झापा गोल्डकपको विजेतालाई १३ लाख
भद्रपुर झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको विजेतालाई प्रथम पुरस्कार राशि १३ लाख रुपियाँ राखिएको छ ।
फिफा वरीयतामा नेपाल यथावत्
विश्व फुटबल महासङ्घ (फिफा) को वरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल एक सय ७५औँ स्थानमा यथावत् रहेको हो ।
स्पेनिस क्लबले नेपालमा दुई मैत्रीपूर्ण फुटबल खेल्ने
स्पेनिस फुटबल क्लब काथेरेन्यो एफसीले नेपालमा दुई वटा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । लुम्बिनी गार्डेन फाउन्डेसनले बिहीबार पत्रकार सम्मेलन गरी मैत्रीपूर्ण खेलबारे जानकारी दिएको हो ।
युनाइटेड इएफएल कपको क्वार्टरफाइनलमा
इङ्लिस प्रिमिर लिग क्लब म्यानचेस्टर युनाइटेड इएफएल (काराबाओ) कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा युनाइटेडले च्याम्पियनसिप क्लब बर्नलीलाई २–० गोलले हरायो ।
खुलामञ्चको खेलमैदानमा प्याराफिट विस्तारको काम सुरु
म्याग्दी सदरमुका बेनीमा निर्माणाधीन ‘बेनी मिनी रङ्गशाला’मा प्याराफिट विस्तारको थालिएको छ । उक्त योजनाको मंगलबार बेनी नगरपालिका–७, का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले शिलान्यास गर्नुभयो ।
विश्वकप विजेताको भब्य स्वागत
अर्जेन्टिनाले २२औं विश्वकप विजेता टोलीको भब्य स्वगत गरेको छ । कतारमा आइतबार राति सम्पन्न फिफा विश्वकप च्याम्पियन बनेर मंगलबार स्वदेश फर्किएको अर्जेन्टिनी टोलीलाई राजधानी ब्यूनस आयर्समा लाखौं समर्थकले सडकमा ओर्लिएर भब्य स्वागत गरेका हुन् ।
एनएसएलका लागि नयाँ सम्झौता
फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले र एनएसएल आयोजक नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनी प्रालिबीच नयाँ सम्झौता भएको छ ।
बेन्जेमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास
फ्रान्सका चर्चित स्ट्राइकर करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गर्नुभएको छ । बेन्जेमाले आफ्नो ३५औँ जन्मदिन मनाउने क्रममा सोमबार राति अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गर्नुभएको हो ।
झापामा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप
झापाको दमकमा अन्तर्राष्ट्रिय आमन्त्रण जय हुमागाईँ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । बुधबारदेखि सुरु हुने प्रतियोगितामा विदेशी तीनसहित आठ टोलीको सहभागिता रहनेछ ।