उत्कृष्ट विद्यालय, पदाधिकारी र शिक्षक कर्मचारी सम्मानित
ताप्लेजुङस्थित ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले उत्कृष्ट विद्यालय, पदाधिकारी, शिक्षक र विद्यार्थीलाई सम्मान गरेको छ। रिड नेपालको आफ्नो क्षेत्र भित्रका विद्यालय, पदाधिकारी, शिक्षक र विद्यार्थीलाई सम्ममान गरेको हो।
गोरखामा ११ विद्यालयको नतिजा शून्य
गोरखामा ११ वटा सामुदायिक विद्यालयको माध्यमिक शिक्षा परीक्षा एसइई को नतिजा शून्य आएको छ ।
कृषि र शिक्षा मन्त्रालयको खर्च कटौती प्रस्ताव
सांसदद्वय पदमबहादुर परियार र आनन्दप्रसाद ढुङ्गानाले दुई मन्त्रालयको खर्च कटौती गर्ने प्रस्ताव राख्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसद परियार र ढुङ्गानाले ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय’ र ‘कृषि तथा पशुपंक्षी विकास मन्त्रालय’को खर्च कटौतीको प्रस्ताव राख्नुभएको हो ।
शिक्षामा बजेट थप्न र कृषिको आधुनिकीकरण गर्न माग
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले शिक्षा क्षेत्रमा बजेट थप्न तथा कृषिको आधुनिकीकरण गर्न माग गरेका छन् ।
पत्रकारितामा कक्षाकोठा र समाचार कक्षलाई जोड्ने विषयमा विमर्श
‘पढेर होइन परेर जानिन्छ’ भन्ने उखान नै छ । पत्रकारिता पढेर मात्र होइन अभ्यास गरेर सिकिने क्षेत्र हो । सूचना प्रविधिको विकाससँगै आमसञ्चार क्षेत्रमा पनि त्यसको प्रभाव परेको छ भने नयाँ आयाम विकास हुँदै गएका छन् ।
विद्यार्थीलाई कानुनसम्बन्धी सचेतना
सुनसरीको इनरुवा नगरपालिका क्षेत्रका मावि तहका विद्यार्थीहरूलाई कानुनसम्बन्धी सचेतना कार्यक्रममार्फत कानुनी जानकारी दिएको छ ।
लुम्बिनी प्राविधिक विश्वविद्यालयको वार्षिकोत्सव
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सरकारले स्वदेशमै अब्बल जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ बाँकेमा प्रादेशिक विश्वविद्यालय स्थापना गरेको बताउनुभएको छ।
सामुदायिक विद्यालयको एसइई उत्तीर्ण ७८ प्रतिशत
काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूबाट २०८० सालको एसइई परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ५४५ जना (१३.७७ प्रतिशत) विद्यार्थीले ३.६१ देखि ४ जिपिए प्राप्त गरेको सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभयो ।
‘नेपालमै गुणस्तरीय शिक्षाको व्यवस्था गरी बिदेसिने विद्यार्थीलाई रोक्नुपर्छ’
उच्च शिक्षा अध्ययनका लागि बिदेसिनुपर्ने अवस्था अन्त्यका लागि नेपालमै गुणस्तरीय शिक्षाको व्यवस्था मिलाइनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् ।
मधेस प्रदेशमा बूढानीलकण्ठ स्कुलको शाखा स्थापना गर्न आग्रह
मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले उक्त प्रदेशमा बूढानीलकण्ठ स्कुलको शाखा स्थापना गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई आग्रह गर्नुभएको छ ।
सुन्दर अक्षरले संसार चिनायो
प्रकृति मल्ल सुन्दर अक्षरका धनी व्यक्तित्व हुन् । उहाँको अक्षरको प्रशंसा शिक्षक, अभिभावक र नजिकका साथीभाइले त गर्थे नै विश्व हस्तलेखन प्रतियोगितामा सफल भएपछि उहाँको प्रशंसा विश्वभर फैलियो ।
एसइई पूरक परीक्षा साउन २३ देखि (यस्तो छ तालिका)
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसइई पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ । सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार साउन २३ गते देखि सुरु गर्ने गरी आज तालिका सार्वजनिक गरेको छ ।
शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्छु : मन्त्री श्रेष्ठ
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताउनुभएको छ ।
