भन्सारजन्य निर्यातको एक तिहाइ विद्युत् निर्यात
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कले चालु आर्थिक वर्ष २०८१/८२ को साउनमा नेपालले विभिन्न ५०९ प्रकारका वस्तु निर्यात गरेर १२ अर्ब २२ करोड रुपियाँ आर्जन गरेको देखाउँछ तर ५०९ को श्रेणीमा नपर्ने विद्युत् भने साउनमा चार अर्ब १९ करोड रुपियाँको निर्यात भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यस अनुसार भन्सारजन्य निर्यातको तुलनामा एक तिहाइभन्दा बढी पुग्छ । नेपाल विद्युत् प्राधिकरणले साउनमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गरी चार अर्ब १९ करोड ३९ लाख २४ हजार रुपियाँ आम्दानी गरेको जनाएको छ । यस अनुसार साउनमा दैनिक रूपमा १३ करोड ११ लाख रुपियाँको विद्युत् निर्यात गरिएको छ । साउनमा निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट आठ रुपियाँ ५१ पैसा रहेको छ ।
राजस्व चुहावट रोक्न द्रुत गस्ती
राजस्व चुहावट नियन्त्रण गर्न सरकारले केन्द्रीय द्रुत गस्ती टोली गठन गर्ने भएको छ । अर्थ मन्त्रालयमा बुधबार बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले यसरी गठन भएको टोलीलाई पूर्वदेखि पश्चिमसम्म परिचालन गर्ने निर्णय गरेको हो । लक्ष्य अनुसार राजस्व सङ्कलन हुन नसकेपछि समितिको बैठकले अन्य महत्वपूर्ण निर्णय पनि लिएको छ । राजस्व चुहावट नियन्त्रण र करमैत्री सेवा विस्तार गरी चालु आर्थिक वर्षको राजस्व सङ्कलनको लक्ष्य पूरा गर्ने निर्णय पनि सो बैठकले गरेको छ । बैठकले राजस्व सङ्कलनको लक्ष्यलाई राजस्व प्रशासनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीको कार्यसम्पादन मूल्याङ्कनको महत्वपूर्ण आधार बनाउने निर्णय पनि गरेको छ ।
युरो घट्यो, अमेरिकी डलर बढ्यो
बुधबारको तुलनामा आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोको घटेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ तीन पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६३ पैसा रहेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५९ पैसा रहेको थियो ।
इन्धनबाट डेढ खर्ब पूर्वाधार विकास कर
पछिल्लो नौ वर्षको अवधिमा पेट्रोलियम पदार्थबाट पूर्वाधार विकास करबापत झन्डै डेढ खर्ब रुपियाँ राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७२/७३ देखि आव २०८०/८१ सम्म बुढीगण्डकी आयोजना र पूर्वाधार विकासबापत एक खर्ब ३७ अर्ब रुपियाँ राजस्व सङ्कलन भएको नेपाल आयल निगमले जनाएको छ । आव २०७२/७३ को बजेटमार्फत बहुचर्चित एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी आयोजना निर्माण गर्ने भन्दै सरकारले पेट्रोलियम पदार्थ आयात हुने भन्सार विन्दुमै पेट्रोलियम पदार्थमार्फत कर उठाउन थालेको थियो । आव २०७२/७३ मा सरकारले बुढीगण्डकी जलविद्युत् आयोजना आफैँ बनाउने घोषणा गरेपछि लगानी जुटाउन पेट्रोलियम पदार्थ आयात गर्दा प्रतिलिटर पाँच रुपियाँ भन्सार कर उठाउन सुरु गरेको हो ।
मध्यपूर्वी देशमा सीमित रोजगारी युरोपतिर मोडिँदै
