• २८ पुस २०८१, आइतबार

बालगोपालेश्वरमा भाइटीका लगाउनेको भीड

blog

भाइटीका लगाई आशीर्वाद दिने र लिने । तस्बिर केशब गुरुङ

काठमाडौं, कात्तिक २९ गते ।

रानीपोखरीको बीचमा रहेको वर्षको एकदिन मात्रै खुल्ने बालगोपालेश्वर मन्दिर भाइटीकाका दिन खुलेसँगै तिहारको भाइटीका लगाउन शुरु भएको छ । 

आज बुधवार यमपञ्चकको अन्तिम दिन भाइटीका लगाइने परम्परा अनुसार आज बालगोपालेश्वरमा भाइटीका लगाउनेहरुको भीड देख्न सकिन्छ । 

आफ्नो दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले आज बालगोपालेश्वरमा गई भाइटीका लगाउने परम्परा रहेको छ । आज बिहानैदेखि बालगोपालेश्वरमा तिहारमा भाइटीका लगाइ आशीर्वाद दिने र लिनेहरुको भीड देख्न सकिन्छ । 


भाइटीका थाप्न पुग्नुभएका खेम ढकालले आफ्नो दिदीसँग टीका लगाउन नमिलेका कारण आफू टीका लगाउन बालगोपालेश्वर पुगेको बताउनु भयो । 

उहाँले दिदीबहिनीसँगै टीका लगाएको अनुभव आफूलाई भएको बताउनु भयो । त्यस्तै, बद्रीनाथ श्रेष्ठले दिदीबहिनी नभएका कारण टीका लगाउन आएको र १० वर्ष यता बालगोपालेश्वरमा आइरहेको बताउनुभयो । 

त्यस्तै, काशीलाल उपाध्याय बालगोपालेश्वरको दर्शन गर्न आएको बताउनुभयो । उहाँले आफ्नो दिदीबहिनी नभएका कारण मन्दिरमा आई प्रसादग्रहण गरेको बताउनुभयो । त्यस्तै, राजेन्द्र खड्गीले दिदीहरु बितिसकेकाले बालगोपालेश्वरमा टीका लगाउन आएको बताउनुभयो ।

उहाँले आफ्नो संस्कृति र परम्परा बचाउनुपर्ने र यसरी टीका लगाउन पाउँदा खुशी लागेको बताउनुभयो । 

कीर्तिपुरका राम महर्जनले आफू सानै बेलादेखि टीका लगाउने गरेको र सोहीअनुसार मन्दिरको दर्शन गर्न आएको र टीका पनि लगाएको बताउनुभयो । 


त्यस्तै, बालगोपालेश्वरमा १० वर्षयता टीका लगाइदिँदै आउनुभएकी सञ्जु महर्जनले टीका लगाउन पाउँदा खुशी लागेको बताउनुभयो । 

दाजुभाइबाट आशिष पाउँदा खुशी लाग्ने बताउनुभयो । त्यस्तै टीका लगाइदिन बालगोपालेश्वर आउनुभएकी धनमाया श्रेष्ठले विगत तीन वर्षयता टीका लगाइदिँदै आएको बताउनुभयो । उहाँले दाजुभाइहरुलाई टीका लगाइदिन पाउँदा खुशी लाग्ने गरेको बताउनुभयो । त्यस्तै, पहिलो पटक आउनुभएकी मङ्गली श्रेष्ठले आफ्ना दाजुभाइ नभएका कारण बालगोपालेश्वरमा टीका लगाइदिन आएको बताउनुभयो ।