साढे १६ क्वीन्टल अवैध लसुन बरामद
जिल्ला प्रहरी कार्यालय नवलपुरले अवैध रुपमा ल्याइएको साढे १६ क्वीन्टल लसुन बरामद गरेको छ । कावासोती नगरपालिका १६ चालिसकिलो जंगलमा चेकजाँचका क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदैगरेको लु २ ख २३५१ नम्बर बसबाट सो लसुन बरामद गरेको हो ।
अन्तर्राष्ट्रिय बजारमा घट्न थाल्यो तेलको मूल्य
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएको छ । एक महिनाको अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल २४ अमेरिकी डलरले घटेको छ । प्रशोधित तेलको मूल्य पनि घटेको छ । पेट्रोलमा प्रतिब्यारेल १० अमेरिकी डलरले घटेको छ भने डिजेलमा १५ डलरले घटेको नेपाल आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिनुभयो तर तत्कालको अवस्थाले नेपालमा प्रभाव पार्छ पर्दैन यसै भन्न नसकिने उहाँको भनाइ छ ।
रैथाने नश्ल सङ्कटमा
उत्पादकत्व वृद्धिका लागि पशुपन्छीको नश्ल सुधारका विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । सरकारले नै विदेशी प्रजातिको नश्ललाई भित्र्याउन सहयोग गरिरहेको छ । यसरी विदेशी नश्ल भित्र्याउँदा रैथाने पशुपन्छी सङ्कटमा परेको अवस्थालाई भने त्यति ध्यान दिन सकिएको छैन ।
प्रत्येक शनिबारको लोडसेडिङले धादिङबासीलाई सास्ती
विद्युत्त प्राधिकरण धादिङले हरेक शनिबारका लागि सूचना प्रकाशित गर्दै विद्युत्त मर्मतका लागि भन्दै लोडसेडिङ गर्ने गरेको छ । प्राधिकरणको हरेक शनिबारको लोडसेडिङको मारमा धादिङबासी पर्ने गरेका छन् ।
अनौपचारिक क्षेत्रका श्रमिकलाई समेटिने
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई समेट्ने तयारी भएको जानकारी दिनुभएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)का राष्ट्रिय निर्देशक डा. रिचार्ड हवार्डसँग शुक्रबार मन्त्रालयमा भएको भेटमा श्रममन्त्री कुँवरले सोबारेमा जानकारी दिनुभएको हो ।
सानो लगानीमा राम्रो आम्दानी
गाउँघरमा श्रमिकका रूपमा ज्याला मजदुरी गर्ने धनबहादुर मस्र्याङ्गीको अहिले परिचय बदलिएको छ । वराहताल गाउँपालिका–५, रचाका मस्र्याङ्गी अहिले व्यावसायिक कृषक बन्नुभएको छ । परम्परागत खेतीसँगै व्यावसायिक तरकारी खेतीमा जोडिएपछि उहाँको दैनिकी फेरिएको हो । मस्र्याङ्गीले अहिले छ रोपनी जग्गामा खेती गर्नुभएको छ ।
मौद्रिक नीतिबारे छलफल
प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल उद्योग परिसङ्घका पदाधिकारीले भेट गरी मुलुकको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीतिलगायतका विषयमा छलफल गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा मुलुकको पछिल्लो आर्थिक अवस्था, बजेट कार्यान्वयन र आगामी आर्थिक वर्षको मौद्रिक नीतिलगायतका विषयमा कुराकानी भएको परिसङ्घले जनाएको छ ।
झन् खस्कियो पुँजीगत खर्च
चालू आर्थिक वर्षका प्रत्येक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य लिए पनि त्यसअनुसार खर्च गर्न सरकार असफल देखिएको छ । त्यति मात्र होइन, बजेटमा विनियोजित पुँजीगत खर्च विगतको तुलनामा झन् खस्किएको छ ।
श्रम समझदारीपत्र हस्ताक्षरमा ढिलाइ
