महारानी एलिजाबेथ विश्वले सम्मान गर्ने योग्य राजनेता : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा शोक व्यक्त गर्दै बेलायती जनता र बेलायतका महाराज चार्ल्स तृतीयलाई समवेदना सन्देश पठाउनु भएको छ ।
बेलायती महारानी एलिजाबेथ द्वितीयाको स्वर्गारोहण
बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा बिहीबार स्वर्गारोहण भएको छ ।
सभामुख सापकोटासँग फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलको शिष्टाचार भेट
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ । फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष ड्यानियल साल्मोन नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले बिहीवार विहान सिंहदरबारस्थित कार्यकक्षमा सभामुख सापकोटासँग भेट वार्ता गरेको हो ।
मुटुरोगीलाई तनहुँ समाज हङकङको सहयोग
तनहुँ समाज हङकङले तनहुँको ऋषिङ गाउँपालिका –७ निवासी ४३ वर्षीया मुटुरोगी चन्द्रमाया नेपालीलाई आर्थिक सहयोग गरेको छ । मङ्गलबार ऋषिङ पोखरीभञ्याङस्थित निवासमा पुगी समाजले नगद १ लाख ७९ हजार ४ सय ६० रुपियाँ हस्तान्तरण गरेको हो ।
प्रधानमन्त्री देउवासँग भारतीय सेनाध्यक्ष पाण्डेको शिष्टाचार भेट
प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले शिष्टाचार भेट गर्नुभएको छ । रक्षामन्त्री समेत रहनुभएको प्रधानमन्त्री देउवासँग मङ्गलबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भारतीय सेनाध्यक्ष पाण्डेले शिष्टाचार भेट गर्नुभएको हो ।
ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री बन्दै
बेलायतको कन्जरभेटिभ पार्टीकी नेतृ लिज ट्रसलाई प्रधानमन्त्री बोरिस जोन्सनको उत्तराधिकारीका रूपमा उहाँको दलबाट निर्वाचित गरिएसँगै आर्थिक सङ्कटको सामना गर्न ‘साहसिक’ कदम चाल्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
मानव तस्करको जालमा महिला र पुरुष दुवै फस्दै
नेपालमा १६ औं मानव बेचबिखन विरुद्धको दिवस मनाइरहँदा मानव बेचबिखन हुने प्रकृतिमा पनि बदलिएको छ ।
राष्ट्रपति भण्डारीद्वारा भारतीय सेनाध्यक्ष पाण्डेलाई दर्ज्यानी चिह्न प्रदान
राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । सोमबार अपराह्न राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले भारतीय सेनाध्यक्ष पाण्डेलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो ।
भारतीय सेनाध्यक्ष पाण्डेद्वारा सैन्य सामग्री हस्तान्तरण
पाँच दिने नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई विभिन्न गैर–घातक सैन्य सामग्री हस्तान्तरण गर्नुभएको छ ।
भारतीय सेनाध्यक्ष र प्रधान सेनापतिबीच भेटवार्ता
भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डे र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । सोमबार बिहान भद्रकालीस्थित जङ्गी अड्डामा दुई देशका सैनिक प्रमुखबीच भेटवार्ता भएको हो ।
भारत पाँचौँ ठूलो अर्थतन्त्र
भारत विश्वकै पाँचौँ ठूलो अर्थतन्त्र बनेको दाबी गरिएको छ । स्टेट बैङ्क अफ इन्डिया (एसबीआई)ले शनिबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले सन् २०२१ डिसेम्बरमै भारतको अर्थतन्त्रको आकार बेलायतको भन्दा ठूलो भएको जनाएको हो । यो प्रतिवेदनले सन् २०२९ सम्ममा भारत विश्वकै तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण पनि गरेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पनि अहिले भारतको अर्थतन्त्र अमेरिका, चीन, जापान र जर्मनीभन्दा पछि रहेको जनाएको छ । “आईएमएफको प्रक्षेपणले डलरमा भारतको अर्थतन्त्र बेलायतको अर्थतन्त्रभन्दा ठूलो भइसकेको छ । जुन अमेरिका, चीन, जापान र जर्मनीको पछाडि छ । एक दशकअघि भारत ठूलो अर्थतन्त्रको सूचीमा ११औँ स्थानमा थियो,” आईएमएफको प्रतिवेदनमा भनिएको छ ।
भारतीय सेनाध्यक्ष पाँडे आज नेपाल आउनुहुँदै
भारतीय सेनाध्यक्ष जनरल मनोज पाँडे आज (आइतबार) नेपाल आउँदै हुनुहुन्छ । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा भारतीय सेनाध्यक्ष पाँडे आज अपराह्न नेपाल आउन लाग्नुभएको हो ।
अमेरिकामा नेता गिरीको सम्झना : उहाँ लालचबिनाको नेता
यहाँ रहेका कांग्रेसजनले आफ्ना दिवंगत नेता एवं प्रतिनिधि सभाका सदस्य प्रदिप गिरीको स्मृतिमा एक शोक सभाको आयोजना गरी उहाँको स्मरण गरेका छन्।
भारतीय सेना प्रमुख पाण्डे नेपाल आउनुहुँदै
नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाका प्रमुख जनरल मनोज पाण्डे नेपाल आउनुहुने भएको छ ।
बालेनको कार्यको अमेरिकामा प्रशंसा
काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले हालै काठमाडौँको विभिन्न भागमा गरेको नगरविकासका योजना र यसको पुनर्संरचनाको प्रयासलाई अमेरिकामा प्रशंसा गरिएको छ ।
भारतका गृहमन्त्री शाहसँग डा. शर्माको भेटवार्ता
भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले आइतबार भारतका गृहमन्त्री अमित शाहसँग गृह मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ ।
एनआरएनएमा एक देश एक परियोजना समिति गठन
गैरआवासिय नेपाली संघले एक देश एक परियोजना उपसमिति गठन गरेको छ । संघले आईसिसिका सचिव शंकर खड्काको संयोजकत्वका गठित समितिलाई पुर्णता दिइएको हो ।
मैनालीले गरे २०४ औं पटक रक्तदान
रक्तदाता अर्जुनप्रसाद मैनालीले अफ्रिकी राष्ट्र घाना पुगेर २०४ औं पटक रक्तदान गर्नुभएको छ । नेपाली मूलका नागरिक मध्ये धेरै पटक रक्तदान गर्ने उहाँ पहिलो व्यक्ति मानिन्छ ।
राष्ट्रपति समक्ष साउदी अरेबिया र स्लोभाक गणतन्त्रका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष साउदी अरेबिया र स्लोभाक गणतन्त्रका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ।
केसीले बनाए कोरियामा ब्याट्रीबाट चल्ने गाडी
रोजगारीका क्रममा दक्षिण कोरिया पुग्नुभएका म्याग्दीको बेनी नगरपालिका –६ का सुजन केसीले ब्याट्रीबाट गुड्ने गाडी बनाउनुभएको छ । पाँच महिनादेखि निरन्तर गरेको कोसिसपछि उहाँ चार पाङ्ग्रे गाडी बनाउन सफल हुनुभएको हो ।
अध्यक्ष ओलीसँग राजदूतहरूको भेट
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिका र बेलायतका राजदूतहरू तथा अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र युरोपेली संघका निमित्त राजदूतहरूले सामुहिक भेट गर्नुभएको छ । एमाले मुख्यालय च्यासलमा सामुहिक भेट भएको सो दलले जनाएको छ ।
प्रदिप गिरीलाई युरोपका लेखक–पत्रकारले सम्झिए
नेपाली कांग्रेसका नेता, सांसद तथा समाजवादी चिन्तक प्रदीप गिरीको निधन भएसँगै नेपाली राजनीतिले एक बौद्धिक राजनीतिज्ञ गुमाएको छ ।
अमेरिकाका नेपालीले सम्झे नेता गिरीलाई
नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनप्रति यहाँ एक श्रद्धान्जली कार्यक्रम गरिएको छ ।
परराष्ट्र सम्बन्धबारे नेपालले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
नीति अनुसन्धान प्रतिष्ठान, नेपालले भदौ १० देखि १२ सम्म नेपालको परराष्ट्र सम्बन्धबारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।