क्वाँटी सबै उमेर समूहलाई लाभदायी
हरेक चाडपर्वको आ–आफ्नो विशेषता हुन्छ । चाडबाडको अवसरमा विभिन्न पकवान पाक्ने गर्दछन् । अन्य चाडबाड जस्तै जनैपूर्णिमा विभिन्न गेडागुडी उमारेर क्वाँटी बनाएर खाने प्रचलन छ ।
पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा डोरो बाँध्ने भक्तजनको घुइँचो
जनैपूर्णिमा एवं रक्षाबन्धन पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा नवयज्ञोपवीत फेर्ने एवं डोरो बाँध्ने भक्तजनको घुइँचो लागेको छ ।
गोसाईंकुण्ड जान नसके कुम्भेश्वर मेला जानु (फोटो फिचर)
आज जनै पूर्णिमा एवम् रक्षा बन्धन । देशभरका शक्ति पीठ र घरघरमा ब्राह्मण पुरोहितद्वारा मन्त्रिएको यज्ञोपवीत र दिदीबहीनिहरुले राखी बाँधिदिने प्रचलन छ ।
“खप्तड” लाई विश्वभर चिनाउन सफल आध्यात्मिक सम्मेलन
खप्तड ३२ सय मिटरको उचाइमा रहेको, खप्तड बाबाले ५० वर्ष तपस्या र साधना गरेको पवित्र भूमि हो । यसलाई भू स्वर्ग र अलौकिक भर्जिन ल्याण्डका रूपमा पनि चिनिन्छ ।
रक्षा बन्धन, जनै पूर्णिमा पर्व (फोटो फिचर)
काठमाडौँ, भदौ १४ गते । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षा बन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षा सूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षा सूत्र) धारण गरेमा नकारात्मक तत्त्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
जनैपूर्णिमामा म्याग्दीका शक्तिपीठमा चहलपहल
जनैपूर्णिमा पर्वको अवसरमा म्याग्दीका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ म्याग्दीका विभिन्न धार्मिकस्थल र तलाउमा बिहानैदेखि भक्तजनको घुइँचो बढेको हो ।
मिथिलामा आज राखी मनाइँदै
महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा आज बिहीबार ‘राखी’ पर्व मनाइँदै छ । चन्द्रमासको साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातको नाडीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यो पर्वलाई मिथिलामा ‘राखी’ भनिने गरिएको हो ।
गोसाईंकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो
जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । मेला भर्न नीलाद्री पर्वत पुगेका करिब चार हजारभन्दा बढी भक्तजनले आज गोसाइँकुण्डमा स्नान तथा पूजा आराधना गरिरहेका छन् ।
सुरक्षा प्राप्त गर्न रक्षासूत्र अर्थात् रक्षाबन्धन
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
आज ‘गाईजात्रा’ मनाइँदै
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ ।
राष्ट्रिय एकतालाई बलियो बनाउन रक्षा बन्धनले सहयोग पुग्छ: उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाली राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकतालाई अझ बलियो बनाउन रक्षा बन्धन, जनैपूर्णिमा ९ऋषि तर्पणी० पर्वले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा मनाइँदै
बिहीबार देशभरका तागाधारीले नव यज्ञोपवित (जनै) धारण गरेर जनैपूर्णिमा (ऋषि तर्पणी) मनाउँदै छन् । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्ने र गुरु पुरोहितबाट नयाँ जनै र हातमा रक्षाबन्धन बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै धारण गर्नका लागि अघिल्लो दिन केश मुण्डन गरी एक छाक मात्र शुद्ध भोजन गरेर बस्ने परम्परा पनि रहेको छ । यसरी जनै र रक्षाबन्धन धारण गरेमा नकारात्मक तìवबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
