मेस्सीले तत्काल सन्यास नलिने
फिफा विश्वकपको २२औँ संस्करणपछि संन्यास लिने सोचमा रहनुभएका अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले विश्वकपको उपाधि चुमेपछि तत्काल संन्यास नलिने बताउनुभएको छ ।
विश्वकप उपाधिसँगै मेस्सी सर्वोत्कृष्ट खेलाडी
आफ्नो कप्तानीमा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका कप्तान लियोनल मेस्सी कतारमा आइतबार राति सम्पन्न २२औं फिफा विश्वकपको सर्वोत्कृष्ट खेलाडी हुनुभएको छ ।
फ्रान्सलाई हराउँदै अर्जेन्टिना च्याम्पियन
२२औं फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । छिनमै जित, छिनमै हार जस्तो सनसनीपूर्ण फाइनल खेलमा साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा ४-२ गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।
पहिलो हाफमा अर्जेन्टिना २-० गोलले अगाडि
फिफा विश्वकपको फाइनलमा साविक विजेता फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भईरहेको छ । कतारको दोहा स्थित लुसेल स्टेडियममा जारी फाइनल खेलको पहिलो हाफमा अर्जेन्टिनाले २-० गोलको अग्रता लिएको छ ।
छोटो कार्यक्रमबीच फाइनल खेल सुरु
कतारमा जारी २२औं फिफा विश्वकपको फाइनल सत्र छोटो कार्यक्रमसहित सुरु भएको छ । फाइनल खेलअघि विभिन्न कलाकारले सांगितिक प्रस्तुति दिएका थिए ।
घोडाघोडी नगर फुटबल समितिमा शाही
कैलालीको घोडाघोडीमा नगर फुटबल तदर्थ समिति गठन गरिएको छ । आइतबार एक कार्यक्रमका बीच गणेश शाहीको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको हो ।
विश्वकप फाइनल: फ्रान्सका राष्ट्रपति म्याक्रोँ कतारमा, अर्जेन्टिनाका फर्नान्डिज नजाने
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले सन् २०२२ को फिफा विश्वकपको फाइनल खेल हेरेर खेलाडी र शुभचिन्तकलाई साथ दिन आइतबार कतारमा जाने बताउनुभएको छ ।
मोरोक्कोलाई हराउँदै क्रोएसिया तेस्रो
क्रोएसिया कतारमा जारी २२औं फिफा विश्वकप फुटबलमा तेस्रो भएको छ । खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा शनिबार राति भएको खेलमा क्रोएसियाले मोरोक्कोलाई २-१ गोलले हरायो ।
फिफाद्वारा क्लब विश्वकप आयोजनाको घोषणा
विश्व फुटबल महासङ्घ (फिफा) ले सन् २०२५ देखि क्लब विश्वकप आयोजना गर्ने भएको छ ।