राजनीतिक प्रक्रियाको सफलताका लागि आर्थिक विकास अपरिहार्य : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनलाई सामान्य रुपमा नलिन आग्रह गर्नुभएको छ ।
प्रतिगामी शक्तिलाई पराजित गर्न नसके, लोकतन्त्रमाथि गम्भीर खतरा : अध्यक्ष भट्टराई
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा प्रतिगामी शक्तिलाई परास्त गर्न नसके सङ्घीय लोकतान्त्रिक गणतन्त्र गुम्ने खतरा रहेको बताउनुभएको छ ।
मनाङमा चुनावी सरगर्मी बढ्दै
हिमाली जिल्ला मनाङमा तीन राजनीतिक दलबीच प्रतिस्पर्धा हुने भएको छ । विसंं २०७४ को निर्वाचनमा भने यहाँ दुई दलबीच प्रतिस्पर्धा भएको थियो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा ९एमाले० र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा हुने भएको छ ।
निर्वाचन खर्चको अनुगमन सुरु
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा जुलुस, आमसभा र कोणसभा गर्न पाउने चरण आजदेखि सुरु भएसँगै निर्वाचन आयोगले दल र उम्मेदवारको खर्चको अनुगमन प्रारम्भ गरेको छ । आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । सोका अतिरिक्त आयोगबाट केन्द्रस्तरको अनुगमन टोली खटिनेछन् ।
निर्वाचनमा बालबालिकाको प्रयोग निषेध
निर्वाचन आयोगले निर्वाचन आचारसहिंतामा तोकिएको मापदण्डविपरीत पार्टीका झन्डा पम्प्लेट र चुनाव चिह्न एवं निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न नगराउन सबै राजनीतिक दल र उम्मेदवारलाई ध्यानाकर्षण गराएको छ ।
आकर्षक नारा, कार्यान्वयन फितलो
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूले घोषणापत्र जारी गरेका छन् । नेपाली कांग्रेसले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा पाँच वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने, न्यूनतम वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । अर्थतन्त्रमा स्वदेशी उत्पादनमूलक उद्योगको अंश ५ दशमलव ६ प्रतिशतबाट बढाएर ९ प्रतिशत पु-याउने लक्ष्य राखेको छ ।
ललितपुर क्षेत्र नं. ३ मा प्रतिबद्धतापत्र सार्वजनिक
ललितपुर क्षेत्र नं. ३ का वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूले ‘विदेशी ग्यास छोडौँ, स्वदेशी विद्युत् जोडौँ’ जस्ता अभियानसहितको प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। ऊर्जामन्त्रीसमेत रहनुभएकी ललितपुर क्षेत्र नं. ३ प्रतिनिधि सभाकी उम्मेदवार पम्फा भुसालले ललितपुरमा पर्यटकीय चक्रपथ, हाइकिङ तथा साइक्लिङ मार्ग निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
शासकीय प्रणाली फेर्ने अस्थिर प्रस्ताव
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि राजनीतिक दलहरूले जारी गरेका घोषणापत्रमा शासकीय स्वरूप फेर्ने प्रतिबद्धता पनि छन् । त्यसका लागि संविधान संशोधन गर्नुपर्ने हुन्छ र त्यसको प्रतिबद्धता पनि घोषणा पत्रमा पाइन्छ ।
उम्मेदवारलाई भोट माग्न हतारो, किसानलाई बाली स्याहार्ने चटारो
आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनले गाउँ सहरमा राजनीतिक सरमर्गी बढाएको छ । राजनीतिक दलका नेता र उम्मेदवार यतिबेला मतदाता रिझाउँदै गाउँ–गाउँ, बस्तीबस्ती र कृषकका बारीबारीमा पुगिरहेका छन् ।
आचारसंहिता पालना गर्दै आमसभा गर्न पाइने
मङ्सिर ४ गते हुने निर्वाचनका लागि यही कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म दल तथा उम्मेदवारहरूले आमसभा, जुलुस, कोणसभा जस्ता कार्यक्रम एवं सञ्चारमाध्यमको प्रयोग गरेर आफ्नोबारेमा प्रचारप्रसार गर्न पाउनेछन्। निर्वाचन आयोगका अनुसार यद्यपि यस्ता कार्यक्रमहरू गर्दा निर्वाचन आचारसंहिता २०७९ ले निर्धारण गरेका निश्चित मापदण्डहरू पालना गर्नुपर्ने व्यवस्था छ।