बजारमा गाईजात्राका लागि आवश्यक सामान (फोटो फिचर)
नेपाल भाषामा ‘सा’ भन्नाले ‘गाई’ र ‘पारूँ’ भन्नाले ‘प्रतिपदा’ भन्ने बुझिन्छ । शुक्ल प्रतिपदामा गाई निकाल्ने पर्व नै सापारु अर्थात् गाईजात्रा हो ।
नेपालमै उत्पादित जनै पर्याप्त, राखी भारतबाट आयात
जनै पूर्णिमामा खपत हुने जनैको अधिकांश उत्पादन नेपालमै हुनेगरेको छ । जनैपूर्णिमामा शास्त्रीय मान्यताअनुसार बैदिक बिधिबाट बनाएको जनैको प्रयोग बढी हुनेगरेको छ ।
जनै, रक्षा बन्धन र क्वाँटीको व्यापार (फोटो फिचर)
यस वर्षको जनैपूर्णिमा एवं रक्षा बन्धन भाद्र १४ गते बिहीबार परेको छ। यसलाई जनैपूर्णिमा, रक्षा बन्धन, ऋषि तर्पणी, ऋषि पूर्णिमा र क्वाँटी पूर्णिमा समेत भनिन्छ।
झुलनोत्सवका गीतले जनकपुरधाम गुन्जिँदै
यतिबेला साँझ पर्नेबितिक्कै जनकपुरधामका मठमन्दिरमा बर्खा ऋतुमा गाइने लोकगीत कजरी गुञ्जिएको छ । झुला पर्वका अवसरमा यहाँका मठमन्दिरमा कजरीसँगै पावस, मल्हार, बारहमासा र झुलाजस्ता लोकगीत गाउने चलन छ ।
कुलाम्मे देवताहरुको तीर्थस्नान
कुलाम्ह देवतालाई विभिन्न धार्मिक क्षेत्रको दर्शन तथा गंगास्नान गराएर पवित्र बनाइ पूजाआजा गरिएको छ ।
जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व बिहीबार मनाउनु नै शास्त्रसम्मत
यस वर्षको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व धर्मशास्त्र, संस्कृति र परम्पराअनुसार यही भदौ १४ गते बिहीबार नै मनाउनुपर्नेमा धर्मशास्त्रविद्हरुले जोड दिएका छन् ।
नेवार समुदायले गुँपुन्ही मनाउँदै
नेवार समुदायले गुन्हुँपुन्ही पर्वमा नौ थरी गेडागुडीको मिश्रण भएको परिकार क्वाँटी खाने चलन छ । त्यसैले नेवार समुदायले यस दिनलाई क्वाटी पुन्ही पनि भन्ने गर्दछन् । नेवार समुदायमा गुन्हुँपुन्ही र गाईजात्राका छुट्टाछुट्टै धार्मिक विधिअनुसार कार्य गर्नुपर्दछ ।
रक्षाबन्धनको रौनक
सद्भावको सहरका रूपमा परिचित बाँकेको नेपालगन्जमा चाडपर्वको रौनक सुरु भएको छ । यतिबेला रक्षाबन्धनका लागि सहरको सदरलाइन र बागेश्वरी मन्दिर लाइनलाई झकिझकाउ बनाएर सजाइएको छ । जुनसुकै धर्मविशेषको चाडपर्व आए पनि नेपालगन्ज सहरको त्रिवेणीमोड लाइन र बागेश्वरी मन्दिर लाइन सजाउने गरिन्छ ।
‘देउडा’मा मायाप्रीतिदेखि व्यङ्ग्य
हरेक उत्सवमा खेलिने देउडाले यतिबेला सुदूरपश्चिमको माहौल तताएको छ । सुदूरपश्चिमवासीको प्रमुख चाड गौरा पर्व सुरु भएसँगै यहाँ देउडामय बनेको छ ।
होमस्टे सञ्चालनले फेरियो महिलाको जीवन
नवलपुरको कावासोती नगरपालिका –१५ की माया बोटे हिजोआज गाउँमा खोलिएको होमस्टेमा व्यस्त हुनुहुन्छ । होमस्टेमा आउने पाहुनालाई स्वागत, सत्कार गर्ने, पकाउने, खुवाउने जस्ता काममा उहाँको समय बित्ने गरेको छ । २०७० देखि गाउँमा होमस्टे सञ्चालनमा आएपछि उहाँसहितका महिलाको दैनिकी अहिले फेरिएको हो ।
सभापोखरीमा दर्शनार्थीको भिड
पूर्वको गोसाईंकुण्ड भनेर चिनिने धार्मिक तथा पर्यटकीयस्थल सभापाखरीमा दर्शनार्थीको भिड बढेको छ । पोखरीमा नागपञ्चमीदेखि जनै पूर्णिमासम्म भक्तजनको भिड हुनेगरेको छ ।
जनैपूर्णिमा र गाईजात्राको निर्णय सार्वजनिक गर्दै स्थानीय तह
स्थानीय तह तथा विभिन्न सांस्कृतिक संस्थाले यस वर्षको रक्षाबन्धन, जनैपूर्णिमा एवम् गाईजात्रा पर्व फरक-फरक दिनमा मनाउने निर्णय सार्वजनिक गर्न थालेका छन् ।