• २८ पुस २०८१, आइतबार

रानीपोखरीमा बिहानैदेखि भाइटीका लगाउन सुरु (फोटो फिचर)

blog

बालगोपालेश्वर मन्दिरमा आफ्ना दिदीबहिनी नहुनेहरु टिका लागाउदै । तस्बिर: केशब गुरुङ

काठमाडौँ, कात्तिक २९ गते । आज यमपञ्चक अर्थात तिहारको मुख्य दिन रानीपोखरीको बालगोपालेश्वर मन्दिर दिदीबहिनी नहुनेका लागि  खुला गरिएको छ ।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवम् दाजुभाइ नहुनेहरुले भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । यस अवसरमा  रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउन सुरु गरिएको छ । वि.सं २०३५ पछि नियमितरुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो ।


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।