प्रचारप्रसारको नयाँ चरण आजबाट सुरु
राजनीतिक दलले कात्तिक १७ गते बिहीबारदेखि आमसभा, कोणसभा तथा जुलुस गर्न पाउने भएका छन् । राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आयोगले तोकेको सीमाभित्र रहेर बिहीबारदेखि नै सञ्चारमाध्यममा प्रचारप्रसारसमेत प्रकाशन र प्रसारण गराउन पाउने छन् ।
सरकारलाई निर्वाचन आयोगको सात बुँदे निर्देशन
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय बनाउन सरकारलाई सात बुँदे निर्देशन दिएको छ।
एक सयवटा मतदान केन्द्रलाई अपाङ्ग मैत्री बनाइने
निर्वाचन आयोगले १०० वटा मतदान केन्द्रलाई अपाङ्ग मैत्री मतदान केन्द्र बनाउने निर्णय गरेको छ ।
गोरखाबाट जिताएर संसारलाई देखाउनुपर्छ : अध्यक्ष दाहाल
काठमाडौं, कात्तिक १६ गते। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गोरखाबाट माओवादीलाई जिताएर संसारलाई देखाउनुपर्ने बताउनुभएको छ। बुधबार गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको ‘निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम’मा बोल्नुहुँदै अध्यक्ष दाहालले गोरखाबाट माओवादीलाई जिताएर संसारलाई देखाउनुपर्ने बताउनुभएको हो। उहाँले गोरखामा माओवादी पार्टीलाई रेकर्डसहित विजय गराउनुपर्ने बताउनुभयो। उहाँले रेकर्डसहित जितेको नेता भनेपछि केन्द्रमा भूमिका खेल्ने शक्ति आर्जन हुने उल्लेख गर्नुभयो। अध्यक्ष दाहालले चुनाव जितिहालिन्छ भन्नेर ढुक्कसँग नबस्न नेता र कार्यकर्तालाई निर्देशन दिनुभयो। एक-एक मतको संरक्षण गर्न र मतलाई मतपेटिकासम्म पुर्याउन ध्यान दिन उहाँको आग्रह छ। उहाँले गोरखाबाट माओवादी देश र दुनियाँमा देखिनुपर्ने बताउनुभएको छ।उहाँले भन्नुभयो, ‘‘जितिहालिन्छ भन्नुभयो भने हाम्रो लागि आत्मघाती कुरा अरू हुँदैन। जितिहालिन्छ भन्ने त सोच्नै हुँदैन। ब्याटलमा जाने, यो ब्याटल नै हो। बुलेटको माध्यमबाट ब्याटल नै लड्ने हो हामीले’’, अध्यक्ष दाहालले भन्नुभयो, ‘‘गोरखाबाट संसारमा माओवादी देखियोस्। अरू ठाउँमा कति जित्छौँ तपाईँहरूले धेरै टेन्सन नलिनुस्। त्यो टेन्सन मैले लिएको छु। तपाईँहरू गोरखाबाट संसारलाई माओवादी देखाइदिने यो सङ्कल्प सबैले लिनुपर्यो। साझा सङ्कल्प। यो असम्भव बिल्कुलै छैन, सम्भव छ। रेकर्ड बन्छ। गोरखा संसारमा फेरि नयाँ ढङ्गले देखिन्छ।’अध्यक्ष दाहालले जनताको घर–घरमा गएर मतदाता शिक्षा दिन आग्रह गर्नुभयो। उहाँले आफू गोरखामा चुनाव लड्न आउनु गोरखावासीका लागि चुनौती भएको बताउनुभयो। आफू कहाँ जान्छु र बस्छु भन्ने कुरा माइक्रोस्कोपबाट हेरिने गरेको भन्दै दाहालले यो कुरा गोरखावासीका लागि चुनौती भएको बताउनुभएको हो। अध्यक्ष दाहालले मनोनयन दर्ता गर्न जाँदा बाजा बजाएको सम्बन्धमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेको विषय उल्लेख गर्दै आफ्नो बाजा बजाउने योजना नभएको प्रष्ट पार्नुभएको छ। उहाँले भन्नुभयो, ‘प्रचण्ड आउनु भनेको त अवसर भन्नुभयो धेरैले यहाँ। अवसर मात्रै होइन, चुनौती पनि हो। मलाई अस्ति थाहा नै थिएन, बाजा बज्छ भन्ने। नोमिनेशनको दिन पञ्चे बाजा आउँछ भन्ने। जाँदा तलैबाट देखेँ मैले जनता स्वतःस्फूर्त खुसी भएर आए। त्यो मेरो योजना पनि होइन। मेरो निर्णय पनि होइन। तर निर्वाचन आयोगले स्पष्टीकरण सोध्यो मैले स्पष्टीकरण दिएँ।’’अध्यक्ष दाहालले मनोनयन दर्ता गर्न जाँदा २५ जना मात्रै गएको जवाफ दिए पनि यहाँ माइक्रोस्केप लगाएर हेरेको बताउनुभयो। ‘आज आएको छ प्रचण्डको स्पष्टीकरण चित्तबुझ्दो छैन, त्यो बाजा कहाँबाट आएको हो ? अनुसन्धान गर भनेर निर्देशन दिएको छ। माइक्रोस्कोप लगाएर हेरेका छन्। प्रचण्ड कता कता जान्छ के के गर्छ। कहाँ बस्छ ? यो तपाईँहरूको लागि चुनौती भएन त ! यसको रक्षा त हामी सबैले मिलेर गर्नुपर्यो। सुरक्षा चुनौती पनि हुनसक्छ। नेतृत्वको रक्षा गर्ने चुनौती तपाईंहरुलाई थपियो’’, उहाँले थप्नुभयो।अध्यक्ष दाहालले राष्ट्रिय एकताको सन्देश दिनका लागि आफू गोरखामा गएर चुनाव लडेको प्रष्ट पार्नुभएको छ।
