पहिलो हाफमा जर्मनी अगाडि
कतारमा जारी फिफा विश्वकप अन्तर्गत समूह ‘ई’ को खेलको पहिलो हाफमा जापानमाथि जर्मनीले १–० गोलको अग्रता लिएको छ ।
इरानमाथि इङ्ग्ल्यान्डको आधा दर्जन गोल
इङ्ग्ल्यान्डले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ अन्तर्गत सोमबार साँझ भएको खेलमा इङ्ग्ल्यान्डले एसियाली देश इरानमाथि ६-२ गोलको सानदार जित निकाल्यो ।
इक्वेडरको सुखद सुरुवात
इक्वेडरले फिफा विश्वकप फटबलमा सुखद सुरुवात गरेको छ । कतारको अल बायट स्टेडियममा आइतबार राति भएको उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई २-० गोलले हरायो ।
फिफा विश्वकप भव्य उद्घाटनसहित सुरु
फिफा विश्वकपकौ २२औं संस्करण कतारमा आइतबार राति देखि सुरु भएको छ । एक महिनासम्म चल्ने विश्वकपको कतारस्थित अल बायत स्टेडियममा भब्य उद्घाटन सहित सुरु भएको हो ।
बेन्जेमाको चोटले फ्रान्सलाई धक्का
टोलीका प्रभावशाली स्ट्राइकर करिम बेन्जेमा टोलीबाट बाहिरिएपछि साबिक विजेता फ्रान्सलाई कतार विश्वकपमा ठूलो धक्का लाग्ने भएको छ ।
महंगो विश्वकपको आकर्षक पुरस्कार
विश्व फुटबलको महाकुम्भ मेला २२औँ विश्वकप फुटबल आज (आइतबार) राति कतारको दोहामा भव्य समारोहबीच सुरु हुँदैछ ।
जापानका परराष्ट्र राज्य मन्त्री नेपाल आउँदै
जापानका परराष्ट्र राज्य मन्त्री ताकेइ स्युनसुके निर्वाचन पर्यवेक्षण गर्न नेपाल जाने हुनु भएको छ ।
कतार विश्वकपका लागि मेक्सिको र क्यानडाको टोली घोषणा
कतारमा मङ्सिर ४ गतेदेखि आयोजना हुने फिफा विश्वकप फुटबलका लागि मेक्सिको र क्यानडाले खेलाडी टोलीको घोषणा गरेका छन् ।
अपाङ्गता रोकथाम तथा पुनर्स्थापनामा नेदरल्याण्डस् र बङ्गलादेशी टोली
सुनसरीको सीमावर्ती कोसी गाउँपालिकामा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम प्रभावकारी र नमुना भएको भन्दै नेदरल्याण्डस् र बङ्गलादेशी टोलीले प्रशंसा गरेको छ ।
कप्तान मेस्सीसहित अर्जेन्टिना टोली कतारमा
मङ्सिर ४ गतेदेखि कतारमा सुरु हुने फिफा विश्वकप २०२२ मा सहभागिता जनाउन अर्जेन्टिना कतार पुगेको छ । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना टोली सोमबार कतारको दोहा पुगेको हो ।
बेलायतमा राजेशपायलले दर्शक नचाए
काठमाडौं, कात्तिक २८ गते । 'किरात राई यायोक्खा' (किराया) बेलायतले आयोजना गरेको नेपालका चर्चित गायक ‘राई इज किङ’ राजेशपायल राई एकल साङ्गीतिक साँझ सम्पन्न भएको छ । कार्यक्रमको मुख्य आकर्षणको केन्द्र ‘राई इज किङ’नै थिए । बेलायतका विभिन्न सहरबाट ओइरिएका दर्शक राजेशपायलको प्रतीक्षामा थिए । नेपालका लोकप्रिय गायक राजेशपायलले लाइभ ब्याण्डकासाथ ननस्टप गाएर दर्शक नचाए । आफ्ना लोकप्रिय गीत दर्शन नमस्ते, ‘दिक्तेल बजार,मैले मायाले दिएको मायाको चिनो, 'म त मर्छु कि क्या हो' लगायत दर्जनौँ गीत गाउनुभएको हो । गायक राईलाई बेलायतका वाद्यवादकहरु लिड गिटारमा सुरज गुरुङ, बेसमा होइसर तामाङ, किबोर्डमा थिर थापा, तबलामा महेश गुरुङ, बाँसुरीमा इन्द्र गुरुङ, ढोलकमा रेशम पाचे, ड्रममा प्रभास गुरुङ र रिदममा विकल थापाले सघाएका थिए । कार्यक्रममा प्रस्तुति दिइरहँदा गायक राईले प्रवासमा रहेपनि आफ्नो नेपाली कला, संस्कृति, गीत सङ्गीत नभुल्न सुझाव दिए।आफ्ना पिता रत्न राई र आमा साक्षी राखेर गीत गाइरहँदा उहाँले नेपाली समुदाय विभाजित नहुन पनि आग्रह गर्नुभयो । कार्यक्रममा बेलायतमा रहेका विभिन्न सङ्घ संस्था तथा नेपाली समाजका प्रतिष्ठित व्यक्तिहरूसमेतको उपस्थिति रहेको थियो ।बेलायतबाट पत्रकार केजीन राईको सहयोगमा
