समाजको चित्र ‘डुङ्गा चिया घर’
एउटा कलाकारका लागि उसले देखेको, भोगेको र सुनेको कुरा नै सिर्जनाका स्रोत बन्ने गर्छन् । चित्रकार रवीन्द्र श्रेष्ठले डुङ्गामार्फत् समाजमा प्रत्यक्ष भोगेका अनुभव र देखिएका दृश्यलाई समेटेर समाजका अरू मान्छेसामु ल्याउने कोसिस गर्नुभएको छ । नेपालमा २०५२ सालदेखि चलेको माओवादी जनयुद्ध, रोल्पा रुकुमको दलित लाइभ म्याटर, जर्ज फ्लोइडको घटना, ब्लाक लाइभ म्याटर, रसिया–युक्रेनको चलिरहेको युद्ध उहाँका लागि राम्रा विषयवस्तु भएका छन् । रवीन्द्रको औँठाछाप सिरिज यही युद्ध–शान्ति, मानवीय संवेदना, एकतामाथि चल्दै आएका कलाका विषयवस्तु हुन् ।
एकानब्बे वर्षमा पनि कलासाधना
क्रोधकला शिरोमणिको उपाधिबाट विभूषित ९१ वर्षीय कलाकार कालु कुमाले (कुम्हा) सौम्य र शीतल व्यक्तित्वका धनी हुनुहुन्छ । विसं १९९० मा ललितपुरको थपाटोल ओकुबहालमा जन्मिई क्रोधकलामा विशेषज्ञता हासिल गर्नुभएका कलाकार कुमालेको कलाकर्म अहिले पनि जारी छ ।
पारिवारका उतारचढावमा आधारित फिल्म 'चित्रा'
निर्देशक घनश्याम लामिछानेले फिल्म 'चित्रा'लाई बाबुछोरीको सम्बन्धमा आधारित फिल्मको रूपमा मात्रै बुझ्न नहुने बताउनुभएको छ । पत्रकार भेटघाटमा निर्देशक लामिछानेले आफ्नो फिल्ममा बाबुले छोरी बचाउन गर्ने सङ्घर्ष मात्रै नभएर सम्बन्ध, मित्रता, पारिवारका उतारचढाव लगायतका कुरा समेटिएको बताउनुभएको हो ।
६६ वर्षीय गुरुङको स्वर प्रशंसनीय
६६ वर्षको उमेरमा पनि नयाँ नयाँ गीत रेकर्डिङ गरेर गीत सङ्गीत क्षेत्रमा सक्रिय रहनु भएका वरिष्ठ गायक शशी गुरुङको प्रयास प्रशंसनीय छ।
म्युजिकल सिनेमा ‘तिमी छौ र त’
गायक यश कुमारको शब्द, सङ्गीत र स्वर रहेको गीत ‘तिमी छौ र त’ को भिडियो सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित म्युजिकल सिनेमा भनिएको भिडियो सार्वजनिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गीतसङ्गीतले समाजमा सकारात्मकता प्रवाह गर्ने भन्दै सर्जकको प्रशंसा गर्नुभयो ।
बढ्यो चिसो, घटे नेपाली चलचित्र
चिसो बढेसँगै चलचित्र हलमा नेपाली चलचित्रको खडेरी लागेको छ । दसैँतिहारमा जुन सङ्ख्यामा नेपाली चलचित्र प्रदर्शनमा आएका थिए, त्यसपछि हलमा नेपाली चलचित्र एकदमै न्यून देखिन थालेका छन् । दसैँपछि चलचित्र ‘बासेन्जी’, ‘दिमाग खराब’, ‘जम्प’ र ‘दुई कदम’ प्रदर्शनमा आए । ‘दिमाग खराब’ बाहेक अन्य कुनै चलचित्रले बक्स अफिसमा सोचे जस्तो कमाइ गर्न सकेनन् ।
‘पर्खी बसेँ तिमीलाई’ सार्वजनिक
पुस २७ गते प्रदर्शन हुने चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ मा समावेश शीर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रमोद खरेल र अनु चौधरीको स्वर, महेश खड्काको सङ्गीत र कृष्णहरि बरालको शब्द रहेको छ । हिमाली तथा पहाडी भूभागको रमणीय दृश्यमा छायाङ्कन गरिएको गीतमा चलचित्रमार्फत डेब्यु गर्दै गरेका अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकी देखिनुभएको छ । गीतमा प्रेम र समर्पणलाई चित्रण गरिएको छ । दीपक श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलरमा हाँसो, रोदन, एक्सन, बिछोडलगायतका कुराको मिश्रण छ ।
विदेश जानेको पीडा : चलचित्र ‘डन्की’
