माइपोखरीमा त्रि-धार्मिक महोत्सव सुरु
इलामको प्रमुख पर्यटकीय स्थल माइपोखरीमा त्रि–धार्मिक महोत्सव सुरु भएको छ ।
छठपर्वको व्रत विधि सुरु, आज ‘नहाय–खाय’
मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका बासिन्दा जुटेका छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ विधि बिहीबार नै गरेका हुन् । निरामिष [सात्विक] भोजन सुरु गरेर तृतीयाकै दिन व्रतको तयारी थाल्ने परम्परा छ ।
हटियामा छठका लागि पूजा सामग्री किनमेल
सुनसरीको इनरुवास्थित बिहीबारे हटियामा छठ पर्वका लागि बाँसबाट बनेका पूजा सामग्री किनमेल गर्दै स्थानीय ।
शैक्षिक कोषका लागि देउसीभैलो कार्यक्रम
तिहारमा देउसीभैलो खेल्ने प्रचलन छ । देउसी भैलोलाई आजभोलि रमाइलोका लागि मात्र नभई केही उद्देश्य राखी खेल्नेक्रम बढेको छ ।
छठको तयारी : सफासुग्घर पारिँदै घर
छठ पर्वका लागि तराई मधेशमा घर, आँगन लिपपोत र सरसफाइ गरी चिटिक्क पारिएको छ । सर्लाहीमा पनि स्थानीयले पवित्र पर्व छठका लागि नजिकको जलाशयसँगै आफ्नो घर आङ्गन सरसफाइ र लिपपोत गरी चिटिक्क पारेका हुन् ।
गोवर्धन धामलाई प्रवर्धन गर्न भण्डारा कार्यक्रम
बाँकेको नरैनापुरस्थित धार्मिक पर्यटकीय स्थल गोवर्धन धामलाई प्रवर्धन गर्न बृहत् भण्डारा कार्यक्रम आयोजना गरिएको छ ।
तराईमा छठको रौनक, सूर्य देवताको उपासना गरिदै
सूर्य उपासना अर्थात सुर्यदेवको पूजा गरी तराईका जिल्लामा अत्यन्त निष्ठा र उत्साहका साथ मनाइने छठ पर्व बिधिवत रुपमा शुक्रबारदेखि सरु हुँदैछ ।
परम्परागत माटोको भकारी बनाउँदै थारु महिला
कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटामा माटोको भकारी (डेहरी) बनाउँदै स्थानीय महिला । अन्न राख्नका लागि थारु समुदायले माटोको भकारी बनाउदैआएका छन् ।
गौरीघाटस्थित बागमती नदीमा छठ पूजास्थल निर्माण गरिँदै
राजधानीको विभिन्न स्थानमा छठ पूजाको तयारी थालिएको छ । गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठमाडौँको २१ स्थानमा पूजा स्थलको निर्माण सुरु गरिएको छ ।
सूर्य उपासनाको पर्व ‘छठ’ को तयारी
सूर्य उपासनाको महापर्व छठ व्रतको तयारी थालिएको छ । मधेशको प्राचीन मिथिला क्षेत्रको लोकपर्व मानिने छठका लागि वर्तालुले आज (बिहीबार) कात्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अर्बाइन’ विधिसँगै तयारी थालेका हुन् ।
बालहगृहमा सामुहिक भाइटीका आयोजना
कपिलबस्तुको सदरमुकाम तौलिहवास्थित नेपाल बाल संगठनद्वारा सञ्चालित बालगृहमा सामुहिक भाइटीका लगाइएको छ । बालगृहमा रहेको २८ असाहय बालकलाई सप्तरंगी सामुहिक भाइटीका लगाइएको हो ।
विधिपूर्वक लगाइयो भाइटीका, सकियो तिहार
प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज (बुधबार) दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यससँगै नेपालीको दोस्रो महत्त्वपूर्ण पर्व आजैदेखि सकिएको छ ।
मधेशमा मनाइँदै छ ‘भरदुतीया’ पर्व