मध्यपूर्वका देश र मलेसियामा सीमित नेपाली युवाको वैदेशिक रोजगारी युरोपतिर मोडिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा युरोपका क्रोएसिया, साइप्रस, जोर्डन, माल्टा, मौरिसस, रोमानिया र पोल्यान्ड, साइब्रेरियालगायतका देशमा जाने युवाको सङ्ख्या ६६ हजारभन्दा बढी छन् ।
मिसाए फोहोर, छुट्याए मोहर
फोहोर फाल्ने ठाउँ भन्नेबित्तिकै जताततै फोहोरैफोहोर, दुर्गन्ध, किरा झिँगाले घेरिएको जानै नसकिने ठाउँ जस्तो लाग्न सक्छ । हुन पनि फोहोर व्यवस्थापन केन्द्रको दृश्य प्रायः त्यस्तै नै हुन्छ । तर धनकुटा नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्रमा न त फोहोर छरपस्ट छ, न दुर्गन्ध र किरा झिँगाले घेरिएको छ । फोहोर व्यवस्थापन केन्द्रमा फोहोरमाथि सुन्दर बगैँचा छ । वर्षैभरि मौसम अनुसारका फूल फुल्छन् । देशका विभिन्न स्थानबाट फोहोर व्यवस्थापनको तरिका सिक्न बर्सेनि सयौँ व्यक्ति त्यहाँ पुग्छन् । अन्य स्थानमा फोहोरको समस्या विकराल भइरहँदा धनकुटामा यसलाई नवीनतम ढङ्गले व्यवस्थापन गरिएको छ ।
सार्वजनिक ऋण सरकारको काबुभित्रै छ, ऋण लिँदा होसियार हुनुपर्छ : अर्थमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक ऋण सरकारको काबु भन्दा बाहिर नभएको बताउनुभएको छ।
जापानले नेपाललाई ४२ करोड रुपियाँ बराबरको छात्रवृत्ति अनुदान दिने
जापान सरकारले मानव संशोधन विकास छात्रवृत्ति (जेडिएस) परियोजना अन्तर्गत नेपाल सरकारलाई करिब ४२ करोड ३० लाख नेपाली रुपियाँ (४५ करोड ४० लाख जापानी येन) बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ ।
नेपालगन्ज भन्सारले उठायो ७३ प्रतिशत राजश्व
नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामै ७३ प्रतिशत मात्र राजश्व असुली गर्न सफल भएको छ ।
निगमका दुई वाइडबडी जहाज ग्राउन्डेड
नेपाल वायुसेवा निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि रहेका चार वटा जहाजमध्ये दुई वटा वाइडबडी जहाज ग्राउन्डेड भएका छन् । प्रमुख पर्यटकीय सिजन र दसैँतिहार जस्ता ठुला चाडपर्वको समय नजिकिँदै गर्दा निगमका दुई प्रमुख जहाज विस्तृत मर्मतसम्भार (सी–चेक) का लागि ग्राउन्डेड भएका हुन् ।
दस अर्बको ऋणपत्र निष्कासन हुँदै
सरकारले १० अर्ब रुपियाँको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । बोलकबोलमार्फत ब्याजदर निर्धारण हुने गरी बुधबार उक्त ऋणपत्र निष्कासन गर्न लागिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । ऋणपत्रको अवधि तीन वर्षको हुने छ । कार्यालयले ऋणपत्र खरिद गर्न इच्छुक बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकलाई आग्रह गरेको छ । खरिद गर्न इच्छुकले बुधबार दिउँसो ३ बजेसम्म बोलकबोलमा सहभागिता जनाउन सक्ने छन् ।
अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढ्यो
आज अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङलगायतको विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मङ्गलबारको तुलनामा बुधबार ती मुद्राको भाउ बढेको हो