बिदेसिनु युवाको रहर होइन, बाध्यता हो । त्यसमा पनि जो कोही युवालाई एक पटक विदेशको यात्रा गर्ने रहर मनभित्र जागेकै हुन्छ । विदेश जाने बाटो जस्तोसुकै किन नहोस्, विदेश जाने लक्ष्य मनमा बोकेपछि त्यसलाई कसैले रोक्न सक्दैन । विदेश जानका लागि अध्यागमन परामर्शदातालाई भेट्न आउनेहरू ‘डन्की’ शब्दसँग पक्कै परिचित होलान् तर सर्वसाधारणलाई भने नौलो लाग्न सक्छ । विदेश जान दुई वटा बाटो छन्, एउटा वैध र अर्को अवैध बाटो, जसलाई डन्की पनि भनिन्छ ।
हरिवंशसँगै विपिन र दुई रवीन्द्र
फिल्म ‘महाजात्रा’ फस्र्ट लुक्स सार्वजनिक गरिएको छ । जहाँ अभिनेता हरिवंश आचार्यसँगै शृङ्खलाका तीन कलाकार विपिन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झा देखिनुभएको छ । पोस्टरमा ‘जात्रा’ देखि नै फडिन्द्र (विपिन), जोएश (रवीन्द्र बानियाँ) र मुन्ना (रवीन्द्र झा) को भूमिकामा देखिँदै आएका तीन पात्रले अभिनेता आचार्यलाई ह्विलचेयरमा बोकेको दृश्य छ ।
महेश्वर पन्तको 'जिउँदा देवता' सार्वजनिक
गायक प्रवीन बेडवालको सुमधुर स्वरमा रहेको नयाँ गीत जिउँदा देवता को साङ्गीतिक लघु चलचित्र सार्वजनिक भएको छ। कृष्णा पन्त स्मृति प्रतिष्ठानको प्रस्तुति गीतकार सङ्गीतकार महेश्वर पन्तको रचना तथा सङ्गीत रहेको मार्मिक गीतको साङ्गीतिक लघु चलचित्र सार्वजनिक भएको छ।
मनाइयो तमु ल्होसार पर्व
आइतबार राजधानीको टुँडिखेलमा महिलाहरू शिरबन्दी, मखमली चोली, घलेक, पटुकी, छिट्को गुन्यु र मजेत्रो लगाएर सजिएका थिए भने पुरुषहरूले टोपी, भोटोमाथि भाङ्ग्रो लगाई कछाड र पटुकी बाँधी समूह बनाएर घाटु, सोरठी, कौडा नाचमा व्यस्त थिए । गुरुङ समुदायले पुरानो वर्ष (बिरोलो वर्ष) लाई बिदाइ गरी नयाँ वर्ष (गरुड वर्ष) लाई स्वागत गर्ने दिनका रूपमा आइतबार तमु ल्होसार धुमधामसँग मनाउने क्रममा यस्तो दृश्य देखिएको हो । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिले काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना ग¥यो ।
‘जात्रा यात्राको’ सांगीतिक महोत्सव सम्पन्न
काठमाडौंको डल्लु आवासमा ‘जात्रा यात्राको’ सांगीतिक महोत्सव सम्पन्न भएको छ।
सन् २०२३ : कलाकारले जगाएको वर्ष
सन् २०२३ मा धेरै बलिउड कलाकारले आफ्नो पेसामा पुनरागमन गरे र कतिपय ठुलो पर्दामा आफ्नो प्रभुत्व जमाउन सफल पनि भए । कतिपय चलचित्रले विश्वव्यापी रूपमा एक अर्बभन्दा बढीको व्यापार गरे भने केही बक्स अफिसमा मात्र सीमित रहे । यो वर्ष बलिउड कलाकारका लागि निकै विशेष रह्यो । कोरोना महामारीपछि बलिउड चलचित्रले बक्स अफिसमा औसत व्यापार गरिरहेका थिए तर सन् २०२३ को सुरुवातसँगै केही कलाकार यसरी जुर्मुराउँदै आए कि उनीहरूले कोरोनाकालको खडेरी पूर्ण रूपमा समाप्त गरिदिए ।
पोखरा थिएटरमा ‘१२ दुर्वासा’
अमेरिकन नाटककार रेग्नाल्ड रोजले लेख्नुभएको नाटक १२ एङ्ग्री मेन अर्थात् ‘१२ दुर्वासा’ पोखरा थिएटरमा मञ्चन हुने भएको छ । रोजले उक्त ‘कोर्ट रुम’ नाटक सन् १९५४ लेख्नुभएको थियो । अमेरिकामा व्याप्त वर्ण विभेदमाथि लेखिएको नाटकमा आधारित रहेर थुप्रै भाषामा नाट्य रूपान्तरण तथा चलचित्र बनिसकेको छ ।
नेपथ्यको नयाँ गीत ‘पचासै वर्षमा’
नेपथ्यको नयाँ गीत ‘पचासै वर्षमा’ सार्वजनिक भएको छ । सामाजिक विसङ्गतिमाथि कटाक्ष गर्दै अगाडि बढेको गीतलाई नवीन जोशीले म्युजिक भिडियोका रूपमा ल्याउनुभएको छ । नेपथ्यको सर्वाधिक चर्चितमध्ये एक ‘रेसम’ गीतको म्युजिक भिडियो दुई दशकअघि बनाएका नवीनले ब्यान्डका लागि तयार पार्नुभएको यो दोस्रो म्युजिक भिडियो हो ।
