भोजभतेरमा नेवारी पहिरन हाकुपटासी
भोजभतेर तथा पार्टीमा जाँदा कस्तो लुगा लगाउने प्रश्नमा वेस्टर्न वा नयाँ डिजाइनका पहिरन लगाउनुपर्छ भन्ने उत्तर आउँछ । तर भक्तपुरका नेवारी समुदायका युवती तथा महिला भने आफ्नो संस्कृतिलाई बचाउनुपर्ने उद्देश्यका साथ कुनै पनि भोजभतेर वा पार्टीमा जाँदा हाकुपटासी (कालो फरिया) लगाउने फेसन चलेको छ ।
होमस्टेबाट महिलाको जीवनस्तरमा परिवर्तन
नवलपुर जिल्लामा पछिल्लो समय होमस्टे अर्थात घरवासबाट राम्रो आम्दानी हुन थालेपछि यसप्रतिको आर्कषण बढ्न थालेको छ । होमस्टे सञ्चालनमा सुरुका दिन स्मरण गर्दै अमलटारी मध्यवर्ती होमस्टेका सहव्यवस्थापक पिङकी महतो गाउँघरमा महिलाको जीवनस्तरमा होमस्टेले ठूलो परिवर्तन ल्याएको बताउनुभयो ।
‘नेवाः पहिचान र विविध आयाम’ विषयमा दुई दिने राष्ट्रिय कार्यशाला
लि नेवाः अर्गनाईजेशन नेपाल च्याप्टरको दुई दिने ‘नेवाः पहिचान र विविध आयाम’ राष्ट्रिय कार्यशाला गोष्ठी यहाँस्थित नयाँबजारको एक पार्टी प्यालेसमा शनिबार पनि हुँदैछ । कार्यशालामा नेवाः पहिचानसँग जोडेर पत्रकारिता, पहिचानजनित अधिकार, भाषा, कला संस्कृतिका विभिन्न विधामा १२ जना व्यक्तित्वहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेकाे छ ।
महानगर प्रमुख र उपप्रमुखद्वारा पूर्वाधार र सम्पदा क्षेत्रको अनुगमन
काठमाडौं महानगरका प्रमुख वालेन्द्र साह, उपप्रमुख सुनीता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसहित अधिकारीहरुले शुक्रबार सम्पदा र पूर्वाधार क्षेत्रको अनुगमन गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीद्वारा जगन्नाथ रथयात्राको अवलोकन
राष्ट्रपति विद्यादेवी भण्डारीले सुन्धारामा पुगेर जगन्नाथ रथयात्राको अवलोकन गर्नुभएको छ । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (स्कोन नेपाल)ले आयोजना गरेको रथयात्रामा सरिक हुनुहुँदै राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गर्नुभयो ।
न्यातपोल मन्दिर ३३० वर्ष पूरा
नेपालकै सबैभन्दा अग्लो प्यागोडा शैलीको भक्तपुर टौमढीस्थित न्यातापोल (पाँचतले) मन्दिर निमार्ण भएको बुधबार ३३० वर्ष पूरा भएको छ।
जुजुधौ व्यवसायीलाई माग धान्ने चटारो
भक्तपुरका जुजुधौ व्यवसायीहरुलाई यतिबेला माग धान्ने चटारो परेको छ । नेपाली लोकपरम्परा अनुसार भोलि बुधबार असार १५ रोपाइँ महोत्सव गरी दही चिउरा खाने दिन । असार १५ को अवसरमा दहीको माग उच्च हुने भएकाले भक्तपुरका जुजु धौ व्यवसायीलाई माग धान्न चटारो परेको हो ।
मातृभाषा पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेवा पत्रकार राष्ट्रिय दवु काठमाडौंले मातृभाषामा पत्रकारिताको अवस्था विषयक एकदिने मातृभाषी पत्रकारहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंमा आइतबार भएको अन्तरक्रिया कार्यक्रममा मातृभाषी पत्रकार तथा विज्ञहरुले आफ्नो प्रस्तुती गर्नुभएको थियो ।
झण्डापार्क जोगाउन खुटी खोलामा तटबन्ध आवश्यक
लहान नगरपालिका –५ वडामा रहेको झण्डापार्क जोगाउन खुटी खोलाको पश्चिमी किनारमा स्थानीयले तटबन्धको माग गरेका छन् । दस महिना अगाडि छठ पर्वको दिन सञ्चालनम आएको खुटी झण्डापार्कको दीर्घकालिन रुपमा संरक्षण गर्न र यसको आकर्षण बढाउन स्थानीयहरु नगरपालिकाको ध्यान जाओस भनेर माग गरेका हुन् । लगभग डेढ विघामा फैलिएको पार्क वेलुकीपख बजारक्षेत्रका युवाहरुको रमाइलो गर्ने र सेलफी लिइने प्वाइन्टको रुपमा चिनिन थालेको छ ।