पोर्चुगललाई हराउँदै दक्षिण कोरिया नकआउट चरणमा
समूह ‘एच’ अन्तर्गत एजुकेशन सिटी स्डेडियममा भएको खेलमा दक्षिण कोरियाले पोर्चुगललाई २-१ गोलले हरायो । यसअघिनै नकआउट चरणमा स्थान बनाएको पोर्चुगल हारेपनि समूह विजेता बन्यो ।
खेलाडी उत्पादनमा सहयोग पुर्याउन फुटबल प्रतियोगिता
ताप्लेजुङको एक धार्मिक विद्यालयले आधारभूत तह स्तरमा अध्ययनरत विद्यार्थीको सहभागितामा फुटबल प्रतियोगिताको आयोजना गरेको छ । उक्त विद्यालयले आफ्नो वार्षिक उत्सवको अवसरमा फुटबल प्रतियोगिताको आयोजना गरेको हो ।
विश्वकप फुटबल : समूह चरणको अन्तिम भिडन्त आज
कतारमा जारी विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेल आज (शुक्रबार) राति हुँदैछ । राति समूह ‘जी’ र ‘एच’ का अन्तिम दुई दुई खेल हुनेछन् ।
जापान र स्पेन नकआउट चरणमा, जितेको जर्मनी बाहिरियो
जापान र स्पेन कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । जर्मनी समूह चरणबाटै बाहिरिएको छ ।
मोरोक्को र क्रोएसिया नकआउट चरणमा, बेल्जियम बाहिरियो
मोरोक्को र क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् ।
बेल्जियम र जर्मनीलाई जित्नै पर्ने दबाब
कतारमा जारी फिफा विश्वकप फुटबलमा आज (बिहीबार) राति समूह ‘ई’ र ‘एफ’ को दुई दुई खेलमा प्रतिस्पर्धा हुँदैछ ।
विश्वकपमा इतिहास रच्दै महिला रेफ्री
कतारमा जारी फिफा विश्वकप अन्तर्गत बिहीबार (आज) राति हुने जर्मनी र कोस्टारिकाबीचको खेल महिला रेफ्रीले खेलाउने पक्का भएको छ । पुरुष विश्वकप फुटबलको इतिहासमा महिला रेफ्रीले खेल खेलाउन लागेको यो पहिलो पटक हो ।
अर्जेन्टिना र पोल्यान्ड अन्तिम १६ मा
अर्जेन्टिना र पोल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् ।
अष्ट्रेलिया नकआउट चरणमा
एसियाली टोली अष्ट्रेलिया कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘डी’ अन्तर्गत अल जानोब स्टेडियममा बुधबार राति भएको समूहको अन्तिम खेलमा अष्ट्रेलियाले डेनमार्कलाई १-० गोलले हरायो ।