डा. अधिकारीको ‘हाम्रो जे भने नि तिमी’मा राजेश हमालको अभिनय
पोखरेली गीतकार डा. रमिल अधिकारीको ‘हाम्रो जे भने नि तिमी’ बोलको गीतको भिडियो रिलिज भएको छ ।
फड्को मार्दै नेपाली चलचित्र
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारले लिएका सुशासन, सामाजिक न्याय, समृद्धि, समाजवाद उन्मुख लोकतन्त्र र सङ्घीयताको व्यावहारिक कार्यान्वयन भएको देखिन्छ । सरकार गठन भएको यो एक वर्षको अवधिमा विभिन्न क्षेत्रमा जस्तै सांस्कृतिक क्षेत्रको चलचित्रको विकासमा सरकारले उल्लेखनीय कार्य गरेको छ ।
चलचित्रमा ‘द्वन्द्व’ कम देखिँदै
कुनै समय चलचित्र ‘पिँजडा’ का लागि नायक निखिल उप्रेतीले साततलाबाट हामफालेको दृश्यलाई सम्झँदा अझ पनि धेरै दर्शकको आङ सिरिङ्ग बनाउँछ । त्यो बेला एक्सनमय चलचित्रले जहाँ पनि दर्शकलाई तान्थ्यो र दर्शकको ध्यान एक्सनमय चलचित्रमा नै अडिएको हुन्थ्यो । त्यतिबेला चलचित्रमा राजेश हमाल, निखिल उप्रेती, विराज भट्ट, शिव श्रेष्ठको एक्सनका दृश्यले धेरै प्रभुत्व जमाएको थियो ।
कुमारको सिउॅंडीको काँडैमा निक्स र बिना (भिडिओ)
गीतकार कुमार शिवाकोटीको सिउॅंडीको काँडैमा बोलको गीतको भिडियो रिलिज भएको छ। गायक रमेश कँडेलको स्वर रहेको सिउॅंडीको काँडैमा कल्याण सिंहको सङ्गीत रहेको छ भने मोहित मुनालको एरेन्ज रहेको छ।
‘खेल’ को शुभमुहूर्त
नेपाली सिरिज ‘खेल’ को शुभमुहूर्त गरिएको छ । काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा सिरिजका निर्देशक, कलाकार तथा प्राविधिकको उपस्थितिमा क्यामरा र स्क्रिप्ट पूजा गरिएको हो । अनुराग प्रधानले निर्देशन गर्नुभएको सिरिजमा अभिनेतृ सुरक्षा पन्त प्रमुख कलाकारका रूपमा देखिनुभएको छ । पन्तसँगै भोला सापकोटा, सरिता गिरी, मोनिका थापा, समापिका गौतम, हेना नगरकोटी, यमप्रसाद ओलीलगायतको अभिनय रहने छ । सिरिज काठमाडौँभित्र करिब एक महिना छायाङ्कन हुने छ ।
भारतमा नेपाली युवा सम्मानित
भारतको उत्तर प्रदेश राज्यको राजधानी लखनउमा उत्तर प्रदेश आर्टिष्ट एकेडेमीद्वारा आयोजित ‘युपिए अवार्ड’ समारोहमाझ नेपाली युवाहरु सम्मानित भएका छन ।
चलचित्र ‘उग्राम’ सँग मिल्दोजुल्दो ‘सलार’
केही समययता एक्सन चलचित्रले लगातार विश्वभरका बक्स अफिसमा तहल्का मच्चाइरहेका छन् । यो अवसरलाई सदुपयोग गर्न चलचित्रकर्मी पनि पछि परेका छैनन् र हलमा एकपछि अर्को एक्सन चलचित्र प्रदर्शन भइरहेका छन् । ‘बाहुबली’, ‘केजिएफ’ ‘आरआरआर’, ‘पठान’ ‘जवान’ र ‘टाइगर थ्री’ एक्सनमय चलचित्रमा कोसेढुङ्गा नै साबित भए । त्यसयता यो प्रवृत्ति यसरी जारी छ कि रोकिने कुनै सङ्केत नै देखिँदैन ।
विष्टले ल्याए ‘बिर्सन सकिँदैन’
चलचित्र ‘बलिदान’ का निर्माता पवन विष्टको आवाज र अभिनयमा म्युजिक भिडियो ‘बिर्सन सकिँदैन’ निर्माण भएको छ । गीतको भिडियो ओएसआर डिजिटलले सार्वजनिक गरेको छ । पवन विष्टको अनुपम रचना, शब्द र स्वर रहेको गीतमा निर्माता विष्टलाई रोजीका पोखरेलले अभिनयमा साथ दिनुभएको छ ।
लोकगायक रामकृष्ण दुवाल सम्मानित
जनगायक तथा लोकगायक रामकृष्ण दुवाललाई सम्मान गरिएको छ । उहाँको साङ्गीतिक कृति जिगु देय् जित यः गीतको म्युजिक भिडियोको लोकार्पण कार्यक्रमको बिचमा गायक दुवाललाई सम्मान गरिएको हो ।