• २० असोज २०८१, आइतबार

यमपञ्चकको सांस्कृतिक महत्त्व

blog

काठमाडौं, कात्तिक २६ गते । तिहार फूलको पर्व हो । यो फूलै फूलको मौसम भएकाले चारैतिर फूलको बास्ना हुन्छ। तीमध्ये तिहारका लागि उत्कृष्ट फूल सयपत्री र मखमली हुन् ।

मखमली सयपत्री कहिल्यै नओइलाउने भएकाले तिहारमा यसको प्रयोग हुने संस्कृतविद् बताउँछन् । तिहारमा दिदीबाहिनीले दाजुभाइलाई पूजा गर्छन् । वर्षमा पाँच पटक दिदीभाइको पूजा हुन्छ । साउन महिनामा काकाको छोरी, भदौमा मामाको छोरी, असोजमा फुपूको छोरीले पूजा गर्छन् । आफ्नै दिदीबाहिनी गर्ने पूजा हुन्छ र अन्तिममा सबै दिदीबाहिनीले सबै दाजुभाइका लागि पूजा गर्छन् ।

सबै एक भए कसैले पनि हराउन सक्दैन भन्ने जितको संकेतको रुपमा तिहार मनाउने गरिन्छ । तिहारको पहिलो दिन कागको पूजा गरिन्छ । काग पंक्षीमध्येकै सबैभन्दा चालख चतुर र लजालु स्वभावको हुन्छ । जसबाट मानिसले धेरै कुरा सिक्नुपर्ने भएकाले पूजा गरिन्छ । काग पूजा गर्नु भनेको कागको पूजा मात्रै होइन समग्र पंक्षीको पूजा हो ।

तिहारको दोस्रो दिन कुकुरको पूजा हुन् छ। काग जस्तै कुकुरले पनि सबै जनावरको प्रतिनिधित्व गर्ने संस्कृतविद् बताउनुहुन्छ । तिहारको तेस्रो दिन धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । तिहारको चौथो दिन गोवर्द्धन पूजा हुन्छ। नेवारी समुदायले ‘म्हः’ पूजा गर्छन् ।  म्हः पूजा आफैँले आफैँलाई गर्ने पूजा हो । तिहारको पाँचौं दिन भाइटीका हुन्छ ।