टुँडिखेलमा सोनाम ल्होछारको रमझम
माघ शुक्ल प्रतिपदाको दिन मनाइने सोनाम ल्होछार आइतबार विविध सांस्कृतिक, धार्मिक विधिसहित मनाइएको छ। चन्द्रपात्रोअनुसार मनाइने यस पर्वलाई तामाङ समुदायले घरघरमा पूजापाठ र टीका, आशीर्वाद, शुभकामना साटासाट गरी मनाएका हुन्। समुदायले नयाँ वर्ष सुरु भएको अवसरमा गत वर्ष गरेको लेनदेनको हिसाब–किताब मिलानसमेत गरेर नयाँ कपडा, मीठा परिकार र आगामी वर्ष शुभ, धनधान्य होस् भन्ने कामनासहित लामा, बोन्बो र ताम्बाद्वारा पूजापाठ गरेर मनाउँछन्। मानव जातिले पशुपालन र कृषिको सुरुवात गरेदेखि नै नयाँ अन्न भित्र्याएको खुसियालीमा सबै अन्न, गेडागुडीको पिठो प्रकृति देवतालाई चढाएर मात्र खाने परम्परालाई पनि सोनाम ल्होछारको उल्लेख्य गतिविधिका रूपमा लिइन्छ।
गीतालाई वरिष्ठ सौन्दर्यविद्को सम्मान
नेपालगञ्जकी वरिष्ठ ब्युटिसियन गीता भण्डारीलाई ‘वरिष्ठ सौन्दर्यविद्’ सम्मान प्रदान गरिएको छ। अनुराधा फिल्म्स इन्टरनेसनल प्रालिको आयोजनामा काठमाडौँमा सम्पन्न दोस्रो ओ टु हिमालय नेपाल ब्युटिसियन एन्ड फेसन अवार्ड–२०७९ को अवसरमा ब्युटिसियन भण्डारीलाई वरिष्ठ सौन्दर्यविद् सम्मानबाट सम्मानित गरिएको हो।
पर्यटन व्यबसायी तथा गीतकार गिरी सम्मानित
सङ्गीत महर्षी नातिकाजिको ९८ औं जन्मजयन्तीको अवसरमा वरिष्ठ संगीतकार देवेन्द्र गिरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित हुनुभएको छ । आज यहाँ आयोजित कार्यक्रममा नातिकाजी स्मृति समाजका अध्यक्ष समेत रहनुभएका गिरी सम्मानित हुनुभएको हो । उहाँलाई बरिष्ठ सङ्गितकार शम्भुजित बास्कोटा र वरिष्ठ साहित्यकार बैरागी काईंलालेसमेत सम्मानित गर्नुभयो ।
बाँचुञ्जेल कलाकारितामा लागिरहनेछु : भट्भटे माइला
“आफूलाई हास्य कलाकार भनेर चिनाउन पाउनु नै मेरो जीवनको पहिलो खुसी हो । यसलाई निरन्तरता दिन मैलै अझै मिहिनेत गर्नुपर्छ” ।
अभिनेत्री ऋचा शर्मालाई उत्कृष्ट अभिनेत्री अवार्ड
अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियामा छोटो फिल्म 'ब्लड मनी' बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्नुभएको छ । सिड्नीमा भएको अनर विथ बेस्ट एक्ट्रेस अवार्ड एट रिनाउन्स फिल्म फेस्टिभल ’टाइटन’ मा ऋचाले उक्त अर्वाड जित्नुभएको हो ।
आशिषलाई नवप्रतिभा पुरस्कार
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको कार्यालय शीतल निवासमा शुक्रबार नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण गर्नुभएको छ। उहाँले सो अवसरमा मनबहादुर मुखिया, दीप तुलाधर, दीपानारायण झा, प्रदीपराज पाण्डे, फणीन्द्र राई, विके राना, कन्हैयासिंह परियार, शुभ मुकारुङ र अमर बान्तुलाई नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान प्रदान गनुभएको हो।
नेवारी संस्कृति पुस्तान्तरण अभ्यास
छ वसन्त काटेका दुई बालबालिका नागनागिनीको भेषमा नाच्दै थिए। नेवारी पोसाकमा सजिएका १० देखि १२ वर्ष उमेर समूहकाले वाद्यवादन मृदङ्गा र झ्याली बजाउँदै गीत गाइरहेका थिए। नजिकै उभिएका पाका पुस्ताले नाच्न सिकाइरहेका थिए। नेवारी समुदायको करिब तीन सय वर्ष पुरानो नागनागिनी नृत्य पहिलो पुस्ताबाट पुस्तान्तरण हुँदै नयाँ पुस्तामा आइपुगेको यो एउटा नमुना उदाहरण हो। म्याग्दीमा जारी महोत्सवका अवसरमा उनीहरूले बजारमा पुरानो नागनागिनी नृत्य देखाएका हुन्। साना–साना बालबालिका मिलेर देखाइएको नृत्यले सबैलाई आकर्षित त ग-यो नै, यसले नेवारी समुदायको परम्परागत संस्कृति जोगाइराख्ने विश्वास गरिएको छ।
अनुको ल्होछार गीत सार्वजनिक
अनु लामाको ल्होछार गीत ‘डम्फु ह्राब्सी’ सार्वजनिक भएको छ । गीतमा अनु स्वयंको अभिनय छ भने उहाँलाई जेरी सोल्टीले अभिनयमा साथ दिनुभएको छ । अन्य कलाकार सागर घिसिङ, रमिता दोङको पनि गीतमा अभिनय रहेको छ । गीतको शब्द स्वयं अनु लामाले लेख्नुभएको हो भने ल्होछार वरिपरि गीतको परिवेश घुमेको छ ।
नायिका केकी अभिनीत 'जिउने चाहना'
डाक्टर रमिल अधिकारीको जिउने चाहना बोलको गजल सार्वजनिक भएको छ । प्रकाश धितालको निर्देशन रहेको भिडियो गीतकार डाक्टर अधिकारीकै अफिसियल च्यानल रमिल क्रियशनमार्फत सार्वजनिक गरिएको हो ।