नारायणगढ सडकमा रोपाइँ जात्रा
श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर नारायणी कला मन्दिर नारायणगढले सोमबार चितवनको नारायणगढ बजारमा रोपाइँ जात्रा निकालेको छ । कलामन्दिर परिसरबाट निकालिएको जात्रामा श्रीकृष्ण र राधाको प्रतीकका रूपमा बालबालिकालाई सिँगारेर सहभागी गराइएको थियो । जात्रामा श्रीकृष्ण र राधालाई दुई घोडाले तान्ने रथमा राखेर रथारोहण गराइएको थियो । मानिसलाई नै गोरुको रूपमा जुवा लगाएर हलोले सडकमा जोतेको, बाउसे गरेको र रोपाइँ गरेको अभिनय गरिएको थियो ।
नेपालको अर्थोडक्स चियालाई विश्वभर चिनाउनु पर्छ : कृषिमन्त्री
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्ने बताउनुभएको छ । नेपाली अर्थोडक्स चिया प्रदर्शनीलाई मङ्गलबार उद्घाटन गर्दै मन्त्री अधिकारीले नेपाली चियाको मुख्य बजार भारत हो तर भारत आफैँ चियाको ठुलो उत्पादक रहेकाले अब नेपाली चियाले भारतीय बजारको विकल्प खोज्नुपर्ने बताउनुभयो । भारत आफैँले चिया उत्पादन गर्ने भएकाले नेपाली चियाको उचित मूल्य नदिने भन्दै मन्त्री अधिकारीले नेपाली किसानको लागत पनि नउठ्ने भएकाले भारतीय बजारको विकल्प खोज्नुपर्ने कुरामा जोड दिनुभयो ।
‘नीतिगत स्थिरता सुरक्षित गर्दै सरकार अघि बढ्छ’
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नीतिगत स्थिरता सुरक्षित गर्ने हिसाबले वर्तमान सरकार अघि बढ्ने बताउनुभएको छ । मङ्गलबारदेखि सुरु भएको ‘नाडा अटो सो’ को उद्घाटन गर्दै उहाँले नेपालमा गुणस्तरीय उत्पादन गर्न सके अन्तर्राष्ट्रिय बजार नेपालका लागि पनि सुरक्षित हुने बताउनुभयो । देश, जनता र कानुनको ख्याल गरेर सफल व्यवसाय गर्ने व्यवसायीहरूलाई राज्यले साथ र संरक्षण गर्ने अर्थमन्त्री पौडेलले बताउनुभयो ।
ऊर्जाको प्रगति खोज्न पूर्वमन्त्रीहरूको सुझाव
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशको ऊर्जा क्षेत्रको विद्यमान समस्या र तिनको समाधान खोज्न पूर्वऊर्जामन्त्रीहरूसँग मङ्गलबार छलफल गर्नुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको छलफलमा पूर्वमन्त्रीहरूले जलाशययुक्त आयोजना विकास, प्रसारण लाइन निर्माणमा तीव्रता, विद्युत् व्यापारको व्यवस्थापनलगायतका विषयमा सुझाव दिएका छन् ।
स्टार्टअप उद्यम कर्जाका लागि आवेदन खुला
स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आवेदन खुला गरिएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले मङ्गलबार स्टार्टअप उद्यम कर्जाका लागि आवेदन खुला गरेको हो । प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ अनुसार तोकिएका मापदण्ड पूरा भएका उद्यमीले कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गर्न सूचना सार्वजनिक गरेको हो । उद्यमीले कर्जाका लागि २१ दिनसम्म प्रस्ताव पेस गर्नुपर्ने छ । परियोजनाको प्रस्ताव अनलाइनमार्फत भर्न सकिने व्यवस्था गरिएको छ । उद्यमीले परियोजना प्रस्ताव आइइडिआई डट ओराजी डट एनपीमार्फत भर्न सकिने छ ।
एक सातायता प्याजको भाउ महँगियो
