प्रियङ्कारानी जोशी समाजसेवामा
मिस वल्र्डको विधा ‘ब्युटी विथ पर्पस’ परियोजनाअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित दुर्गम अपर दाङगढी गाउँ राष्ट्रिय विद्युत् प्रसारण लाइनसँग जोडिएको छ। मिस नेपाल वल्र्ड प्रियङ्कारानी जोशीले नेपाल विद्युत् प्राधिकरणसँग मिलेर उक्त गाउँमा बिजुली पु-याउनुभएको हो। विपन्न चेपाङ र गुरुङ समुदायको बस्ती रहेको गाउँमा बिजुली पुगेपछि ५८ घरधुरीका ३५८ जना लाभान्वित हुने भएका छन्।
गायक करण राईको गीत 'चङ्गा'
'द भ्वाइस अफ नेपाल' सिजन ४ का विजेता गायक करण राईको पहिलो आधिकारिक गीत 'चङ्गा' सार्वजनिक भएको छ ।
नयाँ वर्षमा ‘बुलाकी’
नारीप्रधान चलचित्र ‘बुलाकी’ नयाँ वर्ष अर्थात् वैशाख १ गते प्रदर्शन हुने भएको छ। लक्ष्मण सुनार निर्देशित चलचित्रका निर्माता टोपेन्द्र विष्टले सामाजिक सञ्जालमार्फत चलचित्रको नयाँ पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गर्नुभएको हो।
जितु र साम्राज्ञी ‘पर्फेक्ट’ कलाकार
डा. कपिल रिजाल पेसाले दन्तचिकित्सक हुनुहुन्छ। डा. रिजाल वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालका छोरा हुनुहुन्छ। तीन दशकभन्दा बढी समयदेखि बेलायतमा कार्यरत डा. कपिल आफ्नो चिकित्सा पेसामा मात्र सीमित हुनुहुन्न। उहाँ निर्मातासँगै निर्देशक पनि हुनुहुन्छ। लन्डनमै बसेर चलचित्र निर्माणमा सक्रिय उहाँका सर्ट फिल्महरू ‘कर्मा : लाइफ इज अ बुम-याङ’, ‘यु गेट ह्वाट यु गिभ’ युट्युबमा हेर्न सकिन्छ। अहिले रिजालले निर्देशन गर्नुभएको चलचित्र ‘ह्यारीकी प्यारी’ देशभर प्रदर्शन भइरहेको छ। ‘ह्यारीकी प्यारी’ दुई फरक पात्रहरू प्रेममा पर्दा उनीहरूबीच आउने उतार–चढावको कथा भएको डा. रिजाल बताउनुहुन्छ।
नायक शाहलाई १५ दिन भित्र अदालतमा उपस्थित हुन आदेश
बलात्कार आरोपमा पुर्पक्षका लागि तनहुँ कारागारमा थुनामा रहेका नायक पल शाहको मुद्दामा उच्च अदालत पोखराले शाहलाई १५ दिन भित्र उपस्थित गराउन उच्च अदालत पोखराले आदेश दिएको छ ।
'ए चरी' बोलको म्युजिक भिडियो सार्वजनिक
गायिका अबुन पाण्डेको स्वरमा सजिएको 'ए चरी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
‘आमाको ममता’ सार्वजनिक
गायक रामकृष्ण ढकालको स्वरमा रहेको गीत ‘आमाको ममता’ सार्वजनिक गरिएको छ। आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो। गीतमा अर्जुन सुवेदीको शब्द रचना रहेको छ भने अर्जुन पोखरेलको सङ्गीत रहेको छ। नक्षत्र प्रोडक्सनले निर्माण गरेको म्युजिक भिडियोमा एक अनाथ बच्चालाई कर्म दिएका आमा–बुवा र उनीहरूसँग पनि बिछोड भएपछि गर्नु परेको सङ्घर्ष देखाइएको छ।
क्यानबेरामा नेपथ्यको प्रस्तुति
नेपथ्यले अस्ट्रेलियाका शान्त केन्द्रीय राजधानी क्यानबेराको मञ्चमा आफ्नो ब्यान्डको पहिलो प्रस्तुति दिएको छ। कन्सर्ट सुरु हुँदा ब्यान्डले पहिलो गीत उसलाई स्थापना गराउने पहिलो सिर्जना अर्थात् ‘आँगनैभरि हिउँनै झरे’बाट सुरु गरेको थियो। त्यसपछि लगत्तै दोस्रो एल्बमको सर्वकालिक हिट गीत ‘छेक्यो छेक्यो’ सुनायो।
मिस कुमाल तनहुँको उपाधि सरिष्मालाई
मिस कुमाल तनहुँ-२०७९ को उपाधि व्यास नगरपालिका–४ दमौलीकी सरिष्मा कुमालले जित्नु भएको छ।