नेपाली नर्सलाई रोजगारी दिने विषयमा नेपाल र बेलायतबीच असारको पहिलो साताभित्रै श्रम समझदारीपत्रमा हस्ताक्षर गर्ने भनिए पनि अहिलेसम्म हुन सकेको छैन । दुई हजार नेपाली नर्स बेलायत लैजान असारको पहिलो साताभित्रै दुई देशबीच श्रम समझदारीपत्रमा हस्ताक्षर गर्ने सहमति भएको थियो ।
म्यानपावर कम्पनी नवीकरणको चिन्ता
वार्षिक एक सयभन्दा कम श्रमिक वैदेशिक रोजगारीमा पठाउने वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी नवीकरण नहुने कानुनी प्रावधान छ तर कोरोना महामारीका कारण देखाउँँदै विगत दुई वर्षदेखि यो कार्यान्वयन हुनसकेको छैन ।
नेप्से परिसूचक दाहोरो अङ्कले ओरालो, एक अर्ब ८० करोडको कारोबार
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.६० अङ्कले ओरालो लागेर दुई हजार २७.३२ मा ओर्लेको छ ।
आइतबारदेखि भुक्तानी प्रणाली बन्द
महालेखा नियन्त्रक कार्यालयले देशैभरका कोष तथा लेखा नियन्त्रक कार्यालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालय र स्थानीय तहको भुक्तानी प्रणाली आइतबारदेखि बन्द हुने जनाएको छ । कार्यालयले बुधबार निर्णय गर्दै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार सम्बन्धित कार्यालयलाई भुक्तानी प्रणाली बन्द हुने जानकारी गराएको हो ।
हवाई भाडा वृद्धि
नेपाल वायु सेवा सञ्चालक सङ्घले आन्तरिक तर्फको हवाई सेवाको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै सङ्घले बिहीबारदेखि लागू हुनेगरी भाडा वृद्धि गरेको हो । नयाँ हवाई भाडाअनुसार न्यूनतम ४५ रुपियाँदेखि अधिकतम २२० रुपियाँसम्म वृद्धि भएको छ ।
कुशल उत्पादन अभ्यासतर्फ औषधि लिमिटेड
नेपाल औषधि लिमिटेडले हेमोडायलासिस उपकरण, पानी प्रशोधन तथा वितरण प्रणाली र एयर ह्यान्डिलिङ युनिट सञ्चालनमा ल्याएको छ । बुधबार आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सो युनिटको उद्घाटन गर्नुभयो ।
धान रोपाइँमा ढिलाइ : हालसम्म ३०–३५ प्रतिशत मात्र रोपाइँ
यसपालि चाँडै मनसुन सुरु भए पनि रोपाइँ ढिलो भइरहेको छ । कृषि विभागका अनुसार यो वर्ष हालसम्म मुलुकभर ३०–३५ प्रतिशत मात्रै रोपाइँ भएको छ जबकी गत वर्ष यो बेलासम्म ५० प्रतिशतभन्दा बढी धान रोपाइँ भइसकेको थियो ।
शून्य लागतमा श्रमिक लैजाने सहमति
मलेसियामा रहेको विश्वकै ठूलो आईटी कम्पनीले शून्य लागतमा ४५० नेपाली श्रमिक लैजाने गरी द्विपक्षीय सम्झौता गरेको छ । मलेसियाको बिस्र्टन टेक्नोलोजी र नेपालका वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी आकर्षण इन्टरनेसनल र लालधनुुष इन्टरनेसनलबीच शून्य लागतमा नेपाली श्रमिक लैजाने विषयमा मङ्गलबार द्विपक्षीय सम्झौता सम्पन्न भएको हो ।
सहजीकरण गर्न आग्रह
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले संयुक्त अरब इमिरेटस् (यूएई)मा कार्यरत नेपाली श्रमिकले भोग्दै आएको समस्याको समाधानमा सहजीकरण गर्न नेपालका लागि यूएईका राजदूतसँग आग्रह गर्नुभएको छ ।
नेप्से परिसूचक १३.३३ अंकले बढ्यो
बुधवार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ। मंगलबार ९ अंकले गिरावट आएको नेप्से परिसूचक बुधबार १३.३३ अंक बढेर २०४३.९२ बिन्दुमा पुगेको छ।
भन्सार छुट पाएका वस्तुको निर्यातमा वृद्धि