वन्यजन्तुका कारण विद्यार्थी जोखिममा
वन्यजन्तुका कारण बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रका विद्यालयका विद्यार्थी जोखिमपूर्ण अवस्थामा छन् । साँझ र बिहानको समयमा निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासमा रहेका विद्यालय आवतजावत गर्दा वन्यजन्तुको आक्रमणको जोखिम बढेको हो ।
शिक्षण सिकाइ कार्यको अनुगमन
शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीले विभिन्न विद्यालयको अनुगमन गरेको छ ।
युवा–विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा–विद्यार्थी विदेश पलायन हुने कारणहरू पत्ता लगाई स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य रहेको बताउनुभएको छ ।
उमेशले गरे खुट्टाले लेखेरै एसइई उत्तीर्ण
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. २ मदुवाका १८ वर्षीय उमेश खत्री शारीरिक रूपमा अशक्त हुनुहुन्छ । उहाँको दुई वटै हातले कुनै पनि काम गर्न सक्दैन । खुट्टा पनि सामान्य अवस्थामा छैन ।
‘देशैभर कानुनका जनशक्ति आवश्यक’
लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रत्न खत्रीले देशैभर कानुनका जनशक्ति आवश्यक रहेको बताउनुभएको छ ।
कैलारीमा ११ कक्षाका लागि विद्यार्थी अभाव हुन सक्ने
कक्षा १२ सम्म पठनपाठन हुने पाँच वटा विद्यालय रहेको कैलारी गाउँपालिकामा ८.५८ प्रतिशत विद्यार्थीमात्रै माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण भएका छन् ।
‘हाम्रो नेपालगन्ज’ स्थानीय पाठ्यक्रम कार्यान्वयन
नेपालगन्ज उपमहानगरपालिकाले ‘हाम्रो नेपालगन्ज’ स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याएको छ ।
प्रदेशभर खस्कियो एसइई नतिजा
राष्ट्रिय परीक्षा बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीका आधारमा सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा कर्णालीका आधाभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएका छन् । ग्रेडिङ प्रणालीका आधारमा नतिजा प्रकाशन हुँदा प्रदेशभर आधाभन्दा बढी अर्थात् ५९ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् । यस प्रदेशबाट एसइई दिएका ३५ हजार ४४६ विद्यार्थीमध्ये १४ हजार ६५४ विद्यार्थी उत्तीर्ण भएका छन् । शिक्षा विकास निर्देशनालयका अनुसार २० हजार ७७९ विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेडिङ (एनजी)’ मा परेका छन् । यो वर्ष प्रदेशभरबाट ४१.३४ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका हुन् ।
ग्रेडवृद्धि परीक्षा : कक्षा ११ को पढाइ प्रभावित हुने
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा ‘ननग्रेडेड (एनजी)’ आएका सबै विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी गराउने निर्णयले कक्षा ११ मा भर्ना हुने नयाँ विद्यार्थीको पढाइ प्रभावित हुने भएको छ । शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइईमा अनुत्तीर्ण सबै विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी हुन दिने निर्णय गरेको थियो । हाल कार्यान्वयनमा रहेको अक्षराङ्क (लेटर ग्रेडिङ) निर्देशिकाले भने अधिकतम दुई विषयमा एनजी आएका विद्यार्थीलाई मात्रै ग्रेडवृद्धि परीक्षाको मौका दिने उल्लेख छ ।
दाङको राजपुर गाउँपालिकाबाट एसइईमा एक जना उत्तीर्ण
दाङको राजपुर गाउँपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई )मा एक जना मात्रै विद्यार्थी उत्तीर्ण भएका छन् ।
तनहुँमा १३ विद्यालयको नतिजा शून्य
बिहीबार प्रकाशित भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा तनहुँका १३ सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ ।