• २७ मङ्सिर २०८२, शनिबार

एनपिएल फाइनलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलको ह्याट्रिक

blog

एनपिएल फाइनलमा सुदूरपश्चिमविरुद्ध ह्याट्रिक पूरा गर्नुभएका लुम्बिनीका कप्तान रोहितकुमार पौडेल। तस्बिरः एनपिएल

काठमाडौँ, मङ्सिर २७ गते । नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गर्नु भएको छ । 

११ ओभरको चौथो, पाँचौँ र छैटौं बलमा क्रमश सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी, दिपक बोहरा र पुनित मेहराको विकेट लिँदै पौडेलले ह्याट्रिक पूरा गर्नु भएको हो । 

लुम्बिनीका कप्तान रोहितको ह्याट्रिकसँगै ११ ओभरको समाप्तिमा ४४ रन बनाउँदा सुदूरपश्चिमले ६ विकेट गुमाएको हो । 


त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर ब्याटिङ रोजेपछि लुम्बिनीले सुरुमा बलिङ गरेको हो ।