सुदूरपश्चिममा आज ओल्के पर्व (त्यार) मनाइदै
सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व (त्यार) मनाइदैछ । भदौं १ गतेलाई डोटेली संस्कृतिको मौलिक पर्व ओल्के ‘त्यार’ को रुपमा मनाइने चलन रहेको छ ।
पाटनमा नरसिंह जात्रा
शान्त स्वभावका नरसिंहको जात्रा (उपाकलं सायाः) मङ्गलबार गरिएको छ। पाटनको प्रसिद्ध कार्तिक नाचको समयमा निकालिने नरसिंह उग्र रूपका हुन् भने उपाकलं सायाःका नरसिंह शान्त स्वभावका हुन्। ललितपुर उपाकर्म गूठीद्वारा सञ्चालित नरसिंह जात्रा देव ब्राह्मण समुदायले हरेक वर्षको भाद्र कृष्ण पञ्चमीका दिन चलाउँदै आएका छन्। कार्तिक नाच संरक्षण समिति तथा नरसिंह जात्रा मूल समारोह समितिका सदस्य सञ्जय राजोपाध्यायले गत केही वर्ष कोरोना महामारीका कारण धुमधामसँग जात्रा मनाउन नपाएको गुनासो व्यक्त गर्नुभयो। राजोपाध्याय ब्राह्मणहरूको उपाकर्म गुठीसँग भने यसको नेपाल संवत् ७५१ (वि.सं. १६८८) देखिको लिखित दस्तावेज छ। जात्रामा नरसिंहको मुकुण्डो लगाई ललितपुरको गाईजात्रा रुटमा परिक्रमा गराइने उहाँले बताउनुभयो।
कर्णालीमा धार्मिक मेला शुरु
कर्णालीमा मष्टोलगायतका धार्मिक मेलाहरु शुरु भएका छन् । ऐतिहासिक धार्मिक महत्व राख्ने मेलाहरु कोरोनाका कारण अघिल्ला दुई बर्ष हुन सकेका थिएनन् । यस पटक मेला शुरु भएपछि चहलपहल शुरु भएको छ ।
हाँसोभित्र दुःखका पीडा पनि गुन्जेका छन्
विसं २०३४ मा रेडियो नेपालमा गीत गाउन प्रवेश गर्नुभएका नन्दकृष्ण जोशी अहिले ‘देउडाका राजा’ नामले चिनिनु हुन्छ ।
रातभरि नचाइने नीलवाराही नाच
मध्यपुर थिमिस्थित बोडेको प्रसिद्ध तथा ऐतिहासिक नीलवाराही नाच रातभरि नचाएको छ । बोडेमा राक्षसले दुःख दिएपछि नीलवाराही देवीले एक स्थानीय बासिन्दालाई नाच सिकाएर पठाएपछि वर्षौंदेखि सुरु भएको नाचमा दैवी शक्ति प्राप्त हुने जनविश्वास छ ।
छ करोड २६ लाख रुपियाँमा सेतो मच्छिन्द्ननाथको प्रबलीकरण हुँदै
काठमाडौं महानगरपालिका –३५ जनबहालस्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलीकरणको कार्य सुरु भएको करिब एक वर्ष भएको छ । २०७२ को भूकम्पबाट क्षतिग्रस्त यो मन्दिरको भारत सरकारको ६ करोड २६ लाख रुपियाँ अनुदान सहयोगमा प्रवलीकरण भइरहेको हो ।
कास्कीकोटमा दही जात्रा
पोखरा महानगरपालिका–२४ स्थित धार्मिक एवं पर्यटकीयस्थल कास्कीकोटमा आगामी भदौ ४ गते श्रीकृष्ण जन्माष्टमीका अवसरमा दही जात्रा गरिने भएको छ ।
शिव पार्वतीको रुप धारण गरी बजार परिक्रमा
साउनको अन्तिम सोमबारको बोलबममा पोखराको महेन्द्रपुलमा शिव पार्वती र गणेशको रुप धारण गरेर बजार परिक्रमा गरिँदै ।
मध्यपुर थिमिमा धुमधामका साथ भैरव नाच (लायक् भैलः) प्रदर्शन हुँदै
पत्यकाकाे मध्य शहरमा रहेकाे मध्यपुर थिमिमा भैरव (लायकु भैलः) जात्रा धुमधामका साथ शुरू भएकाे छ । साःपारू अर्थात् गाईजात्राको भोलिपल्टदेखि चार रातसम्म थिमिका विभिन्न टोलमा याे नाच प्रदर्शन गर्ने गरिन्छ ।