्डसँग पराजित भएर इङ्ग्ल्यान्ड बाहिरिँदा वेल्सका खेलाडीहरूले मनाएको खुसियाली ‘भाइरल’ भएको थियो। सो प्रतियोगितामा इङ्ग्ल्यान्डसँग समूह चरणमा २–१ ले हारेको वेल्स सेमिफाइनलसम्मको यात्रा गर्न सफल भएको थियो।
पोर्चुगल नकआउट चरणमा
पोर्चुगल कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह एच अन्तर्गत लुसेल आइकोनिक स्टेडियममा सोमबार राति भएको खेलमा पोर्चुगलले उरुग्वेलाई २-० गोलले हरायो ।
स्वीट्जरल्यान्डलाई हराउँदै ब्राजिल नकआउट चरणमा
विश्वकपको सफल टोली ब्राजिल कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
घानासँग दक्षिण कोरिया पराजित
फिफा विश्वकप अन्तर्गत समूह चरणको दोस्रो खेलमा एसियाली टोली दक्षिण कोरियाले घानासँग हार खेपेको छ ।
सर्बिया र क्यामरुनको बराबरी
फिफा विश्वकप अन्तर्गत गोलको वर्ष भएको खेलमा सर्बिया र क्यामरुनले बराबरी खेल्दै अंक बाँडेका छन । अल जानोब स्टेडिममा सामेबार भएको समूह ‘जी’ को खेलमा सर्बिया र क्यामरुनले ३–३ गोलको बराबरीमा रोकिए ।
स्पेन र जर्मनी बराबरीमा रोकिए
स्पेन र जर्मनीले कतारमा जारी फिफा विश्वकप फुटबलमा बराबरी खेल्दै अङ्क बाँडेका छन् । समूह ‘ई’अन्तर्गत अल बायट स्टेडियममा आइतबार राति भएको खेलमा स्पेन र जर्मनीले १-१ गोलको बराबरी खेले ।
क्रोएसियासँग हार खेप्दै विश्वकपबाट बाहिरियो क्यानडा
क्रोएसियासँग सुरुवाती अग्रता लिएर पनि अन्तिममा फराकिलो हार खेपेको क्यानडा कतार विश्वकपको समूह चरणबाट बाहिरिएको छ ।