मतदाताले भविष्य बोक्नसक्ने उम्मेदवारलाई रोज्नुपर्छ : नेता केसी
नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार अर्जुननरसिंह केसीले निर्वाचनमा इतिहास र भविष्य बोक्नसक्ने उम्मेदवारलाई मतदाताले रोज्नुपर्ने बताउनुभएको छ। विदुर नगरपालिका अन्तर्गत ऐतिहासिकस्थल नुवाकोट दरबार परिसरमा आयोजित चुनावी कार्यक्रम तथा भेटघाटलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।
चुनावी प्रचारमा जाँदा आयोगको अनुमति अनिवार्य लिनुपर्ने
सार्वजनिक पद धारण गरेका व्यक्ति प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रचार प्रसारमा जाँदा अनिवार्य रुपमा निर्वाचन आयोगको अनुमति लिनुपर्ने भएको छ।
नेवाः देय् दबूकाे १३ बुँदे साझा मुद्दा सार्वजनिक
बाग्मती प्रदेशमा भाषा आयोगको सिफारिसअनुसार नेपालभाषा र तामाङ भाषालाई प्रदेशमा सरकारी कामकाजी भाषाको रुपमा लागू गर्नुपर्ने, नेवाः बाहुल्यता भएको क्षेत्रलाई स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्र घोषणा गर्नुपर्ने, प्रादेशिक भाषाको हिसाबले १२ कक्षासम्म नेपालभाषा र तामाङ भााषा मध्ये एकलाई एच्छिक वा अनिवार्य विषयको रुपमा समावेश गर्नुपर्ने लगायतका मुद्दा रहेको छ ।
जुलुस र आमसभा बिहान ७ देखि साँझ ७ बजेसम्म मात्रै
निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारपूसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचारणको व्यवस्था गरेको छ ।
प्रमुख आयुक्त थपलिया र जापानी राजदूत युताकाबीच भेटवार्ता
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र नेपालका लागि जापानी राजदूत युताका किकुताबीच बुधबार भेटवार्ता भएको छ ।
कृष्णपुर नगरपालिकालाई जग्गा नापजाँच रोक्न निर्देशन
निर्वाचन आयोगले कञ्चनपुरको कृष्णपुर नगरपालिका निर्वाचन आचारसंहिता विपरीत राष्ट्रिय भूमि आयोगमार्फत जग्गा वितरणको प्रयोजनार्थ भइरहेको जग्गा नापजाँच तत्काल रोक्न निर्देशन दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै आयोगले यस्तो निर्देशन दिएको हो ।
१२ लाख ५० हजार नयाँ रोजगारी सिर्जनादेखि न्यूनतम पारिश्रमिक २५ हजारसम्म
चुनावी घोषणापत्रमा कांग्रेस र एमालेले मुख्य गरेर समृद्ध नेपाल बनाउनका लागि राष्ट्रिय अर्थतन्त्र, कृषि, रोजगारी, उद्योग र पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन् ।
नेपाल भारत सीमा तीन दिन सिल गर्ने सहमति
नेपालमा आसन्न निर्वाचनका समय नेपाल भारत सीमा तीन दिन सील गर्ने सहमति भएको छ । भारतको बिहारसँग जोडिएका नेपालका पर्सा, बारा, रौतहट, चितवन र नवलपरासी (बर्दघाट सुस्तापूर्व) र नवलपरासी (बर्दघाट सुस्तापश्चिम) का सीमा ७२ घण्टाका लागि सील गर्ने सहमति भएको हो ।
निर्वाचनको प्रचारमा सरकारी साधन प्रयोग गर्न रोक
नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न निर्वाचन (पहिलो संशोधन) आचारसंहिता, २०७९ ले रोक लगाएको छ ।
पुराना र नयाँ उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा
काठमाडौँ क्षेत्र नं ६ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नयाँ र पुराना उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका भीमसेनदास प्रधान र नेकपा ९एमाले०बाट सर्वेन्द्र खनाल चुनावी मैदानमा छन् । उक्त क्षेत्रमा प्रधान दुईपटक सांसदमा निर्वाचित उम्मेदवार हुनुहुन्छ । खनाल भने पहिलोपटक उक्त क्षेत्रबाट प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।