एनआरएनएको सहयोगमा डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण
गैर आवासिय नेपाली संघ (एनआरएनए)को आयोजना तथा कैलाली उद्योग बाणिज्य संघ र डोटी उद्योग बाणिज्य संघको संयुक्त सहकार्यमा डोटीका भूकम्प पिडितलाई राहत सामाग्री वितरण गरिएको छ ।
अध्ययनका लागि जापान पुगेका नेपाली युवकको मृत्यु
दुई महिनाअघि अध्ययनका लागि जापान आएका एक नेपालीको मृत्यु भएको छ।
कुवेतमा अलपत्र सात कामदारको उद्धार
वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ ।
प्रमुख आयुक्तसँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजले शिष्टाचार भेट गर्नुभएको छ ।
नेपालमा समावेशी लोकतन्त्र संस्थागत हुँदैछ : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा रहेको बताउनुभएको छ ।
राष्ट्रपति भण्डारी आइसल्यान्डमा
राष्ट्रपति विद्यादेवी भण्डारी विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स् (डब्लुपिएल)’ कार्यक्रममा सहभागी हुन औपचारिक भ्रमणका क्रममा आइसल्यान्ड पुग्नुभएको छ ।
आज डिभी भर्ने अन्तिम दिन
संयुक्त राज्य अमेरिकाकाे सन् २०२४ को लागि डाइभर्सिटी भिसा (डिभी) आवेदन भर्ने म्याद आजसम्म मात्र रहेको छ । असोज १९ गते बुधबार राति ९ः४५ बजेबाट खुला भएको आवेदन कात्तिक २२ गते अर्थात् आज (मङ्गलबार)सम्म मात्र रहेको हो ।
कोप २७ ‘उच्चस्तरीय सत्र’को दोस्रो दिन ५४ देशका नेताले सम्बोधन गर्ने
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७)को सोमबारदेखि सुरु भएको ‘उच्चस्तरीय सत्र’मा मङ्गलबार पनि विश्व नेताहरुले सम्बोधन गर्ने क्रम जारी रहनेछ ।
गैरआवासीय नेपालीको हकहितमा सहकार्य गर्न आवश्यक : सङ्घका अध्यक्ष
गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसीले विदेशमा रहेका गैरआवासीय नेपालीहरुको हकहितको सम्बर्धन गर्नका लागि सहकार्य गर्न आवश्यक रहेको बताउनुभएको छ ।
मंगलबार अमेरिकामा मध्यान्तर निर्वाचन हुँदै
यही मंगलबार अर्थात् नोभेम्बर ८ मा सम्पन्न हुने मध्यान्तर निर्वाचनले अमेरिकी राजनीतिको फैसला गर्नेछ । अमेरिकामा राष्ट्रपति निर्वाचनको दुई वर्षपछि हुने निर्वाचनलाई मध्यान्तर निर्वाचन भन्ने गरिएको छ ।
नेपाल पत्रकार महासङ्घ जापानको अध्यक्षमा पहरी निर्वाचित
नेपाल पत्रकार महासंघ जापानको अध्यक्षमा शान्त पहरी निर्वाचित भएका छन् । जापानको राजधानी टोकियोमा आइतबार सम्पन्न अधिवेशनबाट पहरी अध्यक्षमा निर्वाचित भएका हुन् ।
समता विद्यालयको सहयोगार्थ अमेरिकामा कार्यक्रम
नेपालमा सस्तोमा सर्वसुलभ शिक्षा प्रदान गर्दै आएको समता विद्यालयको सहयोगार्थ अमेरिकामा कार्यक्रम आयोजना गरिएको छ।
भूतपूर्व गोरखा सैनिकबारे बेलायतको चासो
भूतपूर्व गोरखा सैनिकको समस्यामा बेलायत सरकारले थप चासो देखाएको छ। बेलायतका लागि नेपालका राजदूत ज्ञानचन्द्र आचार्यको पहलमा भएको बैठकमा बेलायतका रक्षा राज्यमन्त्री डा. एन्ड्रिउ मरिसनले थप चासो व्यक्त गर्नुभएको हो। यसरी नेपाल सरकार र बेलायत सरकारको उच्च प्रतिनिधिसहित पूर्वगोर्खा सैनिकको समस्या समाधान गर्न बसेको यो पहिलो बैठक हो।