नम्बरी सुनको छायाङ्कन सुरु
राजु गिरीको निर्देशनमा निर्माण हुने चलचित्र ‘नम्बरी सुनको’ छायाङ्कन सुरु भएको छ। शुक्रबार चलचित्रको गीतबाट सुटिङ सुरु गरिएको निर्माण टिमले जानकारी दिएको हो। नारायण खातीको कथा तथा प्रस्तुतिमा निर्माण हुने चलचित्रमा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी, स्मृति ओली, अस्मिता बस्नेत, नारायण खाती, लक्ष्मण विक्रम बस्नेत, माया श्रेष्ठ, हीरादेवी श्रेष्ठ, रोजिना कार्की, सङ्गीता शर्मा, आशा भारती र अनिता गिरीलगायतका कलाकारको अभिनय रहनेछ।
शङ्कर थापाको ‘तिम्रै हुनेछुु’
भ्वाइस अफ नेपाल सिजन ४ का प्रतियोगी गायक मिङसोहाङ लिम्बूले आफ्नो पहिलो डेब्यु म्युजिक भिडियो ‘तिम्रै हुनेछु’ सार्वजनिक गर्नुभएको छ। प्रेमिल शैलीको गीतमा गायक लिम्बूलाई गायिका ममता गुरुङले स्वरमा साथ दिनुभएको छ। गीतलाई गीतकार डीपी खनालले लेख्नुभएको हो भने सङ्गीतकार शङ्कर थापा ‘स्माइल’ले सङ्गीतबद्ध गर्नुभएको हो। विश्व अधिकारीको गीतमा सङ्गीत संयोजन रहेको छ। म्युजिक भिडियोमा अभिषेक श्रेष्ठ र विमला लिम्बूबीचको प्रेम कथालाई प्रस्तुत गरिएको छ।
कथामा नयाँपन ह्यारीकी प्यारी
पर्वतको भुका देउराली गाउँ जहाँ हरिप्रसाद चौलागाईं ‘ह्यारी’ (जितु नेपाल)को एउटा स्वास्थ्य चौकी बनाउने सपना हुन्छ। उनको सपना साकार गर्न काका जिते (विजय बराल) पनि उनीसँग साथमा साथ मिलाइरहेका हुन्छन्। यी दुवैलाई जसरी पनि गाउँमा स्वास्थ्य चौकी बनाउनु छ।
सिनेमाघरमा ‘ह्यारीकी प्यारी’
नेपाली चलचित्र ‘ह्यारीकी प्यारी’ प्रदर्शनमा आएको छ। साम्राज्ञी शाह, जितु नेपाल, विजय बराल र लक्ष्मी गिरीको प्रमुख भूमिका रहेको चलचित्र कपिल रिजालले निर्देशन गर्नुभएको हो। निर्देशक रिजाल डा. भोला रिजालका छोरा हुनुहुन्छ। पेसाले ‘डेन्टिस’ उहाँको यो डेब्यु निर्देशन हो।
यश कुमारको ‘गल्ली’ सार्वजनिक
गायक यश कुमारको नयाँ गीत ‘गल्ली’ सार्वजनिक भएको छ। काठमाडौँमा एक कार्यक्रम आयोजना गरी गीत सार्वजनिक गरिएको हो। गीतमा यश कुमारकै आवाज छ भने उहाँलाई मेचु धिमालले साथ दिनुभएको छ।
किरण र करिष्माको अभिनयमा ‘फूल देखेँ’
गायक किरण भुजेल र गायिका समीक्षा अधिकारीको स्वर रहेको नयाँ गीत ‘फूल देखेँ ’ सार्वजनिक भएको छ।
तुला र शारदाको ‘आफ्नै भए पनि’ सार्वजनिक
गायिका शारदा क्षेत्रीको ‘आफ्नै भए पनि’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
राजु लामाको टर्टल लाउन्जमा कन्सर्ट
गायक राजु लामाले ठमेलस्थित टर्टल लाउन्ज एन्ड क्लबमा लाइभ कन्सर्ट गर्ने हुनुभएको छ। ‘भ्वाइस अफ नेपाल’को कोचसमेत रहनुभएका लामाले शुक्रबार बेलुकी आफ्नो ब्यान्ड ‘मङ्गोलियन हार्ट’सहित लाइभ प्रस्तुति दिनुहुने भएको हो।
‘निफ’को निर्णायक मण्डलमा अभिनेत्री कार्की
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को निर्णायक मण्डलमा अभिनेत्री प्रियङ्का कार्की मनोनीत हुनुभएको छ। महोत्सव आयोजकले बिहीबार विज्ञप्ति जारी गर्दै कार्कीसहित माया एकेडेमीका इन्द्रलाल बलामी जुरीमा चुनिएको जानकारी गराएको हो।