पछिल्ला एक सातायता नेपाली बजारमा प्याजको भाउ महँगिएको छ । प्याजमा भारतसँग परनिर्भर रहँदै आएको नेपाल भारतमा महँगो भएको हल्ला आउनेबित्तिकै यसको असर नेपाली बजारमा देखिन थालेको हो । पछिल्लो एक साताको बिचमा प्याजको भाउ थोकमै प्रतिकेजी ४० रुपियाँ महँगिएको छ भने खुद्रा यो भाउ अझै महँगो भएको छ ।
कडाइका साथ राजस्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले कडाइका साथ राजस्व चुहावट नियन्त्रण गर्न निर्देशन दिनुभएको छ।
नेप्सेमा निरन्तर गिरावट
यो सातामा कारोबारको दोस्रो दिन पनि पुँजीबजारमा उच्च अङ्कको गिरावट देखिएको छ। आइतबार ७९ दशमलव ८८ अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज एक सय ११ दशमलव ९६ अङ्कले घटेर दुई हजार सात सय ८२ दशमलव ६० को बिन्दुमा कायम भएको छ।
प्राङ्गारिक मल तथा बायोग्यास उद्योग : करोडौँ लगानी, उपलब्धि शून्य
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित ओखरबोटेमा स्थापना गरिएको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग तत्कालीन १ नं. प्रदेश (हाल कोशी प्रदेश)का तत्कालीन मुख्यमन्त्री शेरधन राईले वि.सं. २०७७ चैत–२१ गते उद्घाटन गर्नुभएको थियो ।
पैँचोले ल्यायो चाडपर्व उपहार योजना
पैँचो पसल प्रालिले चाडपर्वका अवसरमा उपहार योजना सार्वजनिक गरेको छ । सोमबार कृष्णाष्टमीबाट सुरु भएको उपहार योजना तिज, दसैँ, तिहार, छठ हुँदै क्रिसमससम्म सञ्चालन हुने छ । पैँचो पसलका उत्पादन खरिद गर्दा यो उपहार योजनामा सहभागी हुन सकिने कम्पनीले जनाएको छ ।
म्यान्मारमा सिधा उडानको पहल
नेपाल म्यान्मार चेम्बर अफ कमर्सले नेपालदेखि म्यान्मारसम्म सिधा उडानका लागि पहल गरेको छ । नेपालका लागि गणतन्त्र म्यान्मारका नवनियुक्त राजदूत म्यो मायन्ट मौङ्गसँगको सोमबारको भेटमा चेम्बरले लुम्बिनीदेखि म्यान्मारसम्मको सिधा उडानका लागि आग्रह गरेको हो । भेटमा चेम्बरका अध्यक्ष शिवकुमार अग्रवालले विगत १३ वर्षदेखि द्विपक्षीय व्यापारका क्षेत्रमा म्यान्मारबाट सहयोग प्राप्त भएको बताउनुभयो । त्यस्तै उहाँले नवनियुक्त राजदूत मौङ्गको कार्यका
श्रमिकका परिवारले पाए उपचार खर्च
वैदेशिक रोजगार बोर्डले पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीका लागि विदेश गएका श्रमिकका २६५ परिवारका सदस्यलाई स्वास्थ्य उपचार खर्च प्रदान गरेको छ । वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारलाई गम्भीर बिरामी पर्दा उपचार खर्च उपलब्ध गराउँदै आएको बोर्डले आर्थिक वर्ष २०८०/८१ मा २६५ परिवारका सदस्यलाई करिब एक करोड २० लाख रुपियाँ आर्थिक सहायता प्रदान गरेको हो । वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारका सदस्य गम्भीर बिरामी वा दीर्घकालीन रोग लागेमा बोर्डले प्रतिबिरामी ५० हजार रुपियाँसम्म आर्थिक सहायता प्रदान गर्छ । यो आर्थिक सहायता क्यान्सर, मिर्गौला प्रत्यारोपण, मुटुको शल्यक्रिया, पार्किन्सन्स र अल्जाइमर जस्ता गम्भीर प्रकृतिका रोग लाग्दा पाइने व्यवस्था बोर्डले गरेको छ ।