नेता नेपाल र गुप्ताबीच चुनावमा पुनः प्रतिस्पर्धा
प्रतिनिधिसभा सदस्यको लागि रौतहट क्षेत्र नं. १ मा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग गौर नगरपालिकाका पूर्व नगरप्रमुख तथा नेकपा एमालेका उम्मेदवार अजय गुप्ताले याे पटक पनि कडा टक्कर दिने सम्भावना बढेकाे छ ।
ओखलढुङ्गामा नमुना मतदान
ओखलढुङ्गा सदरमुकाममा नमुना मतदान गरिएको छ । आगामी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनलाई लक्षित गरी जिल्ला निर्वाचन कार्यालयको आयोजनामा नमुना मतदान गरिएको हो ।
जसपाको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)
जसपाले सार्वजनिक गरेको ३५ पृष्ठ लामो प्रतिबद्धता पत्रमा संविधान संशोधन, परिमार्जन तथा पुनर्लेखनको आवश्यकता उल्लेख गरिएको छ ।
रसुवामा १० जना उम्मेदवारबीच प्रतिस्पर्धा
एकमात्र निर्वाचन क्षेत्र रहेको रसुवामा १० जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ ।
मकवानपुरमा २६ जना उम्मेदवारबीच प्रतिस्पर्धा
दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा २६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नं. १ र २ गरी २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगले जनाएको छ ।
गृहमन्त्री खाणलाई सिङ्गो गाउँको साथ
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ८ स्थित भैरहवा बसडिलियाको सिङ्गो गाउँ नै नेपाली कांग्रेसमा प्रवेश गर्दै गृहमन्त्री बालकृष्ण खाणलाई समर्थन गरेको छ ।
गोवरगाढामा हेलिकप्टरद्वारा मतपेटिका लगिने
भौगोलिक रूपमा सप्तकोसी नदीले चारैतिरबाट घेरिएको गोवरगाढा मतदानस्थलमा मङ्सिर – ४ मा हुन गइरहेको निर्वाचनको लागि मतपेटिकालगायतका निर्वाचन सामग्रीहरु हेलिकप्टरबाट लगिने तय भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री देउवाले आज दुई चुनावी सभालाई सम्बोधन गर्ने
प्रधानमन्त्री शेरबहादुर देउवाले आज पनि दुई वटा चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ । देउवा चुनावी प्रचारप्रसारका क्रममा बुधबार काठमाडौंबाट धनगढी हुँदै बिहीबार यहाँ आइपुग्नु भएको थियो ।
जसपा उम्मेदवारको समर्थन प्रधानमन्त्री देउवालाई
जनता समाजवादी पार्टी डडेल्धुराका प्रतिनिधि सभा सदस्यका उम्मेदवारले प्रधानमन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने घोषणा गर्नुभएको छ ।
माओवादी समाजवादीको घोषणापत्र सार्वजनिक
नेकपा (माओवादी समाजवादी)ले आगामी मङ्सिर ४ गतेको निर्वाचनलाई लक्षित गरी घोषणापत्र सार्वजनिक गरेको छ । कर्णजित बुढाथोकी नेतृत्वको सो पार्टीले शुक्रबार पत्रकार सम्मेलन गरी वैज्ञानिक समाजवाद स्थापनाका लागि जनविद्रोहमार्फत वैचारिक, राजनीतिक, सङ्ठनात्मक, आर्थिक, सङ्घर्ष र अन्तर्राष्ट्रिय आधार तय गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
बागी उम्मेदवारी निष्क्रिय पार्न निर्देशन
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले काठमाडौँ क्षेत्र नम्बर ३ मा गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिनुभएका बद्रीप्रसाद बजगाईंलाई उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ। प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएका बजगाईंलाई उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिइएको पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो।
‘मत दिन्नँ’ भन्ने र प्रत्याह्वानको अधिकार प्रस्ताव गरिँदै छः प्रमुख आयुक्त थपलिया
निर्वाचन आयोगले कुनै पनि उम्मेदवारलाई ‘मत दिन्नँ’ भन्न पाउने र आफूले चुनेको प्रतिनिधिलाई ‘प्रत्याह्वान गर्ने’ अर्थात् फिर्ता बोलाउनसक्ने व्यवस्थालगायतका विशेषता थपेर निर्वाचन कानुन मस्यौदा गर्ने तयारी गरेको छ ।
डडेल्धुरामा देउवा ‘साझा उम्मेदवार’
सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा चुनावी सरगर्मी छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला भएकै कारण राष्ट्रिय राजनीतिमा डडेल्धुराको विशेष चासो छ । प्रधानमन्त्री देउवा बिहीबार गृह जिल्ला आउनुभएको छ । उहाँले शुक्रबार साँझसम्ममा तीनवटा चुनावी सभालाई सम्बोधन गर्नुभयो । साथै जिल्लावासीस्थित राजनीतिक दलका नेता–कार्यकर्तासँग भेट गरी विकास निर्माण, जिल्लाका समस्या र अबको कार्यभारका सन्दर्भमा पनि छलफल गर्नुभयो ।
अग्निपरीक्षामा केन्द्रीय तहका नेता
प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन प्रचारप्रसारको औपचारिक चरणमा प्रवेश गरेको छ । मतदाताको मत जित्न उम्मेदवार तथा तिनका समर्थक सघन कार्यक्रममा जुटेका छन् । मतदाता रिझाउन सभा सम्मेलन, सम्पर्क तथा घरदैलोजस्ता कार्यक्रमका आयोजनाले जिल्ला निर्वाचनमय देखिएको छ ।
निर्वाचनका कारण पालिकामा विकास ठप्प
आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको बहानामा स्थानीय तहमा विकास निर्माणका योजना सुरु हुन सकेका छैनन्। स्थानीय तहमा आर्थिक वर्ष सुरु भएको चार महिना पूरा हुन लाग्दासमेत विकास निर्माणका योजना कार्यान्वयन हुन नसकेको हो।
अन्तरिम आदेशविरुद्ध आयोग सर्वोच्चमा
निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीको ललितपुर–३ का उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजी निर्णय कार्यान्वयन रोक्ने आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको छ । सर्वोच्चको एकल इजलासले कात्तिक १५ गते जारी गरेको अन्तरिम आदेश अदालतले यसअघि कायम गरेको सिद्धान्तविपरीत भएको भन्दै आयोग सर्वोच्च पुगेको हो । उक्त निवेदन अब संयुक्त इजलासमा पेस हुनेछ ।
अतिक्रमित भूमि कूटनीतिक पहलबाट फिर्ता ल्याउँछौं : प्रधानमन्त्री देउवा
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले अतिक्रमित नेपालको भूमि कूटनीतिक पहल र आपसी सम्बन्धका आधारमा फिर्ता ल्याउन पहल भइरहेको बताउनुभएको छ ।
मतपत्र छपाइको काम सम्पन्न, ढुवानी हुँदै
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम सम्पन्न भएको छ।
एक/दुई दिनमा अस्थायी मतदाताको नामावली प्रकाशन हुन्छ : सहायक प्रवक्ता
अस्थायी मतदाताको सूचीमा रहेकामध्ये एक लाख ४९ हजार १६४ जनाको नाम आयोगमा सूचिकृत भएको छ ।
सिन्धुपाल्चोकका दुई निर्वाचन क्षेत्रमा २७ जना उम्मेदवार चुनावी मैदानमा
निर्वाचन आयोगले सिन्धुपाल्चोक जिल्लाको दुई निर्वाचन क्षेत्रमा २७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको जनाएको छ ।
आन्दोलनको उपलब्धि संस्थागत गर्नुपर्छ : अध्यक्ष यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घर्षबाट प्राप्त उपलब्धि संस्थागत गर्नुपर्ने बताउनुभएको छ । सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएका उपाध्यक्ष यादवले सो कुरा बताउनुभएको हो ।
जसपाको चुनावी घोषणापत्र शनिबार सार्वजनिक हुने
जनता समाजवादी पार्टी (जसपा) नेपालको चुनावी प्रतिबद्वतापत्र शनिबार सार्वजनिक हुँदैछ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भोलि दिउँसो २ बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएको जसपा केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बहादुर बस्नेतले जानकारी दिनुभयो ।
पश्चिम सेती र तल्लो सानो सेती बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री एव्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती र तल्लो सानो सेती (एसएसआर) सहितका जलविद्युत आयोजनाहरू निर्माण कार्य पूरा गर्ने बताउनु भएको छ ।
काभ्रेपलाञ्चोकका दुई निर्वाचन क्षेत्रमा ३३ जना उम्मेदवारबीच प्रतिस्पर्धा
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लाका दुई निर्वाचन क्षेत्रमा ३३ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।