अमेरिकाले निर्यातमा भन्सार छुट दिएका ७७ स्वदेशी वस्तुको निर्यात बढ्दै गएको छ । अमेरिकी बजारमा स्वदेशी उत्पादनको माग उच्च भएकाले निर्यात बढ्दै गएको हो । पछिल्लो तीन वर्षदेखि भन्सार छुट पाएका वस्तुको निर्यात बढ्दै गएको व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङ्कले देखाएको छ । सुरुमा निर्यात बढेर बीचमा कमी आए पनि पछिल्लो तीन वर्षदेखि भने निर्यात निरन्तर बढ्दो अवस्थामा रहेको छ ।
स्वदेशी उत्पादन प्रवद्र्धन केन्द्रित मौद्रिक नीति ल्याइने
आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले तय गरेको उत्पादनशील अर्थतन्त्रका लागि स्वदेशी उत्पादन प्रवद्र्धनको मूल उद्देश्यलाई नेपाल राष्ट्र बैङ्कले बनाउँदै गरेको मौद्रिक नीति पनि पछ्याउने देखिएको छ ।राष्ट्र बैङ्क गभर्नर महाप्रसाद अधिकारीको भनाइअनुसार राष्ट्रिय पुँजी स्रोतको परिचालन राष्ट्रिय अर्थतन्त्रको उत्पादशीलता बढाउनमा मौद्रिक नीति केन्द्रित हुनेछ । नेपाल व्यवस्थापन सङ्घले मङ्गलबार राजधानीमा गरेको मौद्रिक नीतिबारे सरोकारवालाबीचको अन्तक्र्रियामा अधिकारीले देशभित्र रहेको पुँजी स्रोतलाई आवश्यकता र प्राथमिकताका आधारमा परिचालन गर्नुपर्ने बताउनुभएको हो ।
मसिनो धानको विकासमा जोड
मसिनो बास्नादार र मसिनो चामलप्रति उपभोक्ताको रुचि बढ्दै गएकाले चामल आयातमा वृद्धि भएको छ । चामलको आयात घटाउन सरकारले उपभोक्ताको रुचिअनुसारको धान उत्पादनतर्फ ध्यान दिन थालेको छ । उपभोक्ताको रुचिअनुसारको धानको उत्पादन वृद्धि गर्न उपयुक्त जात विकासमा जोड दिन थालिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
शेयर निष्काशन ६ महिनापछि गर्न सुझाव
रसुवामा निर्माणाधीन साञ्जेन जलविद्युत् कम्पनीद्वारा स्थानीयका लागि छुट्याएको शेयर तत्काल बिक्री खुला नगर्न आग्रह गरिएको छ । एक सय ११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावर कम्पनीले यही १३ गतेदेखि ६८ लाख ४२ हजार १०० कित्ता शेयर बिक्री खुला गरेको थियो । आर्थिक समस्याका कारण जिल्लावासीले पाउने सञ्जेन कम्पनीको शेयर हाललाई बिक्री खुला नगर्न स्थानीयले माग गरेका हुन् ।
विद्युत् उत्पादन सुरु
हालसम्म विद्युत् सेवा नपुगेको उत्तरी नाम्खा गाउँपालिका–५ को यारीमा सोलार मिनी ग्रिडबाट विद्युत् उत्पादन सुरु भएको छ । मिनी ग्रिड स्थापना भएको स्थानमा सोलार प्यानल जडानपछि विद्युत् उत्पादन भएको हो । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना तेस्रो चरणका जिल्ला सल्लाहकार वीरेन्द्र थापाले सो मिनी ग्रिडबाट ५० किलोवाट विद्युत् उत्पादन भएको बताउनुभयो । उहाँले विद्युत् उत्पादन भएर १७ भन्दा बढी घरधुरीलाई विद्युत् वितरण गरिएको र बाँकीलाई वितरण जारी राखिएको जनाउनुभयो । यसका लागि
बागमती सबैभन्दा प्रतिस्पर्धी
प्रदेश सरकारमध्ये बागमती प्रदेश सबैभन्दा धेरै प्रतिस्पर्धी देखिएको छ । सङ्घीयता कार्यान्वयन पछि नेपालको आन्तरिक प्रतिस्पर्धात्मक क्षमता सम्बन्धमा गरिएको एक अध्ययन प्रतिवेदनले बागमती सबै सूचकमा अब्बल पाइएको हो । नेपाल इन्स्टिच्युट फर पोलिसी रिसर्चले मङ्गलबार सार्वजनिक गरेको ‘नेपाल कम्पिटेटिभनेस इन्डेक्स २०२२’ ले बृहत् आर्थिक स्थायित्व, सरकार र संस्थागत व्यवस्था, वित्तीय व्यवसाय र जनशक्ति अवस्था, जीवनको गुणस्तर तथा पूर्वाधार विकासजस्ता सूचकमा बागमती प्रदेश सबैभन्दा अगाडि देखाएको हो । एसिया कम्पिटेटिभनेस इन्स्टिच्युटको सहकार्यमा यो पहिलो पटक तयार गरिएको प्रतिवेदन हो ।