मधेशमा ‘भरदुतीया’ पर्व मनाइँदै छ । भाइटीकाजस्तै मधेशमा भरदुतीया मनाउने परम्परा छ । यस पर्वमा भाइटीकाभन्दा केही विधि भने फरक रहेको छ । यस पर्वलाई भाइदुज, भरदुतीया, भ्रातृद्वितीया पनि भन्ने गरिन्छ ।
लालीगुराँस आमा समूहले खेल्यो देउसी भैलो
दाङको घोराही उपमहानगरपालिका –५ रज्जे मन्नामेस्थित स्थानीय लाली गुराँस आमा समूहले तिहारको अवसरमा खेलेको देउसी भैलो ।
काष्ठमण्डपमा अञ्जली दिदीको सामूहिक भाइटीका
काठमाडौँको वसन्तपुरस्थित काष्ठमण्डपमा अञ्जली दिदी (मास्के) ले दिदीबहिनी नभएका दाजुभाइलाई तिहारको सामूहिक टीका लगाइदिनुभएको छ । विसं २०५५ देखि निरन्तर सामूहिक भाइटीका लगाइदिँदै आउनुभएका अञ्जली दिदीले आज करिब दुई सय बढी दाजुभाइलाई सप्तरङ्गी टीका र मखमलीको माला लगाइदिनुभयो ।
मुस्लिम युवाले लगाए भाइटीका
नरैनापुर गाउँपालिका वडा नं ३ का साकिर खान र सोही ठाउँका राज खान मुस्लिम समुदायको हुनुहुन्छ उहाँहरुले हिन्दु धर्म मान्ने राप्तीसोनारी ५ कि तारा ओलीसँग भाईटीका लगाउनुभएको हो ।
जनकपुरधाममा छठको तयारी
दीपावली सकिएसँगै जनकपुरधाममा छठको तयारी शुरु भएको छ । छठ पर्व नजिकिँदै गएपछि जनकपुरधामको विभिन्न पोखरीलाई स्थानीयवासी र क्लबहरूको सहयोगमा विशेषरूपमा श्रृङ्गार्न थालिएको छ ।
देउसी भैलोमा च्याब्रुङ नाच प्रदर्शन
ताप्लेजुङमा तिहार (बलिहाङ तङ्नाम) को अवसरमा च्याब्रुङ नाच नाचेर देउसीभैलो खेलिएको छ । यहाँका लिम्बू समुदायले मौलिक संस्कृति संरक्षणको उद्देश्यसमेत राखेर देउँसी भैलोमा च्याब्रुङ नाच (केःलाङ) प्रदर्शन गरेका हुन् ।
पूर्व प्रधानमन्त्री खनालले दिदी र बहिनीबाट ग्रहण गर्नुभयो भाइटीका
पूर्व प्रधानमन्त्री तथा नेकपा (एस) का नेता झलनाथ खनालले दिदी यशोदा र बहिनी कुसुम खनालको हातबाट भाइटीका ग्रहण गर्नुभएको छ । नेता खनाल आज भक्तपुर पुगेर भाई दाताराम खनालसहित दिदी र बहिनीबाट टीका ग्रहण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
बालगृहमा सामूहिक भाइटीका
यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन बुधबार म्याग्दीको बेनीस्थित बालगृहमा रहेका अनाथ बालबालिकाहरूले सामूहिक भाइटीका लगाएर मनाएका छन् ।
राष्ट्रपतिलाई बहिनीद्वयले लगाउनुभयो टीका
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीद्वय शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाउनु भएको छ ।
बालगोपालेश्वरमा भाइटीका लगाउनेको भीड
रानीपोखरीको बीचमा रहेको वर्षको एकदिन मात्रै खुल्ने बालगोपालेश्वर मन्दिर भाइटीकाका दिन खुलेसँगै तिहारको भाइटीका लगाउन शुरु भएको छ ।
आज भाइटीका लगाउँदा कुन दिशा फर्कने ?
आज यमपञ्चकको अन्तिम दिन अर्थात भाइटीका । भाइटीका लगाउँदा कता फर्केर टीका लगाइमाग्ने ?, दिदीबहिनी कुन दिशातर्फ फर्केर टीका लगाइदिने भन्ने सबैको चासोको विषय हुन्छ ।
रानीपोखरीमा बिहानैदेखि भाइटीका लगाउन सुरु (फोटो फिचर)
आज यमपञ्चक अर्थात तिहारको मुख्य दिन रानीपोखरीको बालगोपालेश्वर मन्दिर दिदीबहिनी नहुनेका लागि खुला गरिएको छ ।