• २० असोज २०८१, आइतबार

दौडामा सजिएर भाइटीका लगाउने तयारी

blog

हुम्ला समाचारदाता

हुम्ला, कात्तिक २६ गते ।  यस पटक हुम्लाका युवतीहरूले परम्परागत पोसाकमा दौडामा सजिएर आफ्ना दाजुभाइलाई भाइटीका लागाउने तयारी गरेका छन् । दौडाको संरक्षण र प्रचारप्रसारका लागि यहाँका दिदीबहिनीहरूले यस्तो उपाय अपनाएका हुन् । 

खार्पुनाथ गाउँपालिका–४, छिप्रा गाउँकी जानकी हमालले यस पटकको दौडा लगाएर नै आफ्नो भाइलाई टीका लगाउने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “टीका लगाउने बेला लगाएको पहिरनको प्रचारप्रसार चाँडो हुने र नयाँ पुस्ताले पनि यससम्बन्धी चासो दिने भएकाले यस्तो उपाय अपनाएको बताउनुभयो । उहाँसँगै अन्य ११ जना युवतीले पनि यस्तै पोसाक लगाएर प्रचारप्रसार गर्ने निधो गरेको बताउनुभयो । सिमकोट गाउँपालिका–५ की सुन्दरी रावतले पनि आफ्ना दाजुभाइलाई दौडा लगाएर टीका लगाउने बताउनुभयो । तिहारमा रमाइलो पनि हुने र सबै जना जम्मा हुने भएका कारण टीका लगाउने बेला दौडा लगाउँदा उपयुक्त हुने निष्कर्ष उहाँको छ । रावतले आफ्ना सात जना साथीले यो पोसाक लगाएर आफ्ना सबै दाजुभाइलाई टीका लगाउने तयारी गरिएको बताउनुभयो । यसका लागि उहाँहरूले दौडा पनि सिलाइ सक्